IME Life
NIMB

सहिद स्मारक लिग विजेतालाई ५० लाख

NIMB
Himalayan Bank

 

चार वर्षदेखि अवरुद्ध रहेको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल असोज १३ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबलको नयाँ माहोल सिर्जनाको दाबीसहित पहिलो पटक रेलिगेसन बिनाको लिग सञ्चालन गर्न लागेको हो।

लिगमा विभागीय टोली एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिससहित १४ वटा क्लबको सहभागिता रहनेछ।

लिगमा सहभागी क्लबलाई आर्थिक हिसाबले भार नपरोस् भनेर पुरस्कार राशिमा समेत समानुपातिक अवधारणा अपनाइएको आइतबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए। लिगलाई मर्यादित बनाउन र खेल मिलेमतो हुन नदिन प्रत्यके खेलको विजेतालाई ५० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको लिग सञ्चालन समितिका संयोजक विज्ञानराज शर्माले बताए। ‘रेलिगेसन बिनाको लिग हुँदा खेल मिलेमतोको कुरा हुन सक्छ। त्यसमा हामी सजग छौं। मिलेमतोलाई रोक्न एन्फाको छुट्टै ‘इन्टिग्रिटी’ विभागले निगरानी राख्नेछ। मैदानमा सीसी क्यामेरासमेत राखिनेछ,’ संयोजक शर्माले भने।

कुल पाँच करोड ८० लाख रुपैयाँ लगानीमा सञ्चालन हुने लिगको विजेता टोलीले ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ। यसैगरी उपविजेताले ३५ लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। चौथो, पाँचौं र छैटौं हुने टोलीले क्रमशः १५ लाख, सात लाख र पाँच लाख रुपैयाँ हात पार्नेछन्। लिगको अनुशासित टोलीलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

यसैगरी प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १० हजार तथा सर्वोत्कृष्ट विधाका स्ट्राइकर, रक्षक, गोलरक्षक, मिडफिल्डर र प्रशिक्षकलाई जनही एक थान मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ। लिगको विजेता टोलीले सन् २०१९ मा आयोजना हुने एएफसी एसिएन कप खेल्ने अवसरसमेत प्राप्त गर्नेछ। लिगको अन्तिम १३औं र १४औं स्थानमा रहने क्लबलाई आगामी वर्ष सञ्चालन हुने ‘ए’ डिभिजन लिगमा एक र दुई अंक घटाइने एन्फाले जनाएको छ।

नेपालमा ‘ए’ ‘बी’ र ‘सी’ डिभिजन लिग सञ्चालनका लागि फिफाको ‘फिफा परवार्ड डेभलपमेन्ट कार्यक्रम’ बाट एन्फालाई ६ करोड ८८ लाख रुपैयाँ प्राप्त भएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले बताए। एन्फाले लिग तयारीका लागि प्रत्येक क्लबलाई २० लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ। एन्फाले लिगमा सहभागी क्लबले अनलाइनमार्फत खेलाडी दर्ता खुला गरेको छ।

खेलाडी दर्ता समय अब एक साता रहने बताइएको छ। एउटा क्लबले चारजना विदेशी (सार्क देशको एक कोटासहित) राख्न पाउने व्यवस्था गरिएको छ। आगामी पुससम्म सञ्चालन हुने लिगमा दैनिक दुईदेखि तीन खेल हुनेछ। प्रतियोगितामा कूल ९१ खेल खेलिनेछ। लिग एन्फा मैदान सातदोबाटो र हल्चोकस्थित एपीएफ क्लबको मैदानमा खेलाइनेछ। यसअघि एन्फाले २०७१ सालमा राष्ट्रिय लिग आयोजना गरेको थियो। लिगको उपाधि थ्रीस्टार क्लबले जितेको थियो।

पैसा पाएमात्र बंगबन्धु खेल्ने

दुई वर्षअघि बंगलादेशको ढाकामा सम्पन्न बंगबन्धु गोल्ड कपको विजेता नेपालले उक्त प्रतियोगिताको पुरस्कार राशि पूर्ण रूपमा नपाएसम्म यस पटकको बंगबन्धु गोल्ड कप नखेल्ने एन्फाले जनाएको छ। साबिक विजेता नेपालले पुरस्कारबापत पाउनुपर्ने ५० हजार अमेरिकी डलरमध्ये आयोजकले दुई वर्षअघि २५ हजार डलरमात्र दिएको थियो।

बाँकी रकम आयोजकले अहिलेसम्म उपलब्ध नगराएको एन्फाले जनाएको छ। एन्फाका महासचिव इन्द्रमान तुलाधरले आफू हालै बंगबन्धु गोल्ड कपबारे आयोजकसँग छलफल गरेर फर्किएको र आयोजकले छिट्टै बाँकी रकम पठाउन लागेको जानकारी दिए। ‘मैले शनिबारमात्र आयोजकसँग छलफल गरेर आएको छु। बाँकी पैसा यही सेप्टेम्बर २८ तारिखसम्म पठाउने सहमति भएको छ। तर, आयोजकले नदिने कहिल्यै भनेको छैन। हामीले पाएको पनि छैनौं। यदि उनीहरूले तोकेको समयभित्र पैसा एन्फाको खातामा आएन भने नेपालले सहभागिताबाट हात झिक्नेछ,’ इन्द्रमानले भने।

आयोजकले नेपाललाई पुरस्कारको सबै पैसा दिइसकेको भन्ने हल्ला निराधार भएको पनि इन्द्रमानले बताए। अक्टोबर १ देखि १२ तारिखसम्म बंगलादेशमा सञ्चालन हुने बंगबन्धु गोल्ड कपमा आयोजकले यसअघि नै नेपाललाई समेत समावेश गरेर टोली र समूह विभाजन गरिसकेको छ। नेपाल उक्त गोल्ड कपको समूह ‘ए’ मा परेको छ। नेपालको समूहमा प्यालेस्टाइन र ताजकिस्तान रहेका छन्। समूह ‘बी’ मा बंगलादेश, फिलिपिन्स र लाओस छन्।

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...