टाटा र सिप्रदीको नेपालमा पहिलो टाटा गुरु सम्मेलन

Saturday Jun 30, 2018
वि.सं.२०७५ असार १६ शनिवार ०९:००
काठमाडौं–टाटा मोटर्स र सिप्रदी अटोपार्टस् प्रा. लि.ले नेपालमा पहिलो टाटा गुरु सम्मेलनको सफल आयोजना गरेको छ ।
नेपालमा शुरु गरिएको यस टाटा गुरु सम्मेलनमा टाटा मोटर्सका तर्पmबाट जयदीप मटकर (आईबी हेड)ले टाटा जेनुईन पार्टस्को बारेमा गुरुहरुलाई बताए ।
मेकानिक्सहरुलाई एकै ठाउँमा भेला गरी टाटा ब्राण्डका गाडीहरु विश्वासिलो, भरपर्दो र सुरक्षितका साथै मितव्ययी छ भन्ने बारे आफ्ना ग्राहकहरुमा बुझाउन सफल बनाएकोले उनीहरुलाई आफ्नो दक्षताको विकास गर्ने अवसर तथा विभिन्न विधामा उत्कृष्ट कार्य गरे बापत् सम्मान तथा प्रोत्साहन पनि प्रदान गरेको थियो ।
प्रमुख कार्यकारी अधिकृत, प्रमुख संचालन अधिकृत लगायत सम्पूर्ण उच्च पदस्थ अधिकारीहूको उपस्थितिमा टाटा गुरु सम्मेलनमा सबैभन्दा बढी अंक हासिल गर्ने टाटा गुरुहरुलाई सम्मानित पनि गरिएको थियो ।