NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

टाउको दुखाइ कम गर्न अपनाउनुस यस्ता घरेलु उपाय यस्ता

NIMB
leapmotornepal (citroen)

१९ जेठ, काठमाडौँ-  बदलिँदो जिवनशैली, व्यस्त कार्यतालिका तथा तनावपूर्ण पेशागत तथा व्यवसायिक वातावरणका कारण आजकलका कामकाजी मानिसहरुमा टाउको दुख्ने समस्या राष्ट्रिय रोगकै रुपमा स्थापित भैसकेको छ ।

त्यसैले अफिस कार्यस्थलमा जाँदा गोजीमा पेनकिलर औषधि बोकेर हिड्नु सामान्य भैसकेको छ । कुनै महत्वपूर्ण तथा व्यस्त हुनुपर्ने काम गरिरहेको बेला जोडसँग टाउको दुखेर कामै गर्न नसक्ने अवस्थामा पुगिने र पेनकिलर खानैपर्ने परिस्थितिको सामाना तपाइँ हामी धेरैले गरेका छौँ । टाउको दुखाइका विभिन्न कारण हुनसक्छन् । कहिलेकाहीँ धेरै औषधिको सेवनले पनि टाउको दुख्न सक्दछ ।

आजकल मानिसहरु स साना समस्यामा पनि औषधि खाइहाल्छन् । यसरी पटक पटक धेरै औषधि खाँदा त्यसको प्रतिक्रियाको रुपमा सरीरमा विभिन्न खाले समस्या पैदा हुने गर्दछन् र त्यसको एउटा असर भनेको टाउको दुख्नु पनि हो ।

तर केवल औषधि सेवनका कारण मात्र टाउको दुख्ने होइन, यसका विभिन्न अन्य सामान्य तथा जटिल कारणहरु हुनसक्छन् । त्यसैले टाउको दुख्ने व्यथालाई नजरअन्दाज गर्नु हुँदैन र समस्या चेँपेर बस्नुभन्दा अस्पतालमा गएर जँचाइहाल्नुपर्छ ।

तर कहिलेकाहीँ तनाव, पानीको कमी, चर्को घाम,दौडधुप आदिजस्ता सामान्य कारणहरुले पनि टाउको दुख्न सक्छ । यसरी दुखेको टाउकोको व्यथा कम गर्नका लागि सधै दुखाइ कम गर्ने औषधि खाइहाल्नु हुँदैन । यसका लागि केही घरेलु उपायहरु अपनाउनुपर्दछ, जसले टाउकाको दुखाइ कम गरिदिन्छ । त्यस्ता घरेलु उपाय यस्ता छन:

१) अदुवा: अदुवामा हुने तत्वले मानिसको रक्तनलीमा हुने सुजनलाई कम गर्न सहयोग गर्दछ । यदि तपाइँलाई टाउको दुख्ने समस्या भने अदुवाको सेवन फाइदाजनक हुन्छ ।

अदुवाको रस र कागतीको रसलाई समान मात्रामा मिलाएर खाने गर्नाले टाउको दुखाइ कम हुन्छ । काममा भएको बेला यस्तो घरेलु सामाग्री तयार गर्न असम्भव हुने भएकाले अदुवाको तत्व मिश्रति चकलेट खानु पनि फाइदाजनक हुन्छ । त्यस्तै अदुवालाई पानीमा उमालेर सो पानी पिउनाले पनि टाउको दुखाइमा लाभ मिल्छ ।

२) दालचिनी: टाउको दुखाइ कम गर्नका लागि दालचिनीको प्रयोग निकै उपयोगी हुन्छ । दालचिनीलाई पिँधेर त्यसलाई धूलो बनाएर उक्त धुलोमा पानी मिलाएर लेदो बनाउनुपर्छ । उक्त पेष्टलाई टाउकोमा लगाउनुहोस् र ३० मिनेटसम्म सुत्नुहोस् । त्यसपछि उठेर मनतातो पानीले टाउकोमा लगाएको उक्त पेस्ट पखाल्नुहोस् ।

३) ल्वांग:  टाउको दुखाइ कम गर्नमा उपयोगी अर्को उपाय हो ल्वांगको सेवन । ल्वांगमा दुखाइ कम गर्ने तत्व पाइन्छ । केही ल्वांग लिनुहोस् र त्यसलाई टुक्रा पार्नुहोस् । ती स साना टुक्रालाई सफा कपडामा बाँध्नुहोस् र केहीबेर सुँघ्नुहोस् । केहीबेर सम्म यसरी ल्वांगको स्वाद सुँघिरहँदा टाउको दुखाइ कम हुन्छ ।

४) चिया:  चियामा हुने तत्वले पनि टाउको दुखाइ कम गर्दछ । टाउको दुखेको बेला चिनी नहालेको एक कप चिया पिउनुहोस् र केहीबेर आराम गर्नुहोस् । यसो गर्दा टाउको दुखाइ कम हुन्छ ।

नेपालकै पहिलो ‘स्टेपेसटुवाक फुट एण्ड एङ्कल डिफर्मिटी करेक्सन कोर्स’ सम्पन्न, मेडिसिटीद्वारा ८ जना बिरामीलाई निःशुल्क सेवा प्रदान

नेपालकै पहिलो ‘स्टेपेसटुवाक फुट एण्ड एङ्कल डिफर्मिटी...

वि.सं.२०८३ जेठ २५ सोमवार २१:५२

  काठमाडौँ । नेपाल मेडिसिटीको सहकार्य तथा अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था...

बर्खायाममा खानपानमा विशेष ध्यान नदिए गम्भीर रोगहरुको जोखिम रहन्छ : डा.संकल्प केसी

बर्खायाममा खानपानमा विशेष ध्यान नदिए गम्भीर रोगहरुको...

वि.सं.२०८३ जेठ २० बुधवार १५:४२

काठमाडौं । मनसुन सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा पानीजन्य तथा...

स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन, आइतबार ओपीडी समेत सञ्चालन गर्न सकिने

स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन,...

वि.सं.२०८२ चैत २७ शुक्रवार १९:३९

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको अवधिमा...

नेपालमै क्यान्सरको उपचार गराएर धेरै बालबालिका पूर्ण रुपमा निको भएका छन् : डा.अन्जली पण्डित

नेपालमै क्यान्सरको उपचार गराएर धेरै बालबालिका पूर्ण...

वि.सं.२०८२ चैत १८ बुधवार ०८:२२

काठमाडौं । नेपालमा प्रत्येक वर्ष करिब १४ देखि १५ सय...

अन्तर्राष्ट्रिय आप्रवासन दिवसमा बृहत निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान सम्पन्न

अन्तर्राष्ट्रिय आप्रवासन दिवसमा बृहत निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८२ पुस ६ आइतवार २३:२०

  काठमाडौँ, ६ पुस। अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०८२/०९/०६ को अवसरमा...

ग्राण्डी अस्पताललाई नेपालमै पहिलोपटक ‘एडभान्स्ड स्ट्रोक सेन्टर’को मान्यता

ग्राण्डी अस्पताललाई नेपालमै पहिलोपटक ‘एडभान्स्ड स्ट्रोक सेन्टर’को...

वि.सं.२०८२ कात्तिक ५ बुधवार १४:३१

काठमाडौं । नेपालको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले मस्तिष्कघात (स्ट्रोक) उपचार सेवामा...