CG Electronics
IME Life
NIMB

प्रेस विज्ञप्ती

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


मिति ः– २०७५÷०५÷१८
आरणीय न्यायप्रेमी नेपाली आमाबुबा, दिदिबहीनी तथा दाजुभाईहरु ! वर्तमान हाम्रो देश नेपालमा विकसित भइरहेको बलत्कार, हत्या, हिंसा, महंगी, कालोबजारी, गुण्डागर्दी, चोरी डकैती, तथा तिव्र प्रहरी दमन जस्ता सामाजिक न्या र सुरक्षा जस्ता अति संवेदनसिल कुराहरुलाई पूर्ण नियन्त्रण गर्न वर्तमान सत्तासिन ने.क.पा. (नेकपा) को दुई तिहाई बहुमतको सरकार असफल रहेको देखिन्छ । वर्तमान अवस्थाले सम्पूर्ण नेपाली आम जनतामा डर, त्रास, चिन्ता, अशान्ति, असुरक्षा उत्पन्न भई यो सरकार प्रति प्रश्नचिन्ह उठाई रहेको अवस्था छ । सर्वसाधारण आम जनताले स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने, घाँस दाउरा गर्ने, गाईवस्तु चराउने, स्कुल कलेज र खेतबारी देखि आ–आफ्ना दैनिक कामकाज र घरबार साथै दिउधनको क्षेत्रमा शान्ति सुरक्षाका कारण अशान्ति र असुरक्षा महसुस गरी रहेको हुँदा यो सरकारले आफ्नो प्रतिबद्धता अनुरुप काम कारवाही गर्न र देश र जनताको लागी पूर्ण रुपले शान्ति सुरक्षाको ग्यारेन्टी गर्न नसकेको हामीलाई र हाम्रो पार्टीलाई महसुस भइरहेको छ । विगत करिब १ महिना बितिसक्दा पनि कञ्चनपुरकी १३ वर्षिया बालिकाको बलात्कारीहरु माथी शिघ पक्राउ गरी तत्काल फाँसी दिनुको सट्टा राजनैतिक संरक्षण भइरहेको र उनै सत्ताका शक्तिशालि नेताहरु त्यस घटनामा रातारात ढाकछोप र निस्क्रिय पार्न ठूलै लविङ वा दवाव चलिरहेको छ । सर्वसाधारण जनताको जिउधन, इज्ज्त माथि धावा बोल्नेहरु र राजनैतिकिकरण गरी आफ्नो दोषी मानिसहरुलाई बचाउ र ढाकछोप गर्नेहरु खबरदार ! तपाईहरु कुनै पनि बहानामा उम्कन पाउने छैन एकदिन जनताको कठघरामा उभ्याएर कारवाही गर्नै पर्ने हुनसक्छ ।
निर्मला हत्या प्रकरणका तत्कालीन कञ्चनपुरका एस.पी. डिल्ली विष्ट र तत्कालीन सि.डि.ओ र गोली हान्ने सुरक्षाकर्मीलाई तत्कालै बर्खास्त गरी जेल हाल्नुपर्दछ । एउटी अवोध बालिका माथि र सिङ्गो परिवार माथि त्यस्तो अमानवीय दानवी अपराध हुँदा सम्म यस शक्तिशाली दुई तिहाई जनमतद्वारा स्थापित भएको सर्व शक्तिशाली सरकार के हेरेर बसी रहेको छ ? के तमासा हेरेर आफ्ना मान्छे संरक्षण र राजनैतिक लविङ गर्दैछ ? पैसा र पदको ठूलै खेलवाड त्यस निर्मला बलात्कार हत्याकाण्ड ढाकछोपको लागि हुँदैछ । एउटी बालिकाको इज्जत माथि यत्रो खेलवाड हुँदा यो घटनाको दोषी र संरक्षक सबैलाई तुरुन्त पकडेर मृत्युदण्ड देउ । जागिर खोसीदेउ, जेल हाल, अपराधीलाई जनतासामु ल्याउ भन्दै विरोधमा उत्रेका जनताले न्याय माग्दा जथाभावी शक्तिको दुरुपयोग गर्ने, गोली हान्न आदेश दिने, सि.डि.ओ., एस.पी. र प्रहरीहरुलाई तु. कारवाही गर । निलम्बन मात्र गरेर नाटक नगर । खबरदार हामी यो खबरदारी गरी रहेका छौँ । नत्र असम्भवी घटनाक्रमको विकास हुन सक्दछन दिनदिनै ।
