गायक भेसु इसान मगरले ल्याए “जब नजर ठोकिन्थ्यो” ( भिडियो सहित )
Saturday Jul 08, 2017
वि.सं.२०७४ असार २४ शनिवार ०४:३४

बिरेन्द्र ओली/ काठमाण्डौँ – गायक भेसु इसान मगरको स्वरमा रहेको जव नजर ठोकिन्थ्यो बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । यसै गीत बाट मोडलिंगमा डेब्यु गर्दैछन् लामो समय देखी टोकीयो टि.भि. मा दृश्य सम्पादनको काम गर्दै आईरहेका प्रेम मगरले । म्युजिक भिडियोलाई निर्देशन तथा छायाकन गरेका छन निर्देशक तथा छायाकार रोसन कार्कीले गरेका छन ।
जब नजर ठोकिन्थ्यो मेरो सासै रोकिन्थ्यो।
थरथरी काम्थे शरिर अनि जिब्रो टोकिन्थ्यो।
बोलको गितमा स्वर भेसु इसान मगर छ भने , शब्द बीसु अतितको र संगीत रहेको छ मानसी किरणको । म्यजिक भिडियो नेपालको जस्तै बातावरण रहेको जापानको हाकोने लगायत टोकियोको बिभिन्न रमणिय स्थानहरुमा छांयाकन गरिएको हो । यसै गित बाट म्युजिक भिडियोमा प्रेम मगर र तानिया पुनले डेब्यु गरदैछन । गाउले परिबेषमा छायाकन गरिएको भिडियो मा प्रेम र तानियाको साथै राजन राई , बिक्रम लामा र संचारकर्मी कृष्णहरि खड्काको समेत अभिनय देख्न सकिन्छ ।
























