जनता बैंकको एकैसाथ एक शाखा र ६ शाखा रहित बैकिङ्ग सेबा सुरु

Friday Jun 29, 2018
वि.सं.२०७५ असार १५ शुक्रवार ०२:५४
काठमाडौं–जनता बैंक नेपाल लिमिटेडले कारोवार विस्तारको क्रममा एक नयाँ शाखा र ६ शाखा रहित बैंकिङ्गबाट कारोवार सुरु गरेको छ । जाजरकोट जिल्लाको छेडागाड नगरपालिका वडा नं. ५, थलहमा नयाँ शाखा खोलिएको छ । यसैगरी बाँकेको बानियभार, कैलालीको चिसापानी र स्याउलेबजार तथा कञ्चनपुरको जिमुवा र चाँदनीबाट शाखा रहित बैंकिङ्ग कारोवार सुरु गरेको बैंकले जनाएको छ ।
दार्चुलाको काँडापारीबाट यही आसार १४ गते देखि शाखा रहित बैंकिङ्ग कारोवार सुरु हुने पनि बैंकले जानकारी दिएको छ । जनता बैंकले देश भरीमा ११९ शाखा ४७ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।