हाइसेन्सको उपहार कपिल लुँईटेलले जिते बिग स्मार्ट टीभी
Friday Jun 29, 2018
वि.सं.२०७५ असार १५ शुक्रवार ०२:५०

काठमाडौं–हाइसेन्स भाइबर स्टिकर्स फर वल्र्ड कप २०१८ अन्र्तगत कपिल लुईटेलले जिते हाइसेन्सको बिग स्मार्ट टीभी जित्न सफल भएका छन् । नेपालको लागि हाइसेन्स ब्राण्डका एकमात्र आधिकारिक वितरक नविन डिष्ट्रिब्युटर्स प्रा.ली.ले ल्याएको बिक्री योजना हाइसेन्स भाइबर स्टिकर्स फर वल्र्ड कप २०१८ असार ५ गतेदेखि शुरु भएको थियो ।
फुटबलको महाकुम्भ विश्वकप २०१८ को दौरान बजारमा ल्याइएको हाइसेन्स भाइबर स्टिकरले यस वल्र्डकपको समयमा ग्राहकहरुलाई थप रोमाञ्चकता प्रदान गरेको छ । यस हप्ताका पहिलो टि.भी. बिजेता कपिल लुईटेललाई नेपालको लागि हाइसेन्स ब्राण्डका एकमात्र आधिकारिक वितरक नविन डिष्ट्रिब्युटर्सका प्रबन्ध निर्देशक आशिष तिव्रेवालाले उपहार वितरण गरे ।
साधारण चार वटा प्रश्नको उत्तर दिएर लुईटेल विजेता बनेका हुन् । यस उपहार योजना अन्तर्गत ग्राहकले स्टीकर डाउनलोड गरि, आफ्ना साथीहरुलाई पठाउदा आउने हरियो यरोमा क्लिक गरि विश्वकपका प्रश्न उत्तरका जवाफ दिनु पर्ने हुन्छ । जसमा उनीहरुले हरेक हप्ता एल इ डि टीभी र बम्पर उपहार स्वरुप बिग स्मार्ट टिभीसँगैं आकर्षक हाइसेन्स गुडिज पनि प्राप्त गर्नेछन् ।




























