मिस ट्यालेन्ट’ उपाधिका लागि आ- आफ्नो कला प्रस्तुत
Monday Jun 05, 2017
वि.सं.२०७४ जेठ २२ सोमवार ००:४६

२२ जेठ, काठमाडौँ- नवौं मिस मंगोल नेपाल २०१७ का सहभागीले शनिबार राजधानीमा ‘मिस ट्यालेन्ट’ उपाधिका लागि आफ्नो कला प्रस्तुत गरे । सो क्रममा उनीहरूले नृत्य, गायन, चित्रकला, वक्तृत्वकला, वाद्यवादन, अभिनय, प्रहसनजस्ता विविध कला प्रस्तुत गरे ।
कार्यक्रममा जेन लिम्बु सोफिया महर्जन, दुर्गा थापामगर, मिना लामा, निशा राई, सुरक्षा जवेगु, कन्चन योञ्जन, खुसी मगर, केट्रिन कुलुङ, नेहा खड्गीले नृत्य गरेका थिए । त्यसैगरी प्रेमकला राई, अरिना राई, रेनुका लामा, महिना राई, सल्मा पुन, हाङमा निङलेखु, रेभा सुनुवार र करुना पुनले पनि नृत्य प्रस्तुत गरेका थिए ।
यस्तै मिना लामा र निशा लिम्बुले चित्रकला, अनिता लामा र रेश्मा मोक्तानले गायन, सुविक्षा मगर, प्रिया राजभण्डारी र शारदा थापाले विचार अभिव्यक्ति एवं भूमिका थापा र तृष्णा लामाले अभिनय देखाए ।
ट्यालेन्ट सोको निर्णायकमा चलचित्र सम्पादक नरेन्द्र खड्का, कलाकार उत्तम केसी, संगीतकार शान्तिराम राई, म्युजिक भिडियो निर्देशक विज्ञान राई र मिस मंगोल नेपाल २०१५ डा. निमा पुन थिए ।






