देशका अन्य विभिन्न भागहरुमा भइरहेका अन्य अनेकौ त्यस्ता बलात्कारका घटनाहरु, हत्या, हिंसा, अपहरण, गण्डागर्दी जस्ता घटनाबाट जनताहरु आजित भइरहेको अवस्थामा पनि यो सरकार किन चुप लागेर रमिता हेरी रहेको छ ? यथाशिघ्र आम नेपाली जनताको जिउ, ज्यान र धनको शान्ति र सुरक्षा देउ । यस्ता दिनदाहाडै हुने अपराधहरु प्रति हामीलाई र हाम्रो पार्टीलाई घोर आपत्तीको विषय भएको छ र त्यस्ता घटना प्रति हामी र हाम्रो पार्टीले सदैव घोर भत्र्सना र निन्दा गर्दछौँ गर्दछ । आदरणी न्यायप्रेमी जनसमुदायहरु ! हामीलाई न्याय चाहिएको छ । गोली र चरम दमन, यातानाहरु होइन हामीलाई गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगार चाहिएको छ । महंगी, तिव्र कालो बजारी, असमान जनघाती, करको चाहाना हामीलाई होइन । सत्तासिन शासकहरुका लागि विलासी गाडीहरु, विलासी महलहरु, दरबारहरु, र विलासी जीवनशैली बिताउनको निम्ती जनताबाट उठाएको एकपैसा कर हामी दुरुपयोग हुन दिनेछैनौ । हामीलाई आफ्नो गाउँघर, टोल, शहरको विकास चाहिएको छ । प्रत्येक नेपालीलाई विकास र समृद्धि चाहिएको छ । दमन र निरङकुश तानासाही धरपकड होइन न्याय माग्दाखेरी गोली खानुपर्ने शिक्षा र स्वास्थ्य, रोजगारी माग्दा जेलमा सडिनुपर्ने यस्तो सरकार र सत्ता हामीलाई चाहिएको छैन । यसकारण सम्पूर्ण नेपाली जनतामा हाम्रो पार्टी ने.क.पा. (माओवादी) ले यो भ्रष्टचारी सरकारको असमान र जनघाती कुनै पनि काम कारवाही र निर्णयहरु लागु र असमर्थन नगर्न यसै विज्ञप्ती मार्फत आह्वाना गर्दछौँ । सम्पूर्ण आम सर्वसाधारण जनताहरु, किसान, मजदुर, विद्यार्थीलाई नाङ्गो आङ छोप्ने र भोको पेट खान नपाई मर्नेहरुमाथि यो सरकारले जनघाती निर्णय गरी स्थानीय स्तर, प्रदेश स्तर र केन्द्रिय स्तरबाट असमान जनघाती कर थुपार्दै छ । यस्तो असमान र जनघाती करहरु जवरजस्ती तिर्न बाध्य गराउँदै छ । र त्यस्तो बाध्यात्मकारी, असमान, अवैज्ञानिक र जनघाती करहरु कुनैपनि नर्तिन हामी र हाम्रो पार्टी हार्दिक अनुरोध आम जनताहरुमाझ गर्दछौँ ।
विभिन्न समयमा, विभिन्न सरकारको बेलामा हुने राष्ट्रिय, अन्तराष्ट्रिय भेला, बैठक जस्ता सम्मेलनहरु भर्खरै सम्पन्न भएको भनिएको विमस्टेक सम्मेलनको नाममा अरबौँ नेपाली रुपैयाँ बराबरको बाहिरी सहयोगलाई र जनताको राष्ट्रिय ढुकुटी रातारात, दुरुपयोग गर्न पल्केकाहरु बाट जेसुकै बैठक वा सम्मेलन भएपनि देश र जनताको वास्तविक हितमा छैन । यस्ता भेला, बैठक र सम्मेलाहरुमा हुने खर्च तुरुन्त सार्वजनिक हुनुपर्दछ । पारदर्शितापूर्ण हुनुपर्दछ । भ्रष्टचार रहित हुनु पर्दछ । तर यसपालिको विमस्टेक सम्मेलनमा भएको खर्चको विवरण मात्र बाहिर ल्याउने र ठूलो भ्रष्टचार भएको छ । अन्त्यमा पुनः यो सरकारलाई आम नेपाली जनता र देश प्रति सचेत र जनमुखी हुन आग्रह गर्दछौँ । आम जनतालाई अन्याय र अत्याचार, दमन र दरधपकड देखि जनधनको पूर्ण सुरक्षा गर्न हामी र हाम्रो पार्टी ने.क.पा. (माओवादी) सदैव खबरदारी गरिरहेको छ, गरीरहने छ ।
अध्यक्ष
क.के.बि. भट्टराई (विश्व प्रताप)
ने.क.पा. (माओवादी)
केन्द्रिय कार्यालय काठमाडौ, नेपाल,

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३१

  काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन फर्किएन बजारको आत्मविश्वास ?

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:२१

काठमाडौं । डा.स्वर्णिम वाग्लेले २०८२ चैत १३ गते अर्थमन्त्रीको सपथ...

पत्रकारले जनता र जनप्रतिनिधिलाई बाटो देखाउनुपर्छ : सभापति बुढाथोकी

पत्रकारले जनता र जनप्रतिनिधिलाई बाटो देखाउनुपर्छ :...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:०८

रामेछाप । प्रतिनिधिसभाको अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले पत्रकारले...