प्रमोद खरेल भन्दैछन ‘मै मोरो सोझो’
Monday Jun 05, 2017
वि.सं.२०७४ जेठ २२ सोमवार १३:४५
२२ जेठ, काठमाण्डौँ- गायक प्रमोद खरेलको आवाजमा समावेश ‘मै मोरो सोझो’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । प्रमोदकै शब्द तथा संगीत रहेको यो गीतको भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन् । भिडियोमा नितिनकै छायांकन तथा सम्पादन पनि छ ।
भिडियोमा अर्जुन गौतम र जुना सन्देसको मोडलिङ छ । नेपाली चलचित्रको पाश्र्व गायनदेखि आधुनिक गीतमा प्रमोदको नाम एउटा उचाइमा छ । गायक खरेलले यो गीतमा यूवतीलाई ‘कान्छी’ उपनाम दिदै उनको पछि लागेको कुरा गरेका छन् ।






















