समता माइक्रोफाइनान्सको हकप्रदपछि मूल्य समायोजन

Friday Jun 29, 2018
वि.सं.२०७५ असार १५ शुक्रवार ०३:१६
काठमाडौं–समता माइक्रोफाइनान्सको नेपाल स्टक एक्सचेञ्जमा मंगलबार सेयरमूल्य समायोजन भएको छ । माइक्रोफाइनान्सले बिक्री गर्न लागेको ५० प्रतिशत हकप्रद सेयरपछि सेयरमूल्य समायोजन भएको हो । नेप्सेले हकप्रदपछि माइक्रोफाइनान्सको प्रतिकित्ता एक हजार ४०१ रुपैयाँ ३३ पैसा निर्धारण गरेको छ । समायोजित मूल्यलाई आधार मानेर कम्पनीको मंगलबार सेयर कारोबार खुला भएको छ । कम्पनीको १८० दिनको सेयर कारोबारका आधारमा औसत आधारमूल्य ८४५ रुपैयाँ १७ पैसा कायम भएको छ ।
कम्पनीले कम्पनीले चुक्ता पूँजी बृद्धि गर्न ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न मंगलबार बुकक्लोज गरेको हो । हकप्रदमा असार ११ गतेसम्म कायम सेयरधनीले आवेदन गर्न सक्नेछन् । कम्पनीको चुक्ता पूँजी ३ करोड ७९ लाख २० हजार रुपैयाँ रहेको छ । हकप्रदपछि लघुवित्तको चुक्ता पूँजी पाँच करोड ६८ लाख रुपैयाँ पुग्नेछ ।