श्री एयरले शुरु गर्यो काठमाण्डौ–राजविराज उडान

Friday Jun 29, 2018
वि.सं.२०७५ असार १५ शुक्रवार ०३:०५
काठमाडौं–श्री एयरलाइन्सले आजदेखि काठमाण्डौ–राजविराज र राजविराज–काठमाण्डौ हवाई सेवा शुरु गरेको छ । सीआरजे २०० नाइन एम एएमए बिमानले सेवा दिने एयरलाइन्सले विज्ञप्ती प्रकाशित गरी जानकारी दिएको छ । आइतबार, सोमबार, बुधबार, बिहीबार र शुक्रबार उडान हुनेछ । काठमाण्डौबाट दिउँसो १ः१५ बजे, राजबिराजबाट दिउँसो २ः१० बजे उडान हुने एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जानकारी दिएका छन् ।