गोमा एयरको कार्गो विमान लुक्लामा दुर्घटनाग्रस्त

Saturday May 27, 2017
वि.सं.२०७४ जेठ १३ शनिवार ०९:१७

१३ जेठ, काठमाडौँ – गोमा एयरको कार्गो विमान सोलुखुम्बुको लुक्लामा दुर्घटनाग्रस्त भएको छ । गोमा एयरका अनुसार विमान अवरण गर्ने क्रममा दुर्घटना परेको थियो । गोमा एयरका कर्मचारीका अनुसार विमानमा ३ जना चालक दलका सदस्य थिए । दुर्घटनाबारे विस्तृत विवरण आइनसकेको कारण अहिले नै बताउन नमिल्ने ति कर्मचारीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी माधव बुढाथोकीका अनुसार अनुसार विमान परिचारिका सीना महर्जनको उद्दार गरी अस्पताल पठाइएको छ ।
पाइलट पारस राईको पाइलट सिजन मानन्धरको उद्दार कार्य जारी रहेको उनको भनाई छ । बुढाथोकीका अनुसार अवतरण गर्ने क्रममा विमान जमिनमा जमिनमा धस्सिएको हो ।