CG Electronics
IME Life
NIMB

बहाना प्रेमको, चाहना यौनको

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

       

घटना १

 

मकवानपुरमा कक्षा १० मा पढ्दै गरेकी १७ वर्षे किशोरी । भर्खरै फेसबुक चलाउन सिकेकी थिईन् । एक पुरुषले फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठायो । उनले स्वीकार गरिन् । फेसबुकबाटै चिनजान भयो ।

 

पुरुषले घर हेटौंडा बजारमा भने, उनले पत्याईन् । किशोरीले न त ती पुरुषलाई देखेकी थिईन् न चिनेकी नै । फेसबुकबाटै ती पुरुषले ‘आफैंलाई भन्दा बढी तिमीलाई माया गर्छु’ भने ।

 

केटाको उमेर २७ वर्षको थियो । जात पनि केटी भन्दा कथित उपल्लो । यद्यपि किशोरीलाई फेसबुकबाटै विश्वास दिलायो, ‘अहिलेको जमानामा जातको कुरै नगर ।’ किशोरावस्थाकी स्कूले विद्यार्थी । आफूभन्दा ठूलो, धेरै पेढेको व्यक्तिले आश्वासन दिएपछि विस्तारै केटाप्रति आकर्षित हुन थालिन् ।

 

फेसबुकमा गफबाट नजिकिएका पुरुषले भेट्न बोलाए । भेट हुँदा किशोरीलाई उमेर पुगेपछि विवाह गरेर सबै सुख दिने भन्दै आश्वासन दिन थाले । उनले सबै कुरा पत्याइन् । राम्रो केटासँग विवाह गर्ने मिठो सपना पनि देखिन् । प्रत्यक्ष भेट भएको दुईसाता नबित्दै पुरुषले किशोरीलाई शारीरिक सम्बन्धको प्रस्ताव राखे । किशोरीले इन्कार गरिन् । उनले नमानेपछि जबरजस्ती बलात्कार गरेर पुरुष फरार भयो ।

 

            

आफू बलात्कारमा परेपछि मात्रै किशोरीले आफूले साँचो ठानेको प्रेम सम्बन्ध झुटो रहेको चाल पाइन् । त्यसपछि उनी महिनौंसम्म मानसिक उल्झनमा रहिन् । विद्यालय जान पनि सकिनन् । घटना प्रहरीको उजुरीमा गएन । पारिवारिक सल्लाहपछि मेलमिलापमा सुल्झियो । अहिले मानसिक तानबकैबीच किशोरी स्कुल जान थालेकी छन् ।

 

सरिता दाहाल

घटना २कक्षा १२ पढ्दै गरेकी १८ वर्षे किशोरी । नातामा भाउजूको भाई पर्ने सर्लाही घर भएका २१ वर्षीय युवक घरमा आइरहन्थे । घरमा आउजाउ भइरहने, ख्याल ठट्टा पनि हुने भएकोले परिवारले पनि नराम्रो दृष्टिले हेरेनन् ।

 

आवतजावतकै क्रममा केटाले किशोरीलाई प्रेम प्रस्ताव राखे । उनले पनि स्वीकार गरिन् । तर घरमा कोही नभएको बेलामा केटा उनको संवेदनशिल अंगहरू छुन आउँथे । यो कुरा भने किशोरीलाई पटक्कै मन पर्दैनथ्यो ।

 

युवकले चाहिँ ‘तिमी मेरै हो क्यारे, विहे अघि र पछि भन्ने कुरा त हो नि’ भन्दै पटक पटक यौनचाहना पुरा गर्न थाले ।

 

किशोरी विवाहको लागि योग्य भएपछि परिवार पनि विवाहको लागि राजी भयो । तर केटाले अर्कै केटीसँग विहे गर्यो ।

 

केटाले विहेपछि प्रेम र शारीरिक सम्बन्धको बारेमा परिवार र अन्त कुरा उठाएमा विगतमा खिचेको अश्लिल भीडियोहरू युटूबमा हालिदिन्छु भनेर पटक पटक धम्की दिन थाल्यो । केटी भने केही समय गहिरो मानसिक समस्याबाट गुज्रिइन् । एकद्वार संकट व्यवस्थापन केन्द्रमा समस्या राखिन् । त्यहाँबाट मनोपरामर्श पाएपछि अहिले आफूलाई सम्हाल्दै स्नातक अध्ययनरत छिन् ।

 

घटना ३

 

मकवानपुरको भीमफेदी गाउँपालिका । कक्षा ९ मा पढ्दै गरेकी किशोरी र कक्षा १० मा पढ्दै गरेका किशोर छिमेकी हुन् । एउटै स्कूल भएका कारण आउजाउ सँगसँगै हुन्थ्यो ।

 

