गुँरास लाईफद्धारा १३ लाख दाबी भुक्तानी वितरण

Friday Jun 29, 2018
वि.सं.२०७५ असार १५ शुक्रवार ०३:०१
काठमाडौं–गुँरास लाईफ इन्स्योरेन्स (न्ीक्ष्ऋी) ले बैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नुवाकोट जिल्ला समारी ७ घर भएका २२ वर्षिय बीमित डेविट तामाङलाई १३ लाख रुपैयाँ दाबी भुक्तानी वितरण गरेको छ । कम्पनीका सहायक महाप्रबन्धक बालमुकुन्द रुपाखेतीले असार ११ गते उक्त बीमादावी भूक्तानी वापतको १३ लाख रुपैयाँ मृतक तामाङकी आमा पातली गुरुङलाई हस्तान्तरण गरेका छन् । बीमित डेविट तामाङले गुँरास लाईफ इन्स्योरेन्समा म्यादी जीवन बीमा गराएका थिए ।