Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

उपकुलपति किन फर्काइए विमानस्थलबाट ?

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.कुलप्रसाद कोइराला क्यानडामा हुन लागेको विश्व संस्कृत सम्मेलनमा भाग लिन त्यता प्रस्थान गर्ने क्रममा नियमविपरीत जान लागेको भेटिएपछि विमानस्थलबाट फिर्ता गरिएका छन् । नेपाल संस्कृत विश्वविद्यालयको ऐन तथा नियमअनुसार उनले सो विश्वविद्यालयका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीकृति लिएर विदेश जानुपर्ने थियो । तर कुलपतिको अवज्ञा गर्दै पूर्वस्वीकृति नलिएरै शनिवार उनी क्यानडा प्रस्थान गर्न लागेको भेटिएपछि प्रहरीले उनलाई विमानस्थलबाट फिर्ता पठाएको थियो । उपकुलपति कोइरालाले आफू नेसंविमा वामपन्थी सिध्याउने योजनाका साथ क्रियाशील रहेको कुरा बताउँदै आएका छन् । देशमा प्रगतिशील शक्तिको सरकार बनेपछि उपकुलपति कोइरालाको उद्दण्डता झनै बढेर गएको बताइन्छ ।
उपकुलपति कोइराला काङ्ग्रेसबाट काजमा वामपन्थी बनेका र वामन्थीको खोल ओढेर काङ्ग्रेसको स्वार्थ पूरा गर्न तत्पर व्यक्तिका रूपमा नेसंविमा चर्चित रहँदै आएका डा.काशीनाथ न्यौपानेको योजनाअनुसार क्यानडा प्रस्थान गर्न लागेका थिए । कोइराला विमानस्थलबाट फर्किएपछि काशीनाथ न्यौपानेका भाइ प्रेमराज न्यौपानेले आफ्नो फेसबुकवालमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीमाथि आक्षेप लगाउँदै ‘ओली बाका धुपौरेले यसो गरेको’ भनेर लेखेका छन् । यो घटनालाई लिएर प्रेमराज न्यौपानेको फेसबुकवालमा विश्वविद्यालयका कुलपतिको मानमर्दन हुने गरी अनेकौं व्यक्तिले तथानाम टिप्पणी गरेको देखिन्छ ।
संस्कृत सम्मेलनका नाममा क्यानडामा आयोजना हुन लागेको उक्त कुम्भमेलामा भाग लिन नेसंविका उपकुलपति कुलप्रसाद कोइरालाका प्रियपात्रहरू डा.लेखप्रसाद निरौला, डा.गणेश घिमिरे र डा.नवराज कट्टेलसमेत उपकुलपतिलाई सँगै लिएर जान नपाएकोमा अँध्यारो मुख लगाउँदै त्यता प्रस्थान गरेको थाहा भएको छ ।

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४२

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख...

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३४

  काठमाडौं। नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न...

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३०

  काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

वि.सं.२०८१ माघ २ बुधवार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको...

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको...

वि.सं.२०८१ माघ २ बुधवार ०८:२४

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...