प्रहरीको फेक ‘इन्काउन्टर’स् प्रहरीले कोठाबाट समातेर जंगलमा लगेर विभत्स हत्या, पेन्टरसँग कहाँबाट आयो पेस्तोल ?

Tuesday Aug 07, 2018
वि.सं.२०७५ साउन २२ मंगलवार ०७:३७
अपहरणकारीलाई प्रहरीले सुतिरहेको अवस्थामा पक्राउ गरी फेक इन्काउन्टरको नाटक रचेर जंगलमा विभत्स हत्या गरेको रहस्य बाहिर आएको छ । गत आईतबार साझ अपहरणमा सिन्धुपाल्चोक ज्यामिरे घर भई काठमाडौं, काँडाघारी बस्ने ११ बर्षिय निशान खड्का अपहरण र हत्या प्रकरणले नयाँ रुप लिएको छ ।
पेन्टिङको काम गर्ने अपहरणमा संलग्न सिन्धुपाल्चोक कर्थलीका २३ वर्षीय गोपाल तामाङ र नुवाकोट सामरीका २४ वर्षीय अजय तामाङ सानोठिमीस्थित श्याम लवटका घरमा डेरा गरि बस्दै आएका थिए । अजयको डेराबाटै सोमबार बिहान ७ बजे नै महानगरिय अपराध महाशाखाको टोलीले अपहरणकारीलाई नियन्त्रणमा लिएका थियो ।
सानोठिमी आसपासमा विहानैदेखी बाक्लो मात्रामा प्रहरी परिचालन भएका हुन्छन् । प्रहरीको एउटा समुह अजयको कोठाभित्र पर्छन् लग्गतै ढोका बन्द हुन्छ । केहि समय नविदै ढोका लगाएर बाहिर छिमेकीले समेत सुन्ने गरी कुटाईको मलाई बचाउँ मलाई बचाउँ भन्ने आवाज पटक पटक आउछ ।
सबै छिमेकीलाई बुझ्न र सोधिखोजी गर्न समेत प्रहरीले रोक लगाउछ । करिव १० बजे कोठाबाट प्रहरीको एक समुह बाहिर निस्किन्छ । घरबेटीलाई लिएर नयाँ बनाउँदै गरेको घरतर्फ लाग्छ । दुबैको सल्लाहमा अपहरणको योजना बनाएको हुन्छ । सबैतिर हल्लाह भएपछि आईतबार बेलुका अपहरणपछि राती साढे ९ बजे कोठामै मुखमा रुमाल खाँधेर घाँटीमा थिचेर बालक हत्या भईसकेको हुन्छ ।
प्रहरीको कुटपिटपछि अपहरितको हत्या भइसकेको उनीहरूकै स्वहिकार गरिसकेका हुन्छन् बयानकै आधारमा मानेर हत्या गरेर गाडेको ठाउँमा प्रहरी पुग्छ । गोपाल र अजयका घरबेटीले ठिमीकै नगदेश्वरमा बनाइरहेको नयाँ घरको पछाडिपट्टि खाल्डो खनेर बालकको शव पुरेको भन्ने उनीहरूको बयान पुष्टि हुन्छ ।
महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएका प्रहरी नायव उपरीक्षक रुगम कुँवरको एसएस्पी धिराजप्रताप सिहंलाई पटक पटक टोलीफोन सम्र्पक भइरहेकै हुन्छ ।
महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएका प्रहरी टोली र ठिमी प्रहरीले मध्यपुर नगरपालिका वडा नम्बर ७ स्थित स्थानीय श्याम लवटकै निर्माणाधीन घर शबलाई गाढेको ठाउँबाट केहीवेरमै शव निकाल्यो । त्यतिन्जेलसम्म घरबाहिर भिड जम्मा भएको थियो । आरोपी दुवैलाई आँखामा पट्टी बाँधेर बाहिर निकाल्यो, गाडीमा राखेर लिएर गयो । ११ बजे दुवै आरोपीलाई प्रहरीकै गाडीमा राखेर लगिएको थियो । एकाएक दिउँसो १ बजे खबर आयो, ‘घ्याम्पेडाँडामा प्रहरीसँगको मुठभेडमा दुई अपहरणकारीको मृत्यु ।
