IME Life
NIMB

तिङ्ला गाउँको ‘नो भोट’ अभियान सफल

NIMB
Himalayan Bank

७ असार, सोलुखुम्बु- नेचासल्यान गाउँपालिकास्थित तिङ्ला गाउँको ‘नो भोट’ अभियान सफल भएको छ । गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने तिङ्वाबाट यो चुनावमा कोही पनि उम्मेदवार छैनन् । नेपाली कांग्रेसका टङ्क कार्कीले वारेसनामाबाट दिएको उम्मेदवारी खारेज भएको छ । योसँगै दुई जनाको स्वतन्त्र उम्मेदवारी पनि फिर्ता भएको छ ।

ज्ञानबहादुर राई र हर्कबहादुर विश्वकर्माले उम्मेदवारी फिर्ता लिएपछि वडा नम्बर ६ जनप्रतिनिधिविहीन बन्ने भएको निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए ।

तिङ्लावासीले आफूहरुको भावना विपरीत नेचा सल्यान गाउँपालिकामा समाहित गरेकोप्रति असन्तुष्टी जनाउँदै निर्वाचनमा भाग नलिने अडान राख्दै आएका थिए । तर, नेपाली कांग्रेसका सांसद बलबहादुर केसीले टङ्क कार्कीलाई उम्मेदवार बनाउन खोजेपछि तिङ्लावासीले उनीहरुलाइै बिचमै रोकेका थिए ।

केसीले वारेसनामामार्फत कार्कीको उम्मेदवारी दर्ता गराए । लगतै स्वतन्त्र उम्मेदवारी परेको थियो । कार्कीको उम्मेदवारी रद्द भएपछि अन्य स्वतन्त्रबाट मनोनयन दर्ता गरेकाले पनि आन्दोलनलाई सहयोग गर्ने भन्दै फिर्ता लिएका छन् ।

आफूहरुको माग पूरा नभएसम्म निर्वाचनमा भाग नलिने अडान राख्दै आएका तिङ्लावासीले निर्वाचनको अन्तिम घडीमा पनि अडान कायम राखेका छन् । यो चुनावमा भाग नलिने यो सम्भवत नेपालमै पहिलो वडा हो ।

श्रोत: अनलाईन खबर

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...