Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

मोदी नेपाल आउँदै :पोखरा र लुम्बनीको भ्रमण गर्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चौथो पटक नेपाल आउने भएका छन् ।

भदौ १४ र १५ गते हुने चौँथो विमस्टेक बैठकमा भाग लिन नेपाल आउन लागेका प्रधानमन्त्री मोदी नेपालमा दुई दिन रहने छन् ।

सो क्रममा उनले गौतमबुद्धको जन्मस्थान लुम्बनी र पोखराको समेत भ्रमण गरी नेपालस्थित भारतीय दूतावास तयारीमा जुटेको स्रोतले जनाएको छ ।

यसअघि वैशाख २८ गते दुई दिनका लागि नेपाल भ्रमणमा आएका मोदीले मुस्ताङ्गबाट फर्किने क्रममा पोखरामा घुम्ने योजना बनाएका थिए ।

पोखरामा त्यस अनुसारको तयारी पनि भइसकेको थियो तर समय अभावका कारण उनी मुस्ताङ्गबाट सिधै काठमाडौँ फर्केका थिए ।

२०७१ सालमा काठमाडौँमा भएको सार्क सम्मेलनमा भाग लिन नेपाल आएका मोदीले जनकपुरसँगै लुम्बनीको समेत भ्रमण गर्ने तयारी थियो । त्यो बेला पनि लुम्बनीको भ्रमण गर्ने भनेर सम्पूर्ण तयारी पुरा भएको थियो ।

गौशालामा भारतको सहयोगमा निर्माण भएको धर्मशालाको उद्घाटन पनि मोदीले गर्ने तयारी भइरहेको छ । यद्यपि अहिले नै मिति र समय तय भएको छैन ।

तर, अन्त्यमा सुरक्षाको कारण देखाउँदै जनकपुरको भ्रमण रद्द गरेपछि प्रधानमन्त्री मोदीको लुम्बनी भ्रमणसमेत रद्द भएको थियो । तर, यसपटक भने उनी लुम्बनी जाने निश्चित भएको छ किनभने उनले यसअघि जनकपुरको भ्रमण गरिसकेका छन् ।

‘जनकपुरको भ्रमण रद्द भएपछि लुम्बनीको मात्र भ्रमण गर्दा राम्रो सन्देश नजाने भन्दै त्यतिबेला भ्रमण रद्द भएको थियो । यसपटक भने भ्रमण लगभग निश्चित भएको छ,’ दूतावास स्रोतले भन्यो ।

त्यतिबेला मोदीले मुस्ताङको मुक्तिनाथ दर्शन गरेर पोखरा हुँदै लुम्बनी जाने तयारी थियो । तर, मोदीले त्यतिबेला तीनटै ठाउँको भ्रमण रद्द गरेका थिए ।

जनकपुर र मुस्ताङ्को भ्रमण गरिसकेका मोदी यसपटक पोखरा हुँदै लुम्बनी जाने तयारी भइरहेको छ ।

यसैगरि, गौशालामा भारतको सहयोगमा निर्माण भएको धर्मशालाको उद्घाटन पनि मोदीले गर्ने तयारी भइरहेको छ । यद्यपि अहिले नै मिति र समय तय भएको छैन ।

मोदीले उद्घाटन गर्ने धर्मशालाको अवलोकन भारतीय जनता पार्टीका महासचिव राम माधवले गरिसकेका छन् । साउन १४ गते थिङ्क ट्याङ्कको सम्मोलनमा भाग लिन नेपाल आएका राम माधवले नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीको साथमा सो धर्मशालाको अनुगमन गरेका थिए ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास ९विमस्टेक० नामक क्षेत्रीय संगठनको चौँथो शिखर सम्मेलन काठमाडौँमा हुन लागेको छ । बिमिस्टेकको अध्यक्ष नेपाल रहेको छ । यो क्षेत्रीय संगठनको सदस्यमा बंगलादेश, भारत, म्यान्मार, श्रीलंका, थाइल्याण्ड, भुटान र नेपाल सदस्य राष्ट्रको रुपमा रहेका छन् ।

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन : मन्त्री भण्डारी

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:३४

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री शरदसिंह भण्डारीले बालश्रम...

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:२१

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी...

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:१२

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी...

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

वि.सं.२०८२ असार ३१ मंगलवार १६:४५

काठमाडौं । नेपालको पहिलो खाना डेलिभरी कम्पनी फुडमाण्डुले सन् २०१०...

भेटायो को नयाँ अफर – सोफा सफाइ सेवा अब मात्र ६ सय प्रति सिटरमा !

भेटायो को नयाँ अफर – सोफा सफाइ...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:३९

काठमाडौं। घरको सौन्दर्य र स्वास्थ्य दुवैलाई ध्यानमा राख्दै, भेटायोले प्रति...

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:२८

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई झम्सिखेल, पुल्चोक,...