CG Electronics
IME Life
Ncell NPL

नाडेप लघुवित्तको आइपिओमा दुई दिनमा साढे पाँच गुणा बढी आवे

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

दन
काठमाडौं–नाडेप लघुवित्त वित्तीय संस्थाले असार १० गतेदेखि निष्काशन गरेको साधारणसेयरमा साढे पाँच गुणा बढी आवेदन परेको छ । लघुवित्तको सेयरमा सोमबारसम्म ५४ हजार आवेदकले सो गुणामा सेयर माग गरेका हुन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले दिएको जानकारी अनुसार सोमबार बेलुकासम्म ५४ हजार आवेदकले २४ लाख कित्ता सेयरका लागि आवेदन गरेका छन् । कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर सर्वसाधारणका लागि चार करोड ३२ लाख रुपैयाँको आईपिओ निष्काशन भएको हो । जसमा २४ करोड रुपैयाँ बढीको आवेदन परेको छ । यो ५.५६ गुणा बढी हो ।
लघुवित्तले असार १० गतेदेखि चुक्ता पूँजीको ३० प्रतिशत अर्थात चार करोड ८० लाख रुपैयाँ बराबरको चार लाख ८० हजार कित्ता आईपिओ निष्काशन गरेको हो । आइपिओमा न्युनतम २० कित्ता र अधिकतम २ हजार ४ सय कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था छ । कम्पनीको आईपिओ बुधबार बन्द हुनेछ । लगानीकर्ताले कम्पनीको रजिष्टर्ड कार्यालय गजुरी, बिक्री प्रबन्धको कार्यालय तथा आस्वा सेवा प्रदान गर्ने सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सक्नेछन् । सिडिएसीको मेरो शेयरका प्रयोगकर्ताले इन्टरनेटको माध्यमबाट घरमै बसेर पनि आवेदन गर्न सक्नेछन् ।
कुल आइपिओमध्ये २४ लाख रुपैयाँ बराबरको २४ हजार कित्ता संस्थाका कर्मचारीलाई र सामूहिक लगानी कोष (म्युचअल फण्ड) लाई २४ हजार कित्ता शेयर सुरक्षित गरिएको छ । बाँकी ४ करोड ३२ लाख रुपैयाँ बराबरको ४ लाख ३२ हजार कित्ता सर्वसाधारणलाई बाँडफाँड हुनेछ । धादिङको गजुरीमा प्रधान कार्यालय रहेको लघुवित्तले प्रधान कार्यालय सहित ६२ शाखा कार्यालयबाट लघुवित्त सेवा प्रदान गर्दे आइरहेको छ । कम्पनीको चुक्ता पूँजी ११ करोड २० लाख रूपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी १६ करोड रुपैयाँ पुग्नेछ । लघुवित्तले चालु आर्थिक बर्षको तेश्रो त्रैमाससम्ममा ४ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । लघुवित्तको जगेडा कोषमा १५ करोड ५६ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तको निष्कृय कर्जा २.२० प्रतिशत रहेको छ ।

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ,...

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:०६

  काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न...

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:४३

  काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा...

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:३१

  काठमाडौं । लामो समयदेखि अवरुद्ध ललितपुरको बालकुमारीस्थित जीआईएस सबस्टेशन...

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म लास उठाउँदैनौ : बिन्दमाया विश्वकर्मा

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:०२

  काठमाडौं । सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा ७...