म्यानमार राष्ट्रपतिको सुरक्षाकर्मी मोटरसाइकमल दुर्घटनामा घाइते

Wednesday Aug 29, 2018
वि.सं.२०७५ भदौ १३ बुधवार ०६:१६
१३ भदौ काठमाडौं । आज बिहान सोल्टी होटलबाट वहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (विमस्टेक) को चौथो बैठकमा भाग लिन आएका म्यानमारका राष्ट्रपति विन मिन्टको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी मोटरसाइकल दुर्घटनामा परि सख्त घाइते भएका छन् ।
बैठकका लागि हिजो काठमाडौं आइपुगेका राष्ट्रपति मिन आज लुम्बीनी जानको लागि सोल्टि होटलबाट सवारी हुने क्रममा उहाँको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी प्रहरीको मोटरसाइकल कालिमाटि पुल नजिकै पुगेपछि दुर्घटनामा परेको हो । म्यानमार राष्ट्रपति सराव गाडीको पछाडि सुरक्षार्थ खटिएका प्रहरीको मोटरसाइकल कालिमाटि टंकेश्वरतिर मोडिनेक्रममा एक्कासी मोटरसाइकल अनियन्त्रियत भई दुर्घटना भएको हो । मोटरसाइकलमा सामान्य क्षति भएतापनि सुरक्षाकर्मी प्रहरी भने सख्त घाईते अवस्थामा अन्य प्रहरी टोलीले उद्धार गरी हस्पीटल पठाइएको छ ।