शिक्षण घर चलाउने पेशा हैन, युग बदल्ने अभियान हो

Monday Jul 30, 2018
वि.सं.२०७५ साउन १४ सोमवार ०३:४३
गीता श्रेष्ठ
एउटा शिक्षकले युग बदल्न सक्छ, समयको धार परिवर्तन गर्न सक्छ अनि ठूलठूला साम्राज्य ढाल्न सक्छ ।
विश्व इतिहासका पुस्तकमा यस्ता परिदृश्य लिपिबद्ध भएका छन् ।
मौर्य साम्राज्य एउटा शिक्षकको ढिट, अडान र प्रतिबद्धताले जन्मिएको थियो ।
तक्षशिला गुरुकुल’ ९विश्वविद्यालय०का आचार्य चाणक्यको शिक्षा, दृढता र लगनले भारतबाट अलेक्जेण्डर भाग्नुपर्यो ।
उनकै कुशल शिक्षा र नीतिले मौर्य साम्राज्य खडा भयो ।
यो कुनै दन्त्य कथा हैन, इतिहास हो । आज पनि राजनीति, अर्थनीति, समाज नीति, विदेश नीतिमा चाणक्यको नीतिको चर्चा हुन्छ
भन्न खोजिएको के हो भने अध्यापन ९शिक्षण० भातखाने रोजगारी मात्र हैन, र शिक्षकको गरिमा र क्षमता त्यतिमै सीमित हुनुहुँदैन ।
रुपान्तरणका लागि शिक्षकले कक्षा कोठामा पाठ सिकाउने मात्र हैन कि उसले समाजका हरेक वर्ग, अंग र क्षेत्रलाई सत्मार्गको बाटो देखाउनुपर्छ ।
देशको समग्र क्षेत्रको हितमा चिन्तन गर्नुपर्छ र आफूलाई त्यसमा उत्सर्ग गर्नुपर्छ ।
हिजो गुरुकुलीय शिक्षा पद्दति थियो, त्यहाँ न व्यापार थियो, न व्यवसाय १ गुरुकुलका शिक्षकहरु महान मन्त्रद्रष्टा ऋषि थिए, उनीहरु ज्ञान–विज्ञानको अध्ययन–अनुसन्धान गर्थे र समाजलाई ज्ञान र नीति बाँड्थे ।
आजका शिक्षकले पनि त्यो गर्न किन नसक्ने रु जसरी चाणक्यले मगद सम्राटको कोपको चिन्ता नगरी आफूलाई एकीकृत भारत निर्माणको बाटोमा डोर्याइरहे र अन्ततः सफल भए त्यस्तै दृढता हरेक शिक्षकले राख्ने हो भने नेपाली समाजको चित्र नै अर्कै हुन्छ ।
नेपाली समाजमा फैलिएको विकृति–विसंगतिको जड असल गुरुको असल शिक्षाका साथ असल अभिभावकत्व अनि असल सामाजिक अभियानको अभावले हो ।
तर, आजभोलि शिक्षकहरुले हिजोको त्यो मर्यादा राख्न सकेको पाइँदैन ।
शिक्षा जस्तो गहन जिम्मेवारीलाई केवल पेशा बनाएर त्यसको सुरक्षाका लागि राजनीतिक कार्यकर्ताजस्ता भएर नेताको झोला बोक्ने भएका छन्– आफ्नो महत्व, गुणवक्ता र योग्यता भुलेर । अनि शिक्षणलाई ९अपवाद बाहेक० आफ्नो भात–भान्सा चलाउने कामको रुपमा मात्र लिन थालिएको छ भने विद्यालयहरु व्यवसाय बनेका छन् ।
हरेकको आफ्नो नैतिक मूल्य–मान्यता र सामाजिक दायित्व हुन्छ ।
वेदले गुरुर साक्षत् परम ब्रह्म त्यसै भनेको हैन ।
गुरु नै साक्षात ज्ञान हो । एउटा कुशल शिक्षकले कुमालेले काँचो माटोलाई आकर्षक भाँडाको आकार दिएजस्तै एउटा विद्यार्थीलाई विश्वकै सर्वश्रेष्ठ बनाउन सक्छ भन्ने हो । यसको उदाहरण आचार्य चाणक्य र सम्राट चन्द्रगुप्त मौर्य काफी छ
हरेक शिक्षकले आफूमा यस्तै दृढ इच्छाशक्ति राखेर समाजका लागि केही गर्छु भन्ने हो भने नेपाली समाजको रुपान्तरण कुनै टाँढाको विषय हैन ।
यसै पनि हामी गुरुलाई देवताकै रुपमा पूजा गर्ने संस्कृतिका अनुयायी हौं, गुरुलाई हामी पूजा गछौं, खाँचो गुरु पूजाको योग्य बन्नुपर्यो ।
मिसन शिक्षक
शिक्षक जागीर मात्रै हैन, उसमा गहन जिम्मेवारी पनि छ ।
एउटा विद्यार्थीका लागि शिक्षक नै सबथोेक हो । उसकै ज्ञान र मार्गदर्शनबाट एउटा बालक भोलि सर्वश्रेष्ठ ठहरिन्छ ।
वेदमा भनिएको छ– गुरुः ब्रह्मा गुर्रुर्विष्णु गुरुदेवो महेश्वर । गुरु साक्षात् परंब्रह्म तस्मै श्री गुरुवे नमः ।
यो श्लोकले गुरुलाई सृष्टिकर्ता ब्रह्मा, पालनहार विष्णु र संहारकर्ता महेश्वर तथा साक्षत् ज्ञानको रूपमा स्थापना गरेको छ । मानिसलाई सृष्टि, पालन र संहारको तीनवटै अनिवार्य शर्त पूर्णरुपमा पालना गर्न सक्षम बनाउने गुरु नै हो ।यी तीनभन्दा माथि छ ब्रह्म जसको अर्थ हुन्छ ज्ञान ।
