CG Electronics
IME Life
NIMB

प्रधानन्यायाधीशको खोजी : दीपकराज पछिका मिश्र र मिश्रपछिका चोलेन्द्र पनि ‘डेन्जर जोन’मा

NIMB
Himalayan Bank

दीपकराज जोशीको नाम संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेपछि सर्वोच्चको नेतृत्व चयनबारे अन्योल थप बढेको छ ।

यहाँ सम्म कि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नाम सिफारिस भएका तीन जना मध्ये तीनै जना विवादित छवि भएको भनिएको छ ।

न्यायपरिषदले सिफारिस गरेर पठाएका तीन जना मध्ये जोशीलाई समितिले अस्वीकृत गरिसकेको छ । जोशीको नाम अस्वीकृत भएपछि रोलक्रम अर्थात् बरियताका हिसाबले अब पालो ओम प्रकाश मिश्रको आउने छ । तर, उनी उमेरहदका कारण धेरै समय पदमा रहन भने पाउने छैनन् ।

सर्वोच्चको नेतृत्व छान्दा छान्दै उनको सेवा अवधि समेत सकिन सक्छ । कारण दीपकराज जोशीमाथि घटेको घटना आफुमाथि पनि घट्नेमा मिश्रमा द्विविधा छैन। उनी मात्रै होईन रोलक्रम अनुसार मिश्र पछि पालो आउने चोलेन्द्रशमशेरको पनि त्यही हालत हुने अड्कल धेरैले काटिसकेका छन् ।

दीपकराज जोशीलाई राजीनामा गर्नुको विकल्प छैन । उनको राजीनामापछि सर्वोच्चका वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्र हुन् । बरियताका आधारमा उनको बाटो खुल्ने छ । तर, प्रधानन्यायाधीश भएमा उनको कार्यकाल जम्मा पाँच महिनाको हुनेछ । १८ पुसमा अवकाश पाउने मिश्रपछि चोलेन्द्रशमशेरको बाटो खुल्नेछ ।

तर, जोशी आउट भएपछि अर्को व्यक्तिसहितको नाम संवैधानिक परिषदले सिफारिस गर्ने छ । चोलेन्द्रपछि दीपककुमार कार्कीको नाम आउनेछ । संसदीय सुनुवाई समितिले जोशीको नाम अस्वीकृत गरेपनि संवैधानिक परिषदमा सिफारिस बाँकी दुई जना उम्मेदवार पनि विवादित छविकै निस्किएका छन् ।

जोशीपछि पालो कुरिरहेका ओमप्रकाश मिश्र तिनै न्यायाधीश हुन जसले जोशीसंग एउटै इजलासमा बसेर हाँडीगाउँको २ अरब मूल्य पर्ने ३६ रोपनी ६ आना सार्वजनिक जग्गा व्यक्तिको नाममा हुने आदेश दिएका थिए।

दीपकराज जोशी र जोशीपछिको वरियतामा रहेका सर्वोच्चकै वरिष्ठतम न्यायाधीश मिश्रको संयुक्त इजलासले काठमाडौंको हाँडीगाउँमा रहेको करीब अर्ब पर्ने ३६ रोपनी ६ आना सार्वजनिक जग्गा नक्कली मोहीका नाममा दर्ता गर्न आदेश दिएको खबर यसअघि नै सार्वजनिक भएको थियो ।

उनीबारे अन्य विषयहरु पनि विवादित छन् । स्रोतले भनेको छ, ‘उनीपछि आउने चोलेन्द्र शमशेर पनि चोखो छैनन् ।’ एक अपहेलना मुद्दाको सुनुवाईको बेञ्च अवरुद्ध गरेपछि चोलेन्द्रशमशेर जवरालाई संसदीय सुनुवाईमा अनुमोदन नगर्ने सम्मका चर्चा यसअघि नै भएका थिए ।

तर, अहिले सरकारको नेतृत्व नेकपाको हातमा छ। तर, समस्या प्रधानन्यायाधीश हुने व्यक्तिको छविमा मात्र नभई सत्ताको नेतृत्व गरिरहेको नेकपा भित्रै पनि छ। पुष्पकमल दाहालको लबिङ मिश्रलाई बनाउनु पर्दछ भन्ने छ । त्यसैकारण पनि चोलेन्द्रको भविष्य ठिक नभएको बताउँछन्, उनका निकटस्थहरु ।

प्रधानमन्त्री ओलीको रणनीति मुताबिक दाहालले कतिपय व्यक्तिलाई सर्वोच्चमा प्रधानन्यायाधीशमा रोलक्रम मिचिन सक्ने सङ्केत गरेका छन् । यस्तै, वाणिज्यमन्त्री मातृका यादवले मिश्रलाई प्रधानन्यायाधीश बनाउनु पर्ने माग प्रचण्डासामु राखिसकेको छन् ।

मधेसबाट प्रतिनिधित्व गर्ने विपक्षी दलका नेतासमेत मिश्रलाई प्रधानन्यायाधीश बनाउने लविङमा लागेका छन् । त्यति मात्रै होईन पूर्व प्रधानन्यायाधीश रामकुमार प्रसाद साह समेत मिश्रलाई प्रधानन्यायाधीश बनाउनुपर्छ भन्ने पक्षमा छन् ।

रामकुमार प्रसाद साह न्याय परिषद् सदस्य हुँदा दीपकराज जोशी र गोविन्दकुमार उपाध्यायलाई सर्वोच्चमा ल्याउने परिषद्को निर्णयमा नोट अफ डिसेन्ट लेख्ने व्यक्ति हुन् । मिश्रको कार्यकाल पाँच महिनामा मात्रै भएपनि त्यो समयसम्म परिस्थिति अर्कै भईसक्न आँकलन गरिएको छ । मिश्र प्रधानन्यायाधीश भए त्यसपछिको रोलक्रम मिचिने सम्भावना बढी रहेको स्रोतले बताएको छ ।

मिश्र गजबको गोटी बन्ने छन् । उनको घनिष्टता थानीय तहको निर्वाचनबाट नेकपाका शीर्ष नेता दाहालसँग अझ बढ्यो । चर्चित भरतपुर प्रकरणमा उनले लगाएको गुन पनि तिर्नु छ, दाहाललाई । मिश्रले नै दोस्रो चरणको निर्वाचनबाट प्रचण्डपुत्री रेणुलाई भरतपुरको मेयर बन्ने बाटो खोलिदिएका थिए ।

अर्थात् भरतपुर महानगरको वडा नम्बर १९ मा पुनः मतदानको आदेश गर्ने बेञ्चको नेतृत्व उनैले गरेका थिए । मिश्र प्रधानन्यायाधीश भए चोलेन्द्रलाई सोझै पाखा लगाउने वा आफु अनुकुल ढाल्ने रणनीति सत्ताधारी नेकपाले नै तय गर्ने बुझिँदै छ । कारण चोलेन्द्रले ३ वर्ष भन्दा बढी नेतृत्व गर्न पाउनेछन्, सर्वोच्चको ।

उनी पाखा नलागे, तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठले सर्वोच्च प्रवेश गराएका तत्कालीन एमाले सांसदको पालो आउन ढिलाई हुनेछ । स्रोत भन्छ, ‘जोशी पछिका दुई जनाको भविष्य पनि जोखिमै छ । त्यसैले अबको नेतृत्व छनोटमा अझ नयाँ दृष्य देख्न पाईने छ ।’

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...