IME Life
NIMB

खर्बाैंमा नपाइने बहुमूल्य खनिज १ अर्ब घुस लिएर चिनियाँ कम्पनीलाई सुम्पदै उद्योगमन्त्री मातृका यादव

NIMB
Himalayan Bank

 

नेपालको उच्च हिमाली स्थानमा पाइने अति दुर्लभ खनिज पदार्थ देशलाई ठूलो धनराशीको हानी हुने गरि अवैध रुपले उद्योगमन्त्री मातृका प्रसाद यादवले चिनियाँ कम्पनीलाई गोप्य रुपमा सुम्पिन थालेका छन् ।

 

सोलुखुम्बु र धादिङको गणेश हिमालमा पाइने दुर्लभ खनिज पदार्थ चिनियाँ कम्पनीलाई गोप्य रुपमा दिन उद्योग मन्त्रालय सम्हालेका मन्त्री यादवले झण्डै १ अरव बढि रकम घुस खाएर चिनियाँलाई दिने प्रक्रिया अगाडी बढाएका छन् ।

सरकारले यसरी मुलुकको खनिज पदार्थको उत्खनन या उत्पादन गर्न सक्दैन भने पनि ग्लोबल टेन्डर लगायतका अन्य कानुनी प्रक्रिया पुर्याएर देशको हितमा प्रयोग गर्न सक्छ तर, सरकारका एक जना मन्त्रीले यसरी मुलुकको सम्पत्ति नगन्य मात्राको पैसामा सुटुक्क बेच्न खोज्नु राष्ट्र विरुद्धको अपराध नै हो ।

 

सामान्य अवस्थामा भएको डिल अनुसार यादवलाई तत्काल १ अरव दिने गोप्य सहमति भएपछि बाकीँ पैसा कहिले र कति भन्दै यादवले जवाफ मागेको स्रोतको भनाई छ ।

 

यसरी अवैध रुपमा मुलुकलाई टाट पल्टाउन लागिएको यादवको ड्रिम प्रोजेक्टको मूल्य कति होला ? यो भने अहिले नै भन्न सकिन्न । यस्ता बहुमूल्य तथा लोपउन्मुख खनिजको मूल्य नै नहुने समेत जनाइन्छ ।

 

मिनरल्सको व्यापार गर्ने भनेर नेपाल छिरेको चिनियाँ कम्पनीलाई मन्त्री यादवको ठाडो निर्देशनमा कम्पनी रजिस्टारको कार्यालयले समेत खनिज उत्खनन तथा त्यस सम्बन्धि कार्य गर्न पाउने गरि कम्पनीको विधान संशोधन गरिदिएको छ ।

 

दुर्लभ मानिने खनिज चीन भित्र्याउन चीनको डोङ शान मिनरल्स नामक कम्पनीले कम्पनीको नियमावली तथा प्रबन्धपत्र समेत सेटिङ मिलाएर संशोधन गरेको पाइएको छ ।  उद्योग मन्त्री यादवलाई यसबारे सोध्न सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

 

तर, मुलुकको कानुनलाई अन्धकारमा ढल्काएर शक्ति र सत्ताको आडमा चिनियाँ कम्पनीलाई खनिज जसरी पनि उपलब्ध गराउने गोप्य सहमति समेत गरि सकेको बुझिन आएको छ ।

 

विश्वमै दुर्लभ मानिने मुलुकको सम्पत्तिको रुपमा रहेको खनिज पदार्थ यसरी एक जना सरकारका मन्त्रीले सुटुक्क अर्को मुलुकमा निर्यातका लागि मोटो रकम घुस लिएर बेच्न थालेको प्रष्ट भएको छ ।

 

घुस रकम मात्रै बयानाका रुपमा १ अरव पाएका मन्त्रीको नाममा चीनमा सप्लाई हुन थाले पछि कति रकम आउला सायद अनुमान गर्न कठिन हुनसक्छ ।

 

नेपालपानाले खनिज सम्बन्धि जानकारहरुसंग समेत सम्पर्क गरेर यसबारे लिएको जानकारी अनुसार नेपालका हिमालमा पाइने कतिपय खनिज विश्वका अन्य मुलुकमा पाइदैन । जसको कुने मुल्य नै छैन् । यस्तै, सोलुखुम्बु क्षेत्र र धादिङको गणेश हिमालमा पाइने खनिज पदार्थ समेत विश्वका अन्य मुलुकमा पाइदैन ।

 

उसो भए चीन यस्ता खनिजको संकलन किन गर्न चाहन्छ त भन्ने हाम्रो जिज्ञासामा जानकारहरुको मत यस्तो छ ।

 

यस्ता प्रकारका खनिजको मूल्य यति नै भनेर तोक्न कठिन हुन्छ  । जुन वस्तु अत्यधिक धनाढ्य मानिसहरु आफ्नो शाैख पुरा गर्न सजावटका सामाग्रीको रुपमा प्रयोग गर्ने गर्छन भने केहिले आफ्ना घर सजाउन त केहि कम्पनीले ब्राण्ड स्थापित गरेर विभिन्न डिभाइसहरु बनाएर करोडाैं डरलमा बिक्रि गर्छन ।

 

यसैको एउटा सानो उदाहरण नेपालमा एसेम्बल हुने  सगरमाथाको ढुङ्गा प्रयोग गरिएको घडीलाई लिन सकिन्छ । सानो ढुङ्गाका टुक्राहरु जोडेर बनाइएको घडीको मूल्य ७ देखि १५/२० लाख रुपैयाँसम्ममा बिक्रि हुँदै आएका छन् । यो त एक सामान्य उदाहरण हो । यस्ता बहुमूल्य खनिजहरुको त महत्व नै बेग्लै छ ।

 

चीन अहिले विश्वमा अनेक नीति मार्फत सहयोग र सहकार्यको हात मिलाएजस्तो गरेर अमुल्य वस्तुहरुको भण्डारणमा लागेको छ । दक्षिण एसियामा अहिले चिनियाँ लगानीका बारेमा खुवै चर्चा हुने गरेको छ ।

 

चीनले लगानी गरेका अफ्रिकी मुलुकमा समेत लगानी पारदर्शी नभएको भन्ने टिप्पणी आउने गरेको पाइन्छ ।  यस्तै कतिपय अफ्रिकी मुलुकले चीनको ऋण तिर्न नसक्दा देशमा रहेका विभिन्न खनिज तथा अन्य प्राकृतिक स्रोतको उपयोग गर्न दिएर ऋण तिरिरहेको समेत जनाइन्छ ।

 

डोङ शान नामक  यो कम्पनी विगत २० वर्षदेखि नेपालमा एक आइकन वनेर बसेको छ । जसले उद्योगमन्त्री यादवसंगको साँठगाठमा नेपालको खनिजलाई सिध्याउने खेल खेल्दै नेपालपानाले जनाएको छ ।

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...