अपहरणकारी इन्काउन्टरमा मारिएको खबरले सामाजिक सञ्जालमा उत्साह जाग्यो । प्रहरीलाई फेसबुक र ट्विटरमा सलाम ठोकेर प्रशंसा पनि गरियो । यसले ‘हिरोइज्म’ जमाउने प्रहरी अधिकारीको महत्वाकांक्षा पूरा भएको छ । तर, बालकलाई किन बचाउन सकिएन भन्ने मूल विषय ओझेलमा परेको छ ।
प्रहरीले आरोपीलाई गिरफ्तार गरेको ठाउँभन्दा ११ किलोमिटर टाढा सूर्यविनायक नगरपालिका– ८ स्थित सुर्यविनायक गणेश मन्दिरबाट पाइलट बाबा आश्रम जाने बाटो नजिकै जंगलमा ९जुन जंगल नेपाली सेनाको ब्यारेकले सुरक्षा दिदैं आएको० अपहरणकारीसँग प्रहरीको जम्काभेट भयो । त्यहाँ प्रहरी इन्काउन्टरमा दुई अपहरणकारी नुवाकोटका गोपाल तामाङ र सिन्धुपाल्चोकका अजय तामाङ मारिएको महानगरीय अपराध अनुसन्धान महाशाखा भन्यो ।
प्रहरीको महेन्द्रा गाडी आएको पन्ध्र मिनेटमै स्थानियले दोहोरो भिडन्त नभएको बताए । एक्कोरो पट्याङ पट्याङको आबाज आएको मात्रै सुनेको बताए । तयो लगत्तै केहि समय नवित्दै अन्य प्रहरीका गाडी आएका थिए । नेपाली सेनाको सुरक्षार्थ राखिएको पोण्टबाट नजिकै इन्काउन्टर हुदाँ समेत नेपाली सेना स्वयलाई पत्तो छैन्न् ।
जंगलमा लगेर इन्काउन्टरको नाममा मार्दा अपहरण र हत्याको उद्देश्य के थियो भन्ने विषयको अनुसन्धान स्वतः कमजोर भएको छ । किनकि, अपहरण र हत्या किन गरिएको थियो भनेर बयान दिन सक्ने दुवैजना मारिएका छन् । उनीहरू जंगलमा भाग्दै गरेको अवस्थामा मारिएको भन्ने प्रहरीले दाबी गरिसकेकाले त्यसअघि उनीहरूले आफ्नो डेरामा दिएको बयानसमेत औचित्यहीन भएको छ ।
गोपाल र उनका साथी अजय तामाङले सानोठिमीस्थित आफ्नो डेरामा राति ढिलो फर्कने जानकारी गराएका थिए । उनीहरू राति १२ बजे मात्र फर्किए । अहिलेसम्मको जानकारीअनुसार उनीहरूले त्यतिवेलासम्म बालकको अपहरण र हत्या गरेर खाल्डोमा गाड्नसमेत भ्याइसकेका थिए । डेरामा फर्कंदा पूरै हिलाम्य भएको र राति नै लुगा र जुत्ता धोएर रेलिङमा सुकाएको उनका छिमेकीहरूले बताए ।
पेन्टरसँग कहाँबाट आयो पेस्तोल रु
घटना विवरणअनुसार अपहरणकारी भनिएका दुवैजना आरोपी पेसेवर अपराधी होइनन् । किनकि, अपहरण र हत्यापछि बालकको शव खाल्डोमा पुरेर उनीहरू आफ्नो डेरामा पुगेका छन् र लुगा धोएर रेलिङमा सुकाएर सुतेका छन् । त्यति मात्र होइन, बालककी आमालाई समेत फोन गरेर फिरौती मागेका छन् । यति गरिसकेपछि पनि आफ्नै कोठामा सुत्ने उनीहरू अपराधी नै भए पनि पेसेवर होइनन् । तर, प्रहरीले लास देखाउँदा उनीहरूको हातमा पेस्तोल छ ।
