Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

प्रेस विज्ञप्ती

Machhapuchchhre Bank Limited


मिति ः– २०७५÷०५÷१८
आरणीय न्यायप्रेमी नेपाली आमाबुबा, दिदिबहीनी तथा दाजुभाईहरु ! वर्तमान हाम्रो देश नेपालमा विकसित भइरहेको बलत्कार, हत्या, हिंसा, महंगी, कालोबजारी, गुण्डागर्दी, चोरी डकैती, तथा तिव्र प्रहरी दमन जस्ता सामाजिक न्या र सुरक्षा जस्ता अति संवेदनसिल कुराहरुलाई पूर्ण नियन्त्रण गर्न वर्तमान सत्तासिन ने.क.पा. (नेकपा) को दुई तिहाई बहुमतको सरकार असफल रहेको देखिन्छ । वर्तमान अवस्थाले सम्पूर्ण नेपाली आम जनतामा डर, त्रास, चिन्ता, अशान्ति, असुरक्षा उत्पन्न भई यो सरकार प्रति प्रश्नचिन्ह उठाई रहेको अवस्था छ । सर्वसाधारण आम जनताले स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने, घाँस दाउरा गर्ने, गाईवस्तु चराउने, स्कुल कलेज र खेतबारी देखि आ–आफ्ना दैनिक कामकाज र घरबार साथै दिउधनको क्षेत्रमा शान्ति सुरक्षाका कारण अशान्ति र असुरक्षा महसुस गरी रहेको हुँदा यो सरकारले आफ्नो प्रतिबद्धता अनुरुप काम कारवाही गर्न र देश र जनताको लागी पूर्ण रुपले शान्ति सुरक्षाको ग्यारेन्टी गर्न नसकेको हामीलाई र हाम्रो पार्टीलाई महसुस भइरहेको छ । विगत करिब १ महिना बितिसक्दा पनि कञ्चनपुरकी १३ वर्षिया बालिकाको बलात्कारीहरु माथी शिघ पक्राउ गरी तत्काल फाँसी दिनुको सट्टा राजनैतिक संरक्षण भइरहेको र उनै सत्ताका शक्तिशालि नेताहरु त्यस घटनामा रातारात ढाकछोप र निस्क्रिय पार्न ठूलै लविङ वा दवाव चलिरहेको छ । सर्वसाधारण जनताको जिउधन, इज्ज्त माथि धावा बोल्नेहरु र राजनैतिकिकरण गरी आफ्नो दोषी मानिसहरुलाई बचाउ र ढाकछोप गर्नेहरु खबरदार ! तपाईहरु कुनै पनि बहानामा उम्कन पाउने छैन एकदिन जनताको कठघरामा उभ्याएर कारवाही गर्नै पर्ने हुनसक्छ ।
निर्मला हत्या प्रकरणका तत्कालीन कञ्चनपुरका एस.पी. डिल्ली विष्ट र तत्कालीन सि.डि.ओ र गोली हान्ने सुरक्षाकर्मीलाई तत्कालै बर्खास्त गरी जेल हाल्नुपर्दछ । एउटी अवोध बालिका माथि र सिङ्गो परिवार माथि त्यस्तो अमानवीय दानवी अपराध हुँदा सम्म यस शक्तिशाली दुई तिहाई जनमतद्वारा स्थापित भएको सर्व शक्तिशाली सरकार के हेरेर बसी रहेको छ ? के तमासा हेरेर आफ्ना मान्छे संरक्षण र राजनैतिक लविङ गर्दैछ ? पैसा र पदको ठूलै खेलवाड त्यस निर्मला बलात्कार हत्याकाण्ड ढाकछोपको लागि हुँदैछ । एउटी बालिकाको इज्जत माथि यत्रो खेलवाड हुँदा यो घटनाको दोषी र संरक्षक सबैलाई तुरुन्त पकडेर मृत्युदण्ड देउ । जागिर खोसीदेउ, जेल हाल, अपराधीलाई जनतासामु ल्याउ भन्दै विरोधमा उत्रेका जनताले न्याय माग्दा जथाभावी शक्तिको दुरुपयोग गर्ने, गोली हान्न आदेश दिने, सि.डि.ओ., एस.पी. र प्रहरीहरुलाई तु. कारवाही गर । निलम्बन मात्र गरेर नाटक नगर । खबरदार हामी यो खबरदारी गरी रहेका छौँ । नत्र असम्भवी घटनाक्रमको विकास हुन सक्दछन दिनदिनै ।
देशका अन्य विभिन्न भागहरुमा भइरहेका अन्य अनेकौ त्यस्ता बलात्कारका घटनाहरु, हत्या, हिंसा, अपहरण, गण्डागर्दी जस्ता घटनाबाट जनताहरु आजित भइरहेको अवस्थामा पनि यो सरकार किन चुप लागेर रमिता हेरी रहेको छ ? यथाशिघ्र आम नेपाली जनताको जिउ, ज्यान र धनको शान्ति र सुरक्षा देउ । यस्ता दिनदाहाडै हुने अपराधहरु प्रति हामीलाई र हाम्रो पार्टीलाई घोर आपत्तीको विषय भएको छ र त्यस्ता घटना प्रति हामी र हाम्रो पार्टीले सदैव घोर भत्र्सना र निन्दा गर्दछौँ गर्दछ । आदरणी न्यायप्रेमी जनसमुदायहरु ! हामीलाई न्याय चाहिएको छ । गोली र चरम दमन, यातानाहरु होइन हामीलाई गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगार चाहिएको छ । महंगी, तिव्र कालो बजारी, असमान जनघाती, करको चाहाना हामीलाई होइन । सत्तासिन शासकहरुका लागि विलासी गाडीहरु, विलासी महलहरु, दरबारहरु, र विलासी जीवनशैली बिताउनको निम्ती जनताबाट उठाएको एकपैसा कर हामी दुरुपयोग हुन दिनेछैनौ । हामीलाई आफ्नो गाउँघर, टोल, शहरको विकास चाहिएको छ । प्रत्येक नेपालीलाई विकास र समृद्धि चाहिएको छ । दमन र निरङकुश तानासाही धरपकड होइन न्याय माग्दाखेरी गोली खानुपर्ने शिक्षा र स्वास्थ्य, रोजगारी माग्दा जेलमा सडिनुपर्ने यस्तो सरकार र सत्ता हामीलाई चाहिएको छैन । यसकारण सम्पूर्ण नेपाली जनतामा हाम्रो पार्टी ने.क.पा. (माओवादी) ले यो भ्रष्टचारी सरकारको असमान र जनघाती कुनै पनि काम कारवाही र निर्णयहरु लागु र असमर्थन नगर्न यसै विज्ञप्ती मार्फत आह्वाना गर्दछौँ । सम्पूर्ण आम सर्वसाधारण जनताहरु, किसान, मजदुर, विद्यार्थीलाई नाङ्गो आङ छोप्ने र भोको पेट खान नपाई मर्नेहरुमाथि यो सरकारले जनघाती निर्णय गरी स्थानीय स्तर, प्रदेश स्तर र केन्द्रिय स्तरबाट असमान जनघाती कर थुपार्दै छ । यस्तो असमान र जनघाती करहरु जवरजस्ती तिर्न बाध्य गराउँदै छ । र त्यस्तो बाध्यात्मकारी, असमान, अवैज्ञानिक र जनघाती करहरु कुनैपनि नर्तिन हामी र हाम्रो पार्टी हार्दिक अनुरोध आम जनताहरुमाझ गर्दछौँ ।
विभिन्न समयमा, विभिन्न सरकारको बेलामा हुने राष्ट्रिय, अन्तराष्ट्रिय भेला, बैठक जस्ता सम्मेलनहरु भर्खरै सम्पन्न भएको भनिएको विमस्टेक सम्मेलनको नाममा अरबौँ नेपाली रुपैयाँ बराबरको बाहिरी सहयोगलाई र जनताको राष्ट्रिय ढुकुटी रातारात, दुरुपयोग गर्न पल्केकाहरु बाट जेसुकै बैठक वा सम्मेलन भएपनि देश र जनताको वास्तविक हितमा छैन । यस्ता भेला, बैठक र सम्मेलाहरुमा हुने खर्च तुरुन्त सार्वजनिक हुनुपर्दछ । पारदर्शितापूर्ण हुनुपर्दछ । भ्रष्टचार रहित हुनु पर्दछ । तर यसपालिको विमस्टेक सम्मेलनमा भएको खर्चको विवरण मात्र बाहिर ल्याउने र ठूलो भ्रष्टचार भएको छ । अन्त्यमा पुनः यो सरकारलाई आम नेपाली जनता र देश प्रति सचेत र जनमुखी हुन आग्रह गर्दछौँ । आम जनतालाई अन्याय र अत्याचार, दमन र दरधपकड देखि जनधनको पूर्ण सुरक्षा गर्न हामी र हाम्रो पार्टी ने.क.पा. (माओवादी) सदैव खबरदारी गरिरहेको छ, गरीरहने छ ।
अध्यक्ष
क.के.बि. भट्टराई (विश्व प्रताप)
ने.क.पा. (माओवादी)
केन्द्रिय कार्यालय काठमाडौ, नेपाल,

