IME Life
NIMB

प्रधानमन्त्रीलाई प्रतिपक्षीको प्रश्न-अरिंगालजस्तो जाइलाग्नु भनेको कसलाई हो ?

NIMB
Himalayan Bank

 

सरकारको विरोध गर्नेहरु प्रति अरिंगालजस्तै खनिन प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका कार्यकर्तालाई निर्देशन दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको सोमवार बसेको बैठकको शून्य समयमा कांग्रेस सांसदहरूले प्रधानमन्त्रीको सो अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

 

उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति कोप्रति लक्षित हो भनी प्रश्न समेत गरेका छन् ।

राजेन्द्र केसीले प्रधानमन्त्री ओलीको भनाई अत्यन्त आपत्तिजनक रहेको बताए । ‘प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले नेपाली जनता त्रसित र आतंकित छन । निर्मला पन्त हत्याको सक्कली अपराधी को हो भन्ने आपराध हो रु मण्डलामा विरोध गर्न पाउनुपर्छ भन्ने अपराध हो रु’ केसीले भने, ‘विपक्षलाई हमला गर्ने कुराबारे सदनमा प्रधानमन्त्रीको जवाफ चाहिन्छ ।’

सांसद मीना पाण्डेले अरिंगालजस्तो जाइलाग्नु भनेको कसलाई हो ? प्रतिपक्षलाई कि अरुलाई ? भन्दै प्रश्न गरिन् ।

सांसद मीनाक्षी झाले आलोचनाबाट सरकार सुध्रिनु पर्नेमा प्रधामनन्त्रीले आलोचना गर्नेलाई अरिंगाल जस्तो भएर लाग्नु भन्नु खेदपूर्ण शब्द हो । ‘उहाँ देशको प्रधामनन्त्रीले संगठित अपराध जस्तो भयो, बोलीमा संयमित हुनुपर्छ,’ उनले भनिन् ।

यसैबिच  जनताको जीउ धनको सुरक्षा गर्न नसकेको तथा कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा समात्न नसकेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग गरेको छ । विषेश समयमा कांग्रेस सांसद उमा रेग्मीले निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसक्ने गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी हुन् ।

‘देशमा हत्या हिंसा र बलात्कारका घटना बढिरहेका छन्, निर्मला पन्तको हत्याका बास्तविक दोषी पत्ता लगाउन सरकार असक्षम भएको छ । गृहमन्त्रीले राजीनामा दिनुपर्ने अबस्था आएको छ’ रेग्मीले भनिन्, ‘या छिटो अपराधी पत्ता लगाउनु पर्छ, नभए गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ ।’

रेग्मीले निर्मला पन्तका आमावुवाको हालत गोरखाकी गंगामायाको जस्तो हुने भन्दै चिन्ता व्यक्ति गरिन् । ‘म जोडदार रुपमा माग गर्न चाहान्छु, नक्कली अभियुक्त होइन सक्कली अपरधी समातेर कारवाही गरियोस्’ उनले भनिन ‘मलाई शंका लाग्छ, गंगामायाको नियती त भोग्नसु पर्ने होइन ?’

३३ किलो सुन तस्करी प्रकरणका ठूला साना माछा कसैलाई नछाड्ने कुरा आएपनि कसैलाई कारवाही नगरिएको भन्दै उनले आपत्ति जनाइन् ।

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...