उनीहरू घर र विद्यालयमा सँगसँगै जस्तो हुन्थे । गाउँमा अर्मपर्ममा पनि भेटिन्थे । साथीहरूले ‘जोडी’ भनेर जिस्क्याउन थाले । त्यसपछि उनीहरूबीच पनि विस्तारै माया टुसाउन थाल्यो । प्रेम सम्बन्ध सुरु भएपछि झनै सुमधुर हुँदै जाला भन्ने किशोरीले सोचेकी थिईन् ।

 

तर त्यस्तो भएन । एक दिन पर्म तिरेर फर्कदै गर्दा उनलाई साँझ किशोरले एकान्त खोल्सामा बलात्कार प्रयास गरे । धन्न, उनी उम्कन सफल भइन् । घटनापछि दुवै परिवार छलफलको लागि बस्यो । घटना बाहिर नल्याउने सहमति भयो ।

 

घटना ४

 

हेटौंडा उपमहानगरपालिकाकै १९ वर्षे किशोरी र २६ वर्षका युवकबीच केही समयदेखि प्रेम सम्बन्ध थियो । केटाले एक दिन फिल्म हेर्न जाने प्रस्ताव राखे । दुवैैजना फिल्म हेर्न गए ।

 

तर, हलमा बसिसकेपछि प्रेमीकोे ध्यान फिल्म हेर्ने भन्दा प्रेमिकाका संवदनशिल अंगहरू छुनतिर केन्द्रित भयो । प्रेमीकाले चित्त नबुझेर इन्कार गरिन् र प्रेम सम्बन्ध टुट्यो ।

 

अहिले प्रेमीका भन्छिन्, ‘धन्न बाँचे, समयमै ब्रेकअप भो राम्रै भो । उसलाई मेरो माया र साथ भन्दा शरीर चाहिएको रहेछ । प्रेम त बहाना रैछ उसको, चाहना चै अर्कै ।’

 

०००

माथिका चार घटना उदाहरण मात्रै हुन् । उजुरी गर्ने निकायमा तथ्याङ्क खोतल्दा विवाह र प्रेमको लाला देखाउँदै यौन चाहाना पुरा गर्ने अभिलासा पुरुषहरूमा हुने कारणले धेरै महिला तथा बालिका यौन हिंसामा परेको भेटिन्छ ।

 

यस्ता घटनाहरू सबै त बाहिर आउँदैनन् । परिवारको इज्जत र किशोरीको आगामी भविष्यसँग जोडिएर यस्ता सवालहरू सार्वजनिक गर्न रुचाउँदैनन् परिवारका सदस्यहरू नै । घटना ३ की किशोरीकी आमाले घटनाको बेली बिस्तार लगाइन् । तर पनि किशोरको समेत नाम सार्वजनिक नगर्न अनुरोध गरिन् ।

 

‘कानूनको डोरीमा झुण्डिएर समय बर्बाद पार्न तर्फ नलाग्ने’ उनले भनिन्, ‘आखिर एकै समाजमा बस्नु पर्छ । अर्मपर्म गर्नुपर्छ । उ पनि हाम्रै समाजको छोरा हो, अब सुध्रेला नि !’

 

अझ बालिकाहरूलाई विभिन्न लोभ देखाएर तथा धम्क्याएर यौनजन्य हिंसाको शिकार बनाएको तथ्याङ्क डरलाग्दो छ । र किशोरीहरूलाई प्रेमको नाटक गर्दै यौन शोषण गर्दै गरेका तथ्याङ्कहरू पनि बढिरहेका भेटिन्छन् ।

 

‘प्रेम सम्बन्धका कारण यौन हिंसामा परेका घटना बढि आउन थालेका छन्’ मकवानपुरको हेटौंडा अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)का सम्पर्क व्यक्ति बालकुमारी ढकालले भनिन् ‘प्रेम सम्बन्ध विकृतियुक्त हुन थालेकोले महिलाहरू सहज हुनु जरुरी छ ।’

 

१४ वर्षमाथिका किशोरी माथि बढी यौन हिंसा

 

ओसीएमसीमा आर्थिक वर्ष २०७४\०७५ मा दर्ता भएको तथ्याङ्कले पनि प्रेम सम्बन्ध यौन हिंसामा परिणत हुन थालेकोे प्रष्ट्याएको छ । तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४\०७५ मा दर्ता भएका कुल ९३ यौनजन्य हिंसाका घटना मध्ये ४५ घटना १४ वर्षभन्दा कम उमेरका बालिकामाथि भएको छ । यी मध्ये आधा बढी यौन हिंसा भने प्रेम सम्बन्धको कारण हुने गरेको ढकालले बताईन् ।

 

आर्थिक वर्ष २०७३\७४ मा दर्ता भएका ८० यौनजन्य हिंसाका घटनामा पनि १४ वर्ष मुनिका बालिकाका ४१ घटना भए । यस्तै आ.व २०७२\०७३ मा पनि कुल घटनाको ५० प्रतिशतभन्दा बढी यौन हिंसाका घटनामा १४ वर्षभन्दा कम उमेरका बालिकामाथि नै भएका उनले बताईन् ।

