IME Life
NIMB

उपकुलपति किन फर्काइए विमानस्थलबाट ?

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.कुलप्रसाद कोइराला क्यानडामा हुन लागेको विश्व संस्कृत सम्मेलनमा भाग लिन त्यता प्रस्थान गर्ने क्रममा नियमविपरीत जान लागेको भेटिएपछि विमानस्थलबाट फिर्ता गरिएका छन् । नेपाल संस्कृत विश्वविद्यालयको ऐन तथा नियमअनुसार उनले सो विश्वविद्यालयका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीकृति लिएर विदेश जानुपर्ने थियो । तर कुलपतिको अवज्ञा गर्दै पूर्वस्वीकृति नलिएरै शनिवार उनी क्यानडा प्रस्थान गर्न लागेको भेटिएपछि प्रहरीले उनलाई विमानस्थलबाट फिर्ता पठाएको थियो । उपकुलपति कोइरालाले आफू नेसंविमा वामपन्थी सिध्याउने योजनाका साथ क्रियाशील रहेको कुरा बताउँदै आएका छन् । देशमा प्रगतिशील शक्तिको सरकार बनेपछि उपकुलपति कोइरालाको उद्दण्डता झनै बढेर गएको बताइन्छ ।
उपकुलपति कोइराला काङ्ग्रेसबाट काजमा वामपन्थी बनेका र वामन्थीको खोल ओढेर काङ्ग्रेसको स्वार्थ पूरा गर्न तत्पर व्यक्तिका रूपमा नेसंविमा चर्चित रहँदै आएका डा.काशीनाथ न्यौपानेको योजनाअनुसार क्यानडा प्रस्थान गर्न लागेका थिए । कोइराला विमानस्थलबाट फर्किएपछि काशीनाथ न्यौपानेका भाइ प्रेमराज न्यौपानेले आफ्नो फेसबुकवालमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीमाथि आक्षेप लगाउँदै ‘ओली बाका धुपौरेले यसो गरेको’ भनेर लेखेका छन् । यो घटनालाई लिएर प्रेमराज न्यौपानेको फेसबुकवालमा विश्वविद्यालयका कुलपतिको मानमर्दन हुने गरी अनेकौं व्यक्तिले तथानाम टिप्पणी गरेको देखिन्छ ।
संस्कृत सम्मेलनका नाममा क्यानडामा आयोजना हुन लागेको उक्त कुम्भमेलामा भाग लिन नेसंविका उपकुलपति कुलप्रसाद कोइरालाका प्रियपात्रहरू डा.लेखप्रसाद निरौला, डा.गणेश घिमिरे र डा.नवराज कट्टेलसमेत उपकुलपतिलाई सँगै लिएर जान नपाएकोमा अँध्यारो मुख लगाउँदै त्यता प्रस्थान गरेको थाहा भएको छ ।

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...