API
Sagarmatha Cement
Laxmi Sunrise Bank Limited

गोदाममै कुहिने भए मुस्ताङका स्याउ, २५ करोडको बिक्री भएकोमा यसपटक सात करोड मात्रै

 

मुस्ताङ। जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेपछि स्याउ ढुवानीमा समस्या भएको छ।

 

भौगोलिक प्रतिकूलता, निरन्तरको वर्षा र कटानका कारण अघिल्लो हप्तादेखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा ढिलाइ हुँदा बगैँचाबाट टिपेर बजार पठाउन ठिक्क पारिएको स्याउ गोदाममै कुहिन थालेको छ।

 

झण्डै ७६ किलोमिटर लामो बेनी–जोमसोम सडक दर्जनौँ ठाउँमा पहिरो, कटान र बाढीका कारण अवरुद्ध छ।

यहाँका किसानले बगैँचाबाट टिपेको स्याउ ढुवानी गर्न सकेका छैनन्। स्याउ बजारमा पुर्‍याउन नसक्दा गोदाममै कुहिन थालेको व्यापारी तथा किसानले बताएका छन्। म्याग्दी, पर्वत, बागलुङ, पोखरा, धादिङ, काठमाडौँ चितवनलगायतका जिल्लाबाट आएर व्यापारीले बगैँचामा आएर बोटबाटै स्याउ खरिद गर्ने गरेका छन्।

“ढुवानी समस्याका कारण स्याउ कुहिन थालेको छ,” थासाङ गाउँपालिका–१ टुकुचेका हरि थकालीले भने।

जिल्लाको कोवाङ, टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ र छुसाङको एक हजार ११५ हेक्टर क्षेत्रफलमा रेड, रोयल, रिचारेड तथा गोल्डेर फुजी डेलीसियस जातको स्याउखेती गरिँदै आएको छ। वार्षिक पाँच हजार मेट्रिक टनको हाराहारीमा स्याउ उत्पादन हुन्छ। जिल्लाबाट अघिल्लो वर्ष करीब रु २५ करोड मूल्य बराबरको स्याउ बिक्री भएको थियो। विगत वर्षमा भदौमै आधाभन्दा बढी स्याउ बजारमा पुगिसक्दथ्यो। यसपालि एक चौथाइ पनि बिक्री हुन नसकेको घरपझोङ गाउँपालिकाको कृषि शाखाका प्रमुख बिमल खड्काले बताए।

राहुघाट, रुप्से, काभ्रे, बादरजुङ र लेते क्षेत्रको अक्करे भीरको फेदीमा पहिरोले सडक भत्काएको छ। त्यहाँ नदीले कटान गर्दा बेनी–जोमसोम सडकमा सवारीसाधन चल्ने सकेका छैनन्। स्थानीयवासी, पर्यटक र तिर्थयात्री समस्यामा छन्। सडक खुलाउने प्रयास भइरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका इञ्जिनियर प्रदीप निरौलाले बताए।

उत्पादित ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन : प्रधानमन्त्री

उत्पादित ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन :...

वि.सं.२०८१ माघ ४ शुक्रवार २०:५२

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र...

विराट एक्स्पोमा डिजिटल व्यवसायिक सहकार्यको नयाँ युग : बीटुबी पेभिलियन

विराट एक्स्पोमा डिजिटल व्यवसायिक सहकार्यको नयाँ युग...

वि.सं.२०८१ माघ २ बुधवार ०२:३६

विराटनगर । विराटनगरको डिग्री कलेजको मैदानमा माघ ११ गतेदेखि सुरु...

हामीले खाने विहान बेलुकीको खाना आयात गरेर खान नपरोस् : मन्त्री अधिकारी

हामीले खाने विहान बेलुकीको खाना आयात गरेर...

वि.सं.२०८१ पुस २९ सोमवार १२:२२

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले विहान...

विराट एक्स्पो २०२५: रोजगार कोशी पेभिलियनले वेरोजगार र रोजगारदाता बीच जमघट गराउँदै छ

विराट एक्स्पो २०२५: रोजगार कोशी पेभिलियनले वेरोजगार...

वि.सं.२०८१ पुस २८ आइतवार १९:४२

  काठमाडौं । माघ ११ देखि विराटनगरको डिग्री कलेजको मैदानमा...

विराट एक्स्पो २०२५ माघ ११ देखि विराटनगरमा, २६८ स्टलसहित १० दिनसम्म चल्ने

विराट एक्स्पो २०२५ माघ ११ देखि विराटनगरमा,...

वि.सं.२०८१ पुस २३ मंगलवार ०२:०९

  काठमाडौं । विराटनगरमा आयोजना हुने विराट एक्स्पोको आठौं संस्करण...

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव, सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव, सुरक्षित डिजिटल...

वि.सं.२०८१ पुस १८ बिहीवार २१:३५

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवका...