IME Life
NIMB

कपडा र जुत्ताको मूल्य २० प्रतिशत महँगो, यी पाँच कारणले महँगो हुँदैछ यो वर्षको दशैं

NIMB
Himalayan Bank

 

डलरको भाउ र भन्सार मूल्यांकन वृद्धिले यो वर्षको दशैं महँगिने भएको छ।व्यवसायीका अनुसार  यो दशैंमा तयारी पोशाक,जुत्ता/चप्पल र विद्युतीय उपकरणको भाउ २० प्रतिशत महँगो हुनेछ।

खाद्यान्नमा समेत नेपाल विदेश निर्भर रहेकाले केही महँगिनेछ।नेपाल सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले डलर र भन्सार मूल्यांकन वृद्धिले चीनबाट आउने सामानको मूल्य बढेको बताए।

‘चीनबाट आउने सामानको मूल्य बढेर आएको छ। गत वर्ष भन्दा सबै सामानको मूल्य २० प्रतिशत भन्दा बढेको छ’उनले  भने।

नेपाल चेम्बर अफ कमर्शका कोषाध्यक्ष निरज रार्इले चीनबाट आउने सामान महँगो भएकाले यो वर्षको दशैंमा उपभोक्तालार्इ अतिरिक्त भार पर्ने बताए।उनका अनुसार पहिरोका कारण केरुङबाट आउने सामान करिब एक महिना बन्द भयो।‘केरुङमा दशैंका लागि आएका दुर्इ हजार भन्दा बढी कन्टेर सामान छन्। अहिले ट्रक तथा कन्टेनर व्यवसायीले समेत भाडा महँगो बनाएकाले सामानको मूल्य थप बढ्ने देखिएको छ’उनले भने। अहिले केरुङदेखि काठमाडौंसम्म एक कन्टेनर सामान ल्याउँदा दुर्इ लाख रुपैयाँको हाराहारीमा लिन थालेका छन्।

डलरको भाउ
पछिल्लो समयमा नेपाली मुद्राको तुलनामा डलरको भाउ महँगो भएको छ।नेपाली मुद्रा कमजोर हुँदा विदेशबाट आयात हुने सामान महँगो हुनेछ।अहिले एक डलर किन्नका लागि १ सय १६ रुपैयाँसम्म तिर्नुपर्ने अवस्था छ।अधिकांश सामान विदेशबाट आयात गर्नुपर्ने भएकाले नेपाल आउने सबै सामान डलरका कारण महँगो भएको छ।

सडकमार्गको भार
भारत तथा चीनबाट आउने सामान स्थल मार्गबाट बढी आउँछ।नेपालतर्फ आउने सडकमार्गमा पहिरो लगायतका समस्याले पनि भाउ महँगो पर्ने गरेको छ।

तेस्रो मुलुकबाट आउने सामान भारतसम्म जलमार्गहुँदै आउँछ।भारतबाट ट्रक कन्टेनर र कार्गो रेलमार्फत वीरगंजमा आउने गर्छ।चीनको केही भारतहुँदै नेपाल आउँछ भने धेरै सामान केरुङबाट आउँछ।केरुङबाट नेपाल आउने सडकमार्ग विभिन्न कारणले अवरुद्ध हुँदा समेत समयमा सामान नआउने र ढुवानी भाडा महँगो पर्ने गरेको छ।

बैंकको व्याजदर
व्यवसायीले बैंक ऋणमार्फत व्यवसाय गरिरहेका हुन्छन्। पछिल्लो समयमा बैंक ब्याजदरनै महँगो भएकाले समेत विदेशबाट आयात भएका सामान महँगिने गरेको छ।

यस वर्ष बैंक तथा वित्तीय संस्थाको औसर आधार व्याजदर नै १२ प्रतिशत हाराहारी छ।नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ओभर ड्राफ्टमा कडाइ गरेपछि व्यवसायीले सहकारीसम्म पुग्ने गरेका छन्।सहकारीबाट लिएको ऋण थप महँगो हुन्छ।

तेलको मूल्य वृद्धि
पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढाएपछि नेपाल आयल निगमले प्रत्येक १५/१५ दिनमा तेलको मूल्य बढाइरहेको छ।

सोमबार मात्रै पेट्रोल र डिजलको मूल्य २ रुपैयाँ र ३ रुपैयाँ बढायो।तेलको मूल्यवृद्धिले समेत आयातित सामान ढुवानी गर्दा महँगो भएको छ।

स्थानीय कर
स्थानीय र प्रदेश सरकारले स्रोत जुटाउन विभिन्न कर लगाएका छन्।त्यो करको भार पनि उपभोक्तालार्इनै पर्छ।

बाख्रादेखि अण्डासम्ममा कर लगाएकाले त्यसले समेत दशैं महँगो बनाउनेछ।व्यवसायीका अनुसार खसीबोकामा समेत कर लगाएका कारण यो दशैं महँगो पर्छ।

भारतबाट आयात हुने चौपायामा कर तथा विभिन्न मूल्याङ्कनले गर्दा खसीबोकाको मूल्य बढेको छ।व्यवसायीका अनुसार ढुवानी खर्च र विभिन्न करका बहानामा प्रति चौपाय ९ सय रुपैयाँ मूल्य बढेको छ।

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...