CG Electronics
IME Life
Ncell NPL

ट्राफिक नियमविपरीत बाटो काट्ने तीन हजार ३ सय पैदल यात्रु कारबाहीमा

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

१७ जेठ काठमाडौं-  ट्राफिक नियमविपरीत बाटो काट्ने तीन हजार ३ सय ४८ जना पैदल यात्रुलाई कारबाही गरिएको छ । मङ्गलवारबाट जेब्राक्रसिङ नभएको ठाउँमा बाटो काट्ने, जथाभावी बाटो काट्नेलाई कारबाही गर्ने पूर्वघोषित कार्यक्रमअनुरुप उनीहरुलाई कारबाही गरिएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख नायब महानिरीक्षक मिङ्मार लामाले जानकारी दिए ।

उनले भने, ‘कारबाहीमा परेकामध्ये दुई हजार १ सय २० जनाले रू. २ सयका दरले जरिवाना तिरे भने बाँकी एक हजार २ सय २८ जनाले ट्राफिक प्रहरीले दिने जनचेतना कक्षामा सहभागी भए ।’ यसरी कारबाहीमा परेकाबाट रू. चार लाख २४ हजारभन्दा बढी रकम राजस्वमा जम्मा भएको छ । जरिवाना रकम नतिर्नेलाई तीन घण्टा नियन्त्रणमा लिएर आधा घण्टाको सचेतना कक्षा दिइएको थियो ।

सडक दुर्घटनामा मृत्यु हुनेमध्ये ४२ प्रतिशत पैदल यात्रु रहेको विवरणका आधारमा त्यसलाई व्यवस्थित गर्न यस्तो अभियान शुरु गरिएको लामाको भनाइ छ । प्रहरीले भोलिबाट नियमित रुपमा यसलाई कार्यान्वयन गर्ने भएको छ । उनले भने, ‘सडक दुर्घटनमा मृत्यु हुने ४२ प्रतिशत पैदल यात्रु रहेका छन, उनीहरुका कारण सवारीमा रहेका थप चालक र यात्रुको समेत मृत्यु हुन्छ । यसरी ५० प्रतिशतभन्दा बढीको मृत्युका कारण पैदल यात्रु रहेकाले त्यो घटाउने हाम्रो उद्देश्य हो ।’

ट्राफिक प्रहरीले गत वैशाख १ गतेदेखि राजधानीमा सवारीको ‘हर्न’ बजाउन निषेध गरेको छ । राजधानीमा मात्रै बर्षेनि १ सय ५० जनाभन्दा बढीको सडक दुर्घटनामा मृत्यु हुन्छ । रासस

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

कस्तो छ आज तपाईको दिन ? हेर्नुहोस आजको राशिफल

कस्तो छ आज तपाईको दिन ? हेर्नुहोस...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०७

काठमाडौं। आजको राशिफलः बि.सं २०८२ साउन १० गते शनिवार, ई.सं...

भायानेटको स्वतन्त्र संचालकमा वित्तीय क्षेत्रका कुशल तथा अनुभवी व्यक्तित्व परशुराम कुँवर क्षेत्री नियुक्त

भायानेटको स्वतन्त्र संचालकमा वित्तीय क्षेत्रका कुशल तथा...

वि.सं.२०८२ साउन ९ शुक्रवार ०९:१३

काठमाडौं । इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन...

नाइमा अटो शोमा याडियाको गेम चेन्जिङ भेलाक्स सिरिज सार्वजनिक हुँदै

नाइमा अटो शोमा याडियाको गेम चेन्जिङ भेलाक्स...

वि.सं.२०८२ साउन ९ शुक्रवार ०९:११

काठमाडौं । नेपालमा याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल...