भजन बाट सुरु भएको यो यात्रा संगीतमै बिताउछुँ- मनिष रन्जन बराल
Friday Jun 30, 2017
वि.सं.२०७४ असार १६ शुक्रवार ०९:२१
लोकभजन गाएर संगीतको क्षेत्रमा प्रवेश गरेका युवा सर्जक मनिष रन्जन बराल संग बेलाको बोलि डट कम का केशव भट्ट ले गरेको कुराकानी:
पछिल्लो समय के मा ब्यस्त हुनुहुन्छ?
– म पछिल्लो समय आध्यात्मिक धार्मिक ग्रन्थहरुलाइ अध्यनमा निरन्तर दिइ रचनात्मकगृहमा हाम्र धार्मिक सास्कृतिक बिभिन्न रचना हरुलाइ दृढ कसरी बनाउन सकिन्छ भन्ने बिषयमा तल्लिन भएर मिहेनतकासाथ अघि बढ्दै मैले आफ्नो जिबनमा एउटा आध्यात्मिक बाटोलाइ अगालेको कारणले ( धार्मिक ‘ भगवानको भजन हरु धर्म शास्त्रहरुको अध्यन बिषयलाइ भजनहरुको रचना गरिरहेको छु र सगसगै भजन एरेन्ज’ रेकर्डिङ ‘ धार्मिक कार्यहरुमा ब्यस्तछु।
कति ओटा रचना सृजना गर्नु भयो?
– सुरुवात भनेको सुरुवात नै हो कोहि मान्छे पनि एकै चोटी माथी पुग्न सक्दैन यस भनाइलाइ अङ्गाल्दै
यो मेरो पहिलो सृजना रहेको छ। यस्ता।सृजना हरुलाइ निरन्तर रचेर बढाइ रहेको छु र यि आफ्नो रचनाहरुलाइ शिघ्रती शिघ्र भक्तजनमाझ पस्कने कोसिस गरिरहेको छु । भगवानको कृपा भयो भने अवस्यपनी सिघ्र भक्तजन हरुले सुन्नपाउनु हुनेछ। मेरो पहिलो भजन यहाहरुलाइ अवस्य थाह नै छ आफ्नै स्वर शब्द संगीतमा रहेको ( कृष्णजिको नामै प्यारो ) रहेको छ र भक्तजन हरुले पहिलै प्रस्तुतिलाइ धेरै नै मन पाराइदिनु भएकोमहसुस गरेको छु।
बाल्यकाल कसरी बित्यो?
-मेरो बाल्यकालको कुरो गर्दा म एक गरिव परिवारमा जन्मेको हु। म ३ बर्ष को हुँदा मलाइ गाउमै स्कुल भर्ना गरिदिनु भयो । त्यसै क्रममा मैले गाउमै ५ कक्षा सम्म अध्यन गरे र त्यसपछी मलाइ केहि विशिष्ट बिद्वान स्वामिजिहरुको भनाइ अनुसार मलाइ पनि सन्स्कृत पढ्ने इच्चा जाग्यो । र मलाइ आफ्नो मामाले ( नवलपरासी जिल्लाको त्रिबेणि; गजेन्द्रमोक्ष्यदिब्यधाम) (श्री मुक्तिनाथ पीठ बेद बिद्याश्रम्) मा ल्याउनुभयो । जहा सन्स्कृत पढ्न चाहने हजारौलाइ (गास ;बास; र कपास मात्र न भै सम्पुर्ण जिम्मेवारीका साथ नि: शुल्क; पढाइन्छ।
अहिलेपनि त्यस बिद्यालयमा पढ्ने बिध्यार्थीहरु लगभग १०० जना को हाराहारिमा निशुल्क रुपमा अध्यन गरिरहेको छ्न् । र यस बिद्यालयबाट (see) दिइ सके पछि आफुलाइ के गर्नमा इच्छा छ त्यो इच्छालाइ पुरा गर्नको लागी भनी निशुल्काका साथ पढाउन पठाइन्छ र आफु सङ्गैका साथीहरु अध्यन सङ सङै कोहि (कथाबाचन) कोहि (ज्योतिष )कोहि (तवला ) बादक र कोहि भने बासुरी बजाउने गर्छन् सबैले आफ्नो ‘आफ्नो एउटा बाटो चिनिसक्नु भएको छ। सर्व प्रथम त मैले आफुले आफुलाइ अत्यन्त भाग्यमानी ठान्दछु।
