CG Electronics
IME Life
NIMB

साँढे पच्चिस लाखमा फल्सकवागेनको नयाँ पोलो १.०

NIMB
Himalayan Bank


नेपालका तर्फबाट आधिकारिक विक्रेता पूजा इन्टरनेशनल नेपाल प्रा.लि.ले फाँक्सवैगनको नयाँ मोडलको पोलो १.० गाडी नेपाली बजारमा भित्राएको छ । नौ सय उनानसय सीसी र ७६ एजपी इन्जिन क्षमता रहेको उक्त गाडीमा इन्धनको बचत हुने कम्पनीको भनाइ छ । अघिल्लो समय नेपाली बजारमा फल्सकवागेन पोलो सोह्र सय सीसी र बाह्र सय सीसीमा उललब्ध थियो । आर्थिक वर्ष २०७५÷७६ को बजेटमा हजार सीसी भन्दा माथिका साधनमा कर वृद्धि गरिएको व्यवस्था लागु गरिए पनि यो नयाँ मोडलको गाडि खरिदले उपभोक्तलाई सो कर वृद्धिले कुनै असर नगर्ने कुरा कम्पनीले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ ।
उक्त मोडलको गाडीमा एन्टिलग ब्रेकिङ सिस्टम (एबीएस), एयर ब्याग, गाल्भनाइज्ड बडि, पावर विन्डो, रियर भ्यू क्यामेरा, पोलन फिल्टर सहितको एयर कन्डिसन, पावर स्ट्रिङ सहितको व्यवस्था समावेश छ जसले गर्दा सुरक्षाका हिसाबले एकदम राम्रो रहेको कम्पनीको दावी छ । उक्त गाडीको मुल्य नेपाली बजारमा छब्बिस लाख पन्चानब्बे हजार रहने जानकारी कम्पनीले दिएको छ । नेपालीहरुको महन चाड दशैँ नजिकै आइरहेको अवसर पारेर गाडीको मुल्यमा विशेष छुटको व्यवस्था कम्पनीले गरेको छ । जस अनुसार गाडी बुक गर्ने पहिलो व्यक्तिले पच्चिस लाख पचास हजारमा गाडी पाउने छन् ।

सन् २०११ मा नेपाली पोलो १.६ ह्याचब्याक गाडीले अत्याधिक सफल र दोस्रो बजारमा पनि यो गाडीले सबै भन्दा बढी मुल्य पाएको कम्पनीको दावी छ । त्यस्तै पोलो १.० ले पनि उपभोक्ताहरुबाट उस्तै माया र सद्भाव पाउने विश्वास कम्पनीले राखेको छ । अध्ययन अनुसार फल्सकवैगन पोलो गाडी अन्य ब्रान्डका सोहि समुहका गाडी भन्दा तीस प्रतिशत खर्च कम लाग्ने देखाएको छ । अन्य ब्रान्डका गाडीहरु पाँच हजार कि.मी. मा सर्भिसिङ गर्नुपर्ने भए पनि पोलो १.० फल्सकवैगन गाडी पन्ध्र हजारा किमी सम्म ढुक्क भएर चलाउन सकिने कम्पनीले बताएको छ । साथै यो गाडीको नियमित मर्मत सम्भारमा लाग्ने खर्चको हिसाबमा सबैभन्दा कम खर्चिलो रहेको कुरा स्वतन्त्र सर्भे गर्ने संस्था ईलाम कन्सल्टेन्सीले प्रमाणित गरेको जानकारी पनि कार्यक्रममा दिइएको थियो ।
कम्पनीले अन्तराष्ट्रिय गाडीको व्यापारमा पछिल्ला दुई वर्षमा फाल्सकवैगन ले सन् २०१७ मा मात्रै १,०४,१३,३१५ गाडी विक्री गरेको तथ्याङ्कले यस कुराको पुष्टि गर्ने पूजा इन्टरनेशनल प्रा.लि. का कार्यकारी अधिकृत विबेक विजुक्छेले बताउनु भयो । उक्त मोडलको गाडी लोकप्रियकरको रुपमा स्थापित हुने जानकारी दिनुका साथै यसको काठमाडौंमा तीन वटा सर्भिस स्टेशन छ भने नेपालभरी ९ वटा रहेको छ ।

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...