प्रहरीलाई फायरिङ गर्दै जंगल–जंगल भागेकाले जवाफी कारबाहीमा मारिएको भनिएको छ । गोलीले शरीर क्षतविक्षत हुँदा पनि हातमा पेस्तोल छुटेको छैन जुन साधारण मान्छेले समेत पत्याउन नसकिने छ । अपहरणकारीले प्रयोग गरिएको हतियारको विषयमा समेत प्रहरीले कुनै जानकारी गराएको छैन्न् । जुन दोहोरो भिडन्त भनिएको ठाउँमा अपहरणकारी हानेको गोलीको खोका समेत नभेटिनुले अर्को आशंका उभजाएको छ । अर्को गम्भिर कुरा बालकलाई गोली हानी किन हत्या गरेन्न् ।
काँडाघारीस्थित हाइल्यान्ड स्कुलमा कक्षा ६ मा पढ्ने निशान खड्का सधैँझै आइतबार पनि चार बजेपछि विद्यालयबाट फर्किए । आमा चमेलीले गार्डेन चोकमा सञ्चालन गरेको चिया पसलमा खाजा खाए । ज्यामिरे–९ सिन्धुपाल्चोक घर भएकी चमेलीले सात वर्षदेखि यही क्षेत्रमा पसल चलाउँदै आएकी छिन् भने उनका श्रीमान् मलेसियामा मजदुरी गर्छन् । विद्यालयबाट निशान आउँदा नियमित ग्राहक गोपाल तामाङ पसलमै थिए । चमेलीले मोबाइल पुरानो भएकाले नयाँ किन्ने प्रसंग निकालिन्। किन्न जान गोपाल तत्पर भए । चमेलीले १५ सय रुपैयाँ दिएपछि छोरा निशान र गोपाल नयाँ मोबाइल किन्न गए ।
प्रहरीको फेक ‘इन्काउन्टर’ विषयलाई सोसल मिडियाहरुमा विषयलाई लिएर प्रहरीको चर्को आलोचना भईरहेको छ । यस विषयलाई सरकारले कसरी लिएको छ भनेर गृहमन्त्रालयमा हामी सोधेका थियौं । यस गृहमन्त्रालयले विषयलाई गम्भिरता रुपमा लिएको यस विषमा छनविन हुने सत्य तथ्य के हो बाहिर ल्याउने बताएको छ । उत्ता प्रहरी प्रधान कार्यालयले समेत शुष्म रुपमा अध्यायन भई रहेको दोषी भेटिए कार्हबाही हुने बताएको छ ।
उत्ता राष्ट्रिय मानव अधिकार आयोगले समेत नियन्त्रणमा लिएर प्रहरीबाटै हत्या भएको भन्ने मिडियाहरुमा समाचार आएको छ यस विषयलाई आयोगले गम्भिरतापुर्वक लिएर अध्यायन भईरहेको बताएको दोषी भेटिए सरकारसंग कडा भन्दा कडा कार्हबाहीको माग गर्ने बताएको छ ।
फर्किएर गोपालले सिमसमेत फेरिदिए । दई ओटा बियर खाएर साढे सात बजे उनी पसलबाट बाहिरिए । तर, त्यतै खेल्दै गरेका निशान अबेरसम्म डेरामा आएनन् । अचानक पौने ९ बजे चमेलीको मोबाइलमा फोन आयो, ‘तिम्रो छोरा हाम्रो कब्जामा छ, ४० लाख रुपैयाँ तयार पार ।’ तत्कालै उनले गुहार मागिन् । छिमेकीहरू जम्मा भए । प्रहरीलाई खबर भयो । तर, रातभरिको प्रयासबीच पनि बालक भेटिएनन् ।
उता, गोपाल र उनका साथी अजय तामाङले सानोठिमीस्थित आफ्नो डेरामा राति ढिलो फर्कने जानकारी गराएका थिए । उनीहरू राति १२ बजे मात्र फर्किए । अहिलेसम्मको जानकारीअनुसार उनीहरूले त्यतिवेलासम्म बालकको अपहरण र हत्या गरेर खाल्डोमा गाड्नसमेत भ्याइसकेका थिए । डेरामा फर्कंदा पूरै हिलाम्य भएको र राति नै लुगा र जुत्ता धोएर रेलिङमा सुकाएको उनका छिमेकीहरूले बताएका छन् ।
