भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी नेपालमा

Friday Aug 31, 2018
वि.सं.२०७५ भदौ १५ शुक्रवार १४:२७
राहुल निजी भ्रमणका लागि नेपाल आएका हुन्। उनी नेपाल हुँदै तिब्बतको कैलाश मानसरोबर जाने बुझिएको छ। गान्धी इन्डिगोको जहाजबाट भर्खरै काठमाडौं आएका हुन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएकै बेला विपक्षी दलका नेतासमेत रहेका गान्धी नेपाल आइपुगेका हुन्।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) चौथो सम्मेलन सहभागी हुन आएका मोदी आज स्वदेश फर्किदै छन् ।
गान्धी सामान्य ढंगले दुई सहयोगीको साथमा नेपाल आएका हुन् । शुक्रबार काठमाडौंमै बस्ने र शनिबार नेपालगञ्ज जाने कार्यक्रम सार्वजनिक भए पनि अन्य भ्रमण तालिका भने सार्वजनिक भएको छैन ।