यो आश्रमको संरक्षक => अनन्त श्री बिभुशीत मुक्तिनाथपीठाधिश्वरस्वामीकमलनयनाचार्य ( श्री मुक्तिनाथ बाबा ) हुनुहुन्छ। २०५४ सालमा मुक्तिनाथ बाट अखण्डदियो लगि त्रिबेणिदेखी यात्रा सुरु गर्नु भएका वाहाले नेपालको दक्षिण देखी उत्तर सम्म र पुर्ब देखी पश्चिम् सम्म देशका बिभिन्नस्थान हरुमा आश्रमहरु स्थापनागरी विशेष मुक्तिनाथ भगवानको दर्शन गर्न जाने भक्तभागवातहरुको लागी भनेर विशेष सेवा गर्दै ( नवलपरासिको त्रिबेणि’ भक्तपुरमा श्रीबन बाग्लुङको कुडुलेफेदि र पोखरा त्यसै गरि देशका बिभिन्न स्थानहरुमा गुरुकुलिय पद्दति द्वारा पुर्बिय बाङमयको बिद्यारुपि धनलाइ बाडिरख्नु भएको छ |
त्यसैगरि ऋषिमहर्शी तुल्य (अग्निहोत्री करपात्री) कृष्णप्रपन्नाचार्य स्वामि जि को सान्निध्यमा नारायणिको त्यो पावन तटमारहेर स्वामिजिको आग्यालाइ पालन गर्दै बिशिस्ट बिद्वान गुरुजिहरुद्वारा ज्ञानहासिल गर्ने मौका पाए। मान्छेले जिवनमा जिउने कला ‘भगवानको भजन ‘ (ए पछिनै गर्नेहो पछिनै थाह होला के गर्नी जिन्दगिमा ) यस्तो प्रकारले बुढोभएपछी धर्मकर्म गर्ने भन्ने हिसाबले हिडेको हुन्छन तर मलाइ स्वामिजीगुरुजिहरुको सान्निध्यले गर्दा जिबनभरी जिउनसक्ने क्षमताको बनाउनु भयो वास्तवमै भन्दा सुख दुख को अनुभव गरेर मैले बुजेकि दुख्को बिपरित ध्रुब भनेको सुख रहेछ भन्ने । र अब यस्तै क्रम चलिरहदा त्यसपछी मेरो पनि SLC. सकियो र म आफ्नो साङितिक यात्रालाइ अघिबढाउने हिसावले बृन्दाबन पुगे बृन्दावनमा साङितिक यात्रा राम्रो रह्यो । केहि बर्ष पछि नेपाली फर्किए पुन: अहिले अहिले नेपालमै आफ्नो संगीतलाइ निरन्तर दिइरहेको छु। यसैगरी अहिले सम्म बितेको पत्तो नै भएन।
नेपाली गित संगीतमा बिकृती आएकै हो त?
-यो प्रश्न भने एकदम बिचारणिय र मननीय पनि छ किन भन्छु भन्दा यस देशमा बस्नुहुने हरेक ब्यक्तीहरुको बिचार एउटै हुदैन । जस्तो सोच किसिमका ब्यक्ती हुन्छन उनिहरुले त्यस्तै किसिमको चै संगीतलाइ मनपराउछन। तर पनि म ” आफ्नो ब्यक्तिगत हिसावले भन्ने हो भने गित संगीतमा बिकृती आएकै हो भन्छु म। अहिले पछिल्लो समय बजारमा अनावश्यक चिजलाइ बाहिर ल्याएर हाम्रो पहिलेको भेष भुशा देखि लिएर हाम्रो अहिलेको परिस्थिती र समय भन्दामाथी उठेर’ बाहिर देश हरुको नक्कल गरेर हाम्रो देशमा नराम्रो चिजलाइ पनि भित्र्याउने चै यो हाम्रो कला र सम्स्कृतिले एकदमै नकारात्मक पाटो सम्हालिरहेको अवस्था रहेको छ। यस्तो अवस्थालाइ बिकृती आएकै हो भन्छु म फेरि पनि ।
हेर्नुस हाम्रो नेपाल यस्तो पुर्बिय कला सस्कृतिले भरिपुर्ण भएको देस र त्यसमा पनि हामी हाम्रो सगरमाथा उच्च भएको देश भनेर चिनाउन खोज्छौ तर हालत अझ खराव छ अहिलेको । अव पहिलेका (भजन श्रस्ठा श्रीभक्तराज आचार्य) वाहाको भजन त त्यसै पनि अत्यन्त राम्रो नै छ । भक्तराज आचार्य ज्युको गित हरु पनि त थिए वाहाको गितमै पनि त्यस्तो अत्यन्त भाबुकता ‘ भएको चलिरहेको परिस्थितिलाइ समालिएर परिवेस सङै मिल्ने हुन्थ्यो। त्यस्तो प्रकारले वाहाहरुले ( भजन गित गजल) गाउनुभएको छ भने अहिलेका अत्यन्त नराम्रा परिस्थिती फरक अनर्थ’ चाडा किसिमको गित गजन निक्लदा चै पुर्णरुपले गित संगीतमा बिकृती आएको भन्न तयार छु।
तपाइको भावि योजना के छ?