‘गुरुर साक्षत् परम ब्रह्म’ अर्थात गुरु नै ज्ञानको सर्वोत्कृष्ट स्रोत हो, भनी गुरुको महत्व र उच्च स्थानलाई प्रष्टयाएको छ ।
हरेक गुरुले आफूलाई यो रुपमा उतार्नसके समाज कति शान्त, सुन्दर र समुन्नत हुने थियो १ आज नेपाली समाजमा फैलिएको विकृति–विसंगतिको जड असल गुरुको असल शिक्षाका साथ असल अभिभावकत्व अनि असल सामाजिक अभियानको अभावले हो ।
शिक्षक हुनु गर्वको विषय हो भन्नेमा विमती छैन । समयले शिक्षणलाई केही विकृत पारेको भए पनि एकजना सच्चा, इमान्दार र निष्ठावान शिक्षकले धेरै कुरा गर्नसक्छ भन्ने उदाहरण त पौराणिककालदेखि अहिलेसम्मै देखिएका छन् ।
नेपालको कुरा गर्दा शिक्षकहरु अब विद्यालयमा किताब बोकेर पढाउने मात्र हैन कि उनीहरुले आफूलाई सामाजिक अभियन्ताका रुपमा क्रियाशील गराउनु पर्दछ ।
शिक्षकहरुको यो अभियानलाई सम्बन्धित विद्यालय ९निजी वा सामुदायिक० दुबैले साथ दिनुपर्दछ । विद्यालयको सामाजिक दायित्व छ भनेर योजनाबद्ध रुपमा सामाजिक अभियान चलाउनु पर्दछ ।
आज कोही पनि बालबालिका भविष्यमा एउटा दक्ष शिक्षक बनेर स्तरीय शिक्षा दिन्छु भन्दैन । ।
अनि कोही पनि शिक्षकले तिमी देशकै सबभन्दा राम्रो शिक्षक बन्नुपर्छ” भनेर सिकाउँदैनन्
। किन रु कारण स्पष्ट छ– शिक्षकले नै आफ्नो पेशालाई गरिमामय बनाउन सकिरहेका छैनन् ।
विश्व २१ औं शताब्दीमा पुगेको छ । हामी हरेक कुरालाई यही हवाला दिएर बोल्ने, लेख्ने गर्दछौं, तर नेपाली समाजमा अहिले पनि ढुंगेयुगमा पनि नभएका क्रियाकलापहरु भैरहेका छन् ।
हिंसा, भेदभाव, छुवाछुत जस्ता विषयहरुको अन्त्य अनि वातावरण संरक्षण, शिक्षा–स्वास्थ्यको महत्व शिक्षकहरुले नै गाउँगाउँमा पुर्याउन सक्दछन् ।
यही चेतनाले देश विकासको ढोका खोल्नेछ ।
जनतालाई शिक्षित, सुसूचित, अनि स्वस्थ बनाउन सोही अनुुसारको उत्प्रेरणा आवश्यक छ । यसका लागि शिक्षक नै सबभन्दा उपयुक्त पात्र हो ।
गाउँघरदेखि शहर बजारसम्मै शिक्षकले भनेको सबैले सम्मानपूर्वक–धैर्यपूर्वक सुन्छन्, उनीहरुको भनाई लागू गर्ने प्रयासमा हुन्छन् ।
यसर्थ पनि राज्यले के जिम्मेवारी दिएको छ वा विद्यालयले के दिएको छ भनेर मात्र हैन, एउटा शिक्षित, सचेत र चेतनशील नागरिक हुनुको नाताले शिक्षकले आफ्नो सामाजिक दायित्व निर्वाह गर्नुपर्दछ ।
शिक्षण बाध्यताको पेशा हैन
संसारमा शिक्षकको महत्व र इज्जत आज पनि उति नै छ, जति पौराणिककालका गुरुकुलका गुरुहरुको हुन्थ्यो ।
तर, विडम्बना गुरुकुलीय शिक्षा पद्धतिको अभ्यस्त थलो नेपालमा शिक्षकहरुको प्रतिष्ठा हराउँदै गएको छ ।
यसको कारण शिक्षकले आफ्नो मर्यादा र गरिमा कायम गर्न नसकेर हो ।
अनि केही नपाए शिक्षक बन्ने भन्दै यसलाई सबैभन्दा तुच्छो पेशाका रुपमा हेरिएकाले पनि हो ।
अनि शिक्षकको महत्व, गरिमा र जिम्मेवारीबोध गर्न नसक्नाले नै यस्तो स्थिति उत्पन्न भएको हो ।
आज कोही पनि बालबालिका भविष्यमा एउटा दक्ष शिक्षक बनेर स्तरीय शिक्षा दिन्छु भन्दैन ।
अनि कोही पनि शिक्षकले तिमी देशकै सबभन्दा राम्रो शिक्षक बन्नुपर्छ भनेर सिकाउँदैनन् ।
किन रु कारण स्पष्ट छ– शिक्षकले नै आफ्नो पेशालाई गरिमामय बनाउन सकिरहेका छैनन् । शिक्षण पेशा भनेको अन्यत्र असफल भएकाहरुले अँगाल्ने पेशा जस्तो बनाइएको छ । यहाँ पनि अपवाद छन् ।
राम्रा शिक्षकहरुले मन नदुखाउनुहोला ।
असल शिक्षक भए मात्र विद्यार्थीले असल शिक्षा पाउँछन् अनि त्यही असल शिक्षा पाएका विद्यार्थीहरुले नै भोलि देशका लागि केही गर्ने हुन् ।