CG Electronics
IME Life
NIMB

आइएमई जनरल इन्स्योरेन्स र नीलकण्ठ नगरापालिका बीच कृषि व्यवसाय र व्यक्तिगत दुर्घटना बीमाका लागी संझौता

NIMB
Himalayan Bank

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नीलकण्ठ नगारपालिका, धादिङ बिच कृषि व्यवसायमा निर्भर आम कृषकहरुको हित र संरक्षणप्रति मध्यनजर गर्दै पशु, पन्छी तथा कृषि बीमा लगायत व्यक्तिगत दुर्घटनाको बीमा गराउने सम्झौता भएको छ ।
संझौता पश्चात नीलकण्ठ नगरापालिकामा रहेका सम्पूर्ण कृषकहरुको पशुपन्छी, कृषिबालीको बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्न सक्नेछन भने नगरापालीकाको तर्फबाट त्यहाँ अवस्थित नगरबासीहरुको पशु तथा कृषिधन लगायत विभिन्न परिस्थितका दुर्घटना बीमा गराई आफुलाई नेपालकै एक नमूना नगरापालिकाको रुपमा स्थापित गरेको छ भने उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठ र नीलकण्ठ नगरापालीकाका तर्फबाट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत श्री जगन्ननाथ पन्तले हस्ताक्षर गर्नुभएको छ ।
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले नगरपालीकाद्वारा आफ्ना नगरबासीका कृषकहरुको हितका लागि कम्पनीसँग बीमा गर्ने अवसर पाएकोले नगरवासीहरुलाई चुस्तस्तुर्फ बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नूभएको छ । यसैक्रमा नगरवासीहरुको सम्पत्तीको बीमा गराएर सुरक्षित बनाउन उत्प्रेरक भुमिका निर्वाह गरेकोमा नगर प्रमुख (मेयर) श्री भिम प्रसाद ढुंगाना, प्रमुख प्रशासकीय अधिकृत लगायत नगरपालिका युनिटलाई धन्यवाद दिनुभयो दिँदै अबका दिनहरुमा सम्पूर्ण ग्राहकरुसँग अझै आत्मिय र सुमधुर सम्बन्ध स्थापना गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले व्यक्त गर्नुभयो ।
त्यसैगरी नगरपालिकाका मेयर श्री भिम प्रसाद ढूंगानाले आफूले आफ्ना नगरावासी कृषकहरुलाई आफ्ना कृष्तिजन्य सम्पत्तिको बीमा पश्चात कृषि व्यवसायमा कुनै दुर्घटना वा क्षति भएमा त्यसको क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न सकिने व्यवस्था नगरपालिकाले आइएमई जनरल इन्स्योरेन्स लि. सँग संझौता गरेको हुनाले कृषकहरुले अफ्नो सम्पत्तीको बीमा गरी ढुक्क भएर कृषि उत्पादनमा लगानी गरी कृषि उत्पादनको वृद्धि गर्न अनुरोध गर्नुभयो ।

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...