साना तथा मझौला व्यवसायी महासंघ नेपालले महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुको बजारव्यवस्थापन समिति गठन

Saturday Sep 08, 2018
वि.सं.२०७५ भदौ २३ शनिवार १०:५४
भदौ २३ काठमाडौं । नेपालको एउटा महत्वपूर्ण र परम्परागत रुपमा मनाईने नेपाली हिन्दु नारीहरुको महान चाड तीजको अवसरमा नेपाली महिलाहरुमा भएको उद्यमशीलतालाई सशक्त पार्न उहाँहरुबाट उत्पादित वस्तुहरुको प्रदर्शन तथा विक्री गर्ने उद्देश्यले महासंघले केन्द्रिय महिला उपाध्यक्ष विष्णु घर्तीमगरको संयोजकत्वमा समारोह व्यवस्थापन समिति गरेको थियो । देशको सिमित बजारको वावजुत पनि विगत केहि वर्ष यता नेपालका साना तथा मझौला व्यवसाय उद्योगहरुमा महिला उद्यमिहरुको भुमिका प्रत्यक्ष रहेको पाइन्छ । त्यसैले यसको प्रबद्र्धन गर्न आवश्यक छ भन्ने उद्देश्यले महासंघले तीजको अवसर पारेर परम्परागत मनोरञ्जनलाई प्रभावकारी ढंगले प्रस्तुत हुन महिला उद्यमीहरुको उत्साह र जाँगर बढाउन, आर्थिक अवस्थामा सुधार ल्याउन महिलाहरुको प्रोत्साहन गर्नको लागि पनि यस समारोहको आयोजना गर्नुको मुल उद्देश्य रहेको थियो ।
कार्यक्रममा अतिथि सम्माननिय उप राष्ट्रपनि नन्द बहादुर पुन, विशेष अतिथि माननीय सांसद एवं पूर्व खेलकुद मन्त्री राजन कुमार के.सी., संस्थापक अध्यक्ष जङ्ग बहादुर श्रेष्ठ, लगायत विभिन्न उद्योग व्यवसायी महासंघका अध्यक्षहरु, महासंघका पदाधिकारीहरुहरु, महिला उद्योग व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो ।
साना तथा मझौला उद्यमीहरुलाई सुव्यवस्थित ढंगबाट सञ्चालन गर्न सरकारले अधिकार सम्पन्न उच्च निकाय गठन गरी रोजगार प्रवद्र्धनमा ठोस कदम चालने व्यवस्था हुनु अहिलेको समय सान्दर्भिक हो । यसबाट विदेश पलायन भईरहेको युवाहरुलाई आफ्नै देशमा स्वरोजगार बन्न प्रोत्साहन दिने निति अवलम्बन गरियोस भन्ने आग्रहका साथै नेपाल सरकारबाट युवा उद्यमीहरुलाई शैक्षिक प्रमाण पत्र बैंकमा राखि बिना धितो सहुलियत ऋण लिन पाउने व्यवस्थाको स्वागत गर्दै रु. दुई लाख रकम वर्तमान अवस्थाको लागि अपुग हुने भएकोले युवा उद्यमीहरुको लागि रु. दश लाख सम्म दिने व्यवस्था गर्नु अत्यन्त शान्दर्भिक रहने भएको समेत सुझावसहितको माग महासंघद्वारा प्रस्तुत गरिएको थियो ।