CG Electronics
IME Life
NIMB

गजित र नीशा सात बर्षपछि एकसाथ पर्दामा

NIMB
Himalayan Bank

२५ जेठ, कास्की- चलचित्र ‘मायोज बार’बाट नेपाली रजतपटमा जोडीको रुपमा उदाएका नायक गजित बिष्ट र नायिका नीशा अधिकारी सात बर्षपछि फेरि एकसाथ पर्दामा देखिएका छन् ।

यी दुइको मुख्य भूमिका रहेको चलचित्र ‘पोखराकी काली’को हाल धमाधम चितवनमा छायांकन भैरहेको छ । विमल पौडेलको लेखन तथा निर्देशनमा तयार भैरहेको यो चलचित्रमा विश्वासको लगानी छ ।

चलचित्रलाई पूर्ण कमेडी बिषयमा निर्माण गरिनेछ । चलचित्रमा गजित र निशाको अलवा सरोज खनाल, लय संग्रौला, सुवास गजुरेल, सुरबीर पण्डित, मनोज श्रेष्ठ, विरेन डीसी लगायतका कलाकारको पनि अभिनय छ ।

रेड हाउसको ब्यानरमा यो चलचित्र निर्माण भैरहेको छ । संचारकर्मी रवि अधिकारी चलचित्रका कास्टिङ डीरेक्टर हुन् । चलचित्रको छायांकन ४० दिनमा सक्ने निर्देशक पौडेलको भनाई छ ।

चलचित्रमा बिपिन आचार्यको संगीत, कमल राईको नृत्य, लक्ष्मण घिमिरेको छायांकन, रबि बराली र प्रकाश कर्माचार्यको एक्सन छ ।

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...