मोदी जल विद्युत परियोजनामा करोडौँको चलखेल राजमन्त्री तामाङ र निर्देशक घिसिङको कम्पनी छनौटको तयारी

मोदी जल विद्युत परियोजनामा करोडौँको चलखेल राजमन्त्री...

वि.सं.२०८१ चैत ११ सोमवार १२:१०

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको मातहत रहेको १८ मेगावाट क्षमताको अप्पर...

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए र नुबिया सिरिज सार्वजनिक

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए...

वि.सं.२०८१ चैत ११ सोमवार ०९:०१

  काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विश्वव्यापी अग्रणी...

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन...

वि.सं.२०८१ चैत ११ सोमवार ०८:५७

  काठमाडौं । नेपाली काङ्ग्रेसले संविधानको पक्षमा दृढताका साथ उभिने...

उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित वितरण आवश्यक : मन्त्री खड्का

उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित...

वि.सं.२०८१ चैत ११ सोमवार ०८:५१

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले...

आज केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

आज केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का...

वि.सं.२०८१ चैत १० आइतवार ०८:०७

  काठमाडौं । हाल कोशी तथा मधेश प्रदेशलगायत देशको पहाडी...

चलचित्रका माध्यमबाट पर्यटन क्षेत्रले लाभ लिनसक्छ : मन्त्री पाण्डे

चलचित्रका माध्यमबाट पर्यटन क्षेत्रले लाभ लिनसक्छ :...

वि.सं.२०८१ चैत १० आइतवार ०८:०२

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गुणस्तरीय चलचित्र...