बालक निशान खड्काका अभिभावक मिहिनेती हुन् । सिन्धुपाल्चोक ज्यामिरेबाट काठमाडौं झरेर आमा चमेलीले सात वर्षदेखि चिया तथा खाजा पसल चलाएकी छिन् । बाबु मलेसियामा मजदुरी गर्छन् । मिहिनेती भए पनि आर्थिक रूपमा कमजोर नै देखिन्छ । किनकि, छोरा अपहरण हुनुभन्दा केही घन्टाअघि नयाँ मोबाइल किन्दा पनि उनले १५ सय मात्र खर्च गर्न सकेकी छिन् । यो यथार्थ अपहरणकारी भनिएका दुवैजनालाई पनि थाहा छ ।
किनकि, मोबाइल किन्न स्वयं गोपाल गएका थिए र उनीहरू दुवैजना चार वर्षदेखि पसलका नियमित ग्राहक थिए । तर, सबै अवस्था थाहा भएका आरोपीले बालककी आमासँग ४० लाख रुपैयाँ मागेको घटना आफैँमा आश्चर्यजनक छ । त्यसकारण पनि अपहरणको उद्देश्य पैसा मात्र नभएर अन्य प्रतिशोध पनि हुन सक्छ । घटनामा दुईजना मात्र नभएर पर्दापछाडि अरू पनि संलग्न हुन सक्छन् । तर, प्रहरीले आरोपी दुवैजनालाई कठघरामा उभ्याएर रहस्य उजागर गर्न होइन, पर्दा लगाउन हतार गरेको छ ।
विगतको महाशाखाको पछिल्लो रेकर्ड नै इन्काउन्टर देखिएको छ । जस्तैगरी होडवाजीका लागी फेक इन्काउन्टरको नाटक रचेको प्रष्ट हुन् आउँछ ।
यद्धपी महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएस्पी धिराजप्रताप सिहले यस विषयमा जानकारी लिन खोज्दा प्रहरीसंग दोहोरो भिडन्तमा अपहरणकारी मारिएको बताए । अन्य विषयमा केहि बोल्न चाहेन्न् ।
यस विषयमा जानकारी लिन खोज्दा महानगरीय प्रहरी वृत्त, ठिमीका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० मिलन केसीले भने महानगरीय प्रहरी अपराध महाशाखाको टोली गरेको अप्रेसन हुदाँ यस विषयमा महाशाखामै बुझ्न भने ।
प्रहरीको फेक ‘इन्काउन्टर’ विषयलाई सोसल मिडियाहरुमा विषयलाई लिएर प्रहरीको चर्को आलोचना भईरहेको छ । यस विषयलाई सरकारले कसरी लिएको छ भनेर गृहमन्त्रालयमा हामी सोधेका थियौं । यस गृहमन्त्रालयले विषयलाई गम्भिरता रुपमा लिएको यस विषमा छनविन हुने सत्य तथ्य के हो बाहिर ल्याउने बताएको छ । प्रहरी प्रधान कार्यालयले समेत शुष्म रुपमा अध्यायन भई रहेको दोषी भेटिए कार्हबाही हुने बताएको छ ।
उत्ता राष्ट्रिय मानव अधिकार आयोगले समेत नियन्त्रणमा लिएर प्रहरीबाटै हत्या भएको भन्ने मिडियाहरुमा समाचार आएको छ यस विषयलाई आयोगले गम्भिरतापुर्वक लिएर अध्यायन भईरहेको बताएको दोषी भेटिए सरकारसंग कडा भन्दा कडा कार्हबाहीको माग गर्ने बताएको छ ।जनताटाइम्सले जनाएको छ ।
प्रहरीको विगतको ‘इन्काउन्टर’लाई समेत प्रश्न उब्जाएको छ । विगतकम समेत प्रहरीले फेक ‘इन्काउन्टर’ गरेको त होईन्न् भन्ने विषयमा प्रहरी नेतृत्व र प्रशासनमाथी गभ्भिर प्रश्न चिन्ह उठेको छ । यसरी प्रहरी नेतृत्व हिरो हुने बाहाना कतै जिरो हुने खतरामा धिराजप्रताप सिंह हुने होईन्न ?