Nabil Bank
prabhubank
nic bank

केकि अधिकारीले लेखेको यो मार्मिक पत्र पढेर नरुने को होला?

मिडिया स्पेस सोलुसन्स प्रालि

काठमाडौँ- गत शनिवार, फिल्म ‘हाउ फन्नी’ मार्फत निर्देशनमा डेब्यु गरेकी निलु डोमा शेर्पाको असामयिक निधन भएको खबरले नेपाली सिनेबजार नै स्तब्ध भएको छ। उनै निलुको पहिलो निर्देशनमा बनेको फिल्म ‘हाउ फन्नी’मा केकी अधिकारीले पनि अभिनय गरेकी छिन्।

निलुको मिल्ने साथीहरु मध्य केकी पनि एक हुन्। हार्टअट्याकका कारण निलुको मृत्यु भएको खबर आइरहदाँ केकी भने लन्डन पुगेकी थिइन्। निलुको निधन भएको ४ दिन पछि केकिले निलुप्रति समर्पित एक मार्मिक पत्र कोरेकी छिन्। जसले उनीहरुको आत्मियतालाई झल्काउँछ।

 

पढ्नुहोस्: केकिले लेखेकी मार्मिक पत्र:

प्रिय निलु,
आज तिमीले हामीलाई छाडेर गएको पनि ४ दिन भैसकेको छ। केकु तिमी कत्ती सजिलै मनमा लागेका कुराहरु कति राम्ररी लेख्न सक्छौ भन्थ्यौ नि तर कहिले काहिँ मनका भावनाहरु,यादहरु सब्दमा उतार्न एकदम सकस हुदो रैछ। यो सायद मेरो पहिलो लेखेको कुरा हुनेछ जुन तिमी पढ्ने छैनौ अनि यो बारे केही भन्ने छैनौ।
I love you keku भनेर तिमीले मलाई अन्तिममा भनेको सब्दहरु बारबार दिमागमा घुमिरहेकोछ। सधै खुशी मात्र दिने मान्छेले यती पीडा पनि दिन सक्छ भनेर मैले कहिले सोचेकै थिइनँ । तिम्रो उपस्थिति मात्रले माहोलमा कति फरक पार्थ्यो, सबलाई हँसाउनु पर्ने तिमी कति राम्रो मान्छे थियौ भन्ने कुरा मैले तिमीलाई कहिल्यै भन्न पाइनँ। समय जत्ती पनि छ्दै छ नि जस्तो लाग्थ्यो तर समय नै त हाम्रो हातमा नहुदो रैछ। यसको अपसोच मलाई सधै हुनेछ।

जन्मेपछी मृत्यु शाश्वत कुरा हो तर यो सत्यलाई सुइकार्न मैले सकेकै छैन र अझै कति समय लाग्ने हो त्यो पनि थाहा छैन। तिमीले हरेक तिमीलाई भेटेका,जानेका अनि तिमीलाई नजिकबाट बुझेकाहरुमा धेरै प्रभाव पारेको छौ निलु अनि यो अभाव हाम्रो जिवनमा कसैले पुरा गर्न सक्दैन। कोही कोहि मान्छे जिन्दगीमा यसरी आँउछ उस्ले नमेटिनेगरि आफ्नो छाप छोडेर जान्छ।

तिम्रो अधुरो सपनाहरु पुरा गर्न त नसकुँला तर तिमीले जानी नजानी सिकाएर गएको पाठलाई जीवन रहेसम्म लागू गर्ने प्रयास गर्छु । तिम्रो जस्तै मायालु मन भगवानले सबैलाई दिए, यो संसार एकदम सुन्दर ठाँउ हुनेथ्यो। मलाई बिस्वास छ तिमी आज जहाँ पनि छौ त्यो ठाँउमा पनि यस्तै प्रभाव पार्नेछौ। तिम्रो आत्माको शान्तिको कामना गर्छु सधैं भगवानसंग।

धेरै धेरै माया निलु!!
उहि तिम्रो प्यारी
केकु


पर्यटन को लागि एक अद्वितीय दृष्टिकोण : बौद्ध तीर्थयात्री

पर्यटन को लागि एक अद्वितीय दृष्टिकोण :...

वि.सं.२०८१ जेठ १७ बिहीवार ०८:३६

बुद्धिमान लामा, पाकिस्तान एक जीवन्त पर्यटन क्षेत्र सिर्जना गर्न अथक...

नयाँ चरणको आर्थिक सुधारलाई ध्यानमा राखेर बजेट ल्याएको छौं : अर्थमन्त्री

नयाँ चरणको आर्थिक सुधारलाई ध्यानमा राखेर बजेट...

वि.सं.२०८१ जेठ १७ बिहीवार ०८:१३

  काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधारलाई...

गाँजालाई वैधानिकता दिने सरकारको निर्णयबाट शेरबहादुर खुसी

गाँजालाई वैधानिकता दिने सरकारको निर्णयबाट शेरबहादुर खुसी

वि.सं.२०८१ जेठ १७ बिहीवार ०८:१०

  काठमाडौं । गाँजा खेतीको पक्षमा निरन्तर वकालत गरिरहेका एमाले...

सरकारको उच्च प्राथमिकतामा सूचना प्रविधि

सरकारको उच्च प्राथमिकतामा सूचना प्रविधि

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२८

  काठमाडौं । सरकारले नेपाललाई सूचना प्रविधिको हबका रुपमा विकास...

ऊर्जामा ठूला आयोजनामा जोड, आगामी वर्ष ९ सय मेगावाट थपिने 

ऊर्जामा ठूला आयोजनामा जोड, आगामी वर्ष ९...

वि.सं.२०८१ जेठ १५ मंगलवार १७:५७

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष राष्ट्रिय प्रणालीमा चार हजार...

आगामी वर्षको बजेट : पाँच उद्देश्य, पाँच प्राथमिकता र पाँच रणनीति

आगामी वर्षको बजेट : पाँच उद्देश्य, पाँच...

वि.सं.२०८१ जेठ १५ मंगलवार १७:४५

   काठमाडाैं। १५ जेठ– सरकारले अर्थतन्त्रको संरचनागत सुधारका लागि उच्चस्तरीय...