-मेरो भावी योजना भनेको म एउटा गुरुकुलिय धर्म संस्कृति र पुर्बीय दर्शन लाइ पनि अनुसन्धान गर्दै गायन क्षेत्र प्रती एउटा आफ्नो विशेष रुचिका साथ अगाढी बढिरहेको अवस्थामा मेरो भावी योजना म धार्मिक लाइ अङ्गाली ( भजन गित गजल) हरुलाइ एउटा साङितिक माध्यमको हिसावले अगाढी बढेर देशको काल परिस्थिति अनुसार एउटा कला संस्कृति निर्माणगर्न र त्यही अनुसारको भेष भुषा प्रयोग गरि नेपाली रास्ट्रलाइ एक छुट्टै प्रकारको पुर्बिय कला सन्स्कृतिको धनी देश भनेर चिनाइ यो देशको विकास तर्फ लाग्ने मेरो भावी योजना रहेको छ।
अन्त्यमा केहि सन्देश छ कि?
-अव मेरो यो संदेश बाड्ने हिसावमा मेरो उमेरको हिसावले म पनि पक्का ब्यवहारिकताको अनुभवमा परिसके को त छुइन तथापी म मेरो सानो सन्देश छोड्न चाहन्छु। हाम्रो पुर्बिय दर्शन लोप भैरहेको अवस्थामा हाम्रा धार्मिक बिभिन्न कार्यहरुलाइ ध्यान पुर्याइ धार्मिकप्रती अनुसन्धान गरि अगाढी बढाउनु र हाम्रो कला सन्स्कृतिमा पर्ने ( गायन तथा नृत्य बिभागका ब्याक्तित्व हरुमा के अनुरोध गर्नचाहन्छु भने हाम्रो नेपाली पोशाक के हो हाम्रो परिवर्तन ढल्कनेखालको नेपाली परेवेस नेपाली पृस्ठभुमीको इतिहासलाइ हेर्दै चै कला संस्कृति नृत्य र गायन परम्परागत चलिरहेको यो क्षेत्रलाइ राम्ररी ध्यान पुर्याइ अगाढी बढाउन सक्नु पर्दछ।
अनि मात्र हाम्रो पुर्बिय कला धर्म सस्कृती नृत्य र गायनमा बिकृती नहोला भन्ने लाग्छ र अन्तिम मा के भन्न्छु भने जति पनि संगीतप्रेमी सङितकर्मी ब्यक्तित्वहरु हुनुहुन्छ यहाहरुले हाम्रो बिशेस कला र सन्स्कृतिलाइ बुझी यो गौरवमय नेपालको अस्थित्वलाइ जोगाउनको निम्ती हामी एक जुट बनौ । हामिले हाम्रो देशको अस्थित्वलाइ जोगाउनु भनेको सिङो देश जोगिनु हो ।यस्ता बिकृतिहरुप्रती सदैब सतर्क: रहनु हुन अनुरोध गरे यो सन्देश छोड्दछु।
।। जय श्री मुक्तिनाथ।।



