 

तथ्याङ्क अनुसार उक्त आर्थिक वर्षमा भएको कुल ६३ यौनजन्य हिंसाका घटनामा ३७ घटना १४ वर्षभन्दा कम उमेरका बालिका नै थिए । यसैगरी १५ देखि ४९ वर्ष उमेर समूहमा दर्ता भएका यौनजन्य हिंसाका घटनाहरूमा १५ देखि २२ वर्ष उमेरका किशोरीमाथि नाटकीय प्रेमको कारण यौन शोषण जस्ता घटना भएको ढकालले बताइन् ।

 

तथ्याङ्क अनुसार १५ देखि ४९ वर्ष उमेरका किशोरी\महिलामाथि आर्थिक वर्ष २०७२\०७३ मा २६, ०७३\०७४ मा ३७ र २०७४\०७५ मा ४७ वटा यौनजन्य हिंसा भएको छ ।

 

उनले थपिन्, ‘पछिल्लो समय सबैभन्दा बढी यौनजन्य हिंसाका पीडकहरू प्रेमी वा परिवारको टाढा वा नजिकको नातेदार रहने गरेका छन् ।’ यस्तै परिचित व्यक्ति र पूर्व प्रेमीबाट पनि महिलाहरू यौन हिंसामा पर्ने गरेका छन् ।

 

बलात्कारमा कानूनी व्यवस्था

 

मुलुकी फौजदारी संहिता ऐन २०७४ अनुसार १४ वर्षभन्दा कम उमेरकी बालिका\किशोरी बलात्कार गरेमा उमेर अनुसार फरक फरक सजाय हुने व्यवस्था छ । १० वर्षभन्दा कम उमेरकी बालिका बलात्कार गरेमा १६ वर्षदेखि २० वर्ष कैद हुने छ भने १० वर्षभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिका बलात्कार गरेमा १४ वर्षदेखि १६ वर्ष कैदको व्यवस्था छ ।

 

यसैगरी १४ वर्षभन्दा माथि १६ वर्षभन्दा कम उमेरकी बालिका बलात्कार गरेमा १२ वर्षदेखि १४ वर्ष कैद र १६ वर्षभन्दा माथि १८ वर्षभन्दा कम उमेरकी बालिका बलात्कार गरेमा १० वर्षदेखि १२ वर्ष कैद हुन्छ ।

 

१८ वर्षभन्दा माथि जतिसुकै उमेरको व्यक्तिलाई बलात्कार गरेमा ७ वर्षदेखि १० वर्ष कैद हुनेछ । साथै सबै उमेरसमूहका पीडितलाई अदालतले मनासिव क्षतिपूर्ति भराउन सक्ने व्यवस्था मुलुकी फौजदारी संहिता ऐन २०७४ ले गरेको अधिवक्ता मुकुन्द अधिकारीले बताए ।

 

यौन दुव्र्यवहार तथा बालयौन दुराचार गरेको अवस्थामा पीडकलाई ३ वर्ष कैद र ३० हजार जरिबाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

 

‘प्रेममा यौन स्वभाविक हो भन्ने हिसाबले पुरुषले भनेको मान्ने हो भने महिला समस्यामा पर्न सक्छन्, उनीहरूले आफ्नो अवस्था बुझि सचेत हुन जरुरी छ ।’

 

कानूनमा जतिसुकै राम्रै व्यवस्था भए पनि पीडितले नचाहेसम्म, उजुरी नगरेसम्म पीडकलाई उन्मुक्ति नै मिलिरहने भएकोले कानूनी उपचारबारे सचेतना अत्यावश्यक भएको माइती नेपाल मकवानपुरका प्रमुख माया लामाले बताइन् ।

 

मुख्य कुरा कानून झन्झट होला भनेर पछि हट्ने प्रवृत्ति, राजनीतिक आडको डर\प्रलोभनमा पर्ने, पैसासँग घटनाको मोलमोलाई गर्ने चुनौती अझै रहेको उनले बताइन् । घटनाको उजुरी अदालत पुगिहाले पनि बीचैमा मुद्दा फिर्ता लिने गर्नाले अधिकारकर्मीहरूलाई पनि काम गर्न गाह्रो भएको लामाको अनुभव छ ।

 

मनोविद् करुणा कुँवर प्रेममा यौन सम्बन्ध स्वभाविक भन्ने ठान्नाले पनि महिलाहरू थप हिंसामा पर्ने गरेको बताउँछिन् ।

 

उनी प्रेम र शारीरिक सम्बन्ध राख्नुअघि महिलाहरू सचेत हुन सुझाउँछिन् । ‘कतिपय पुरुषले प्रेमको बहानामा यौन इच्छा पूरा गर्ने र महिलालाई थप हिंसा गर्ने अवस्था पनि छ’ मनोविद् कुँवर भन्छिन्, ‘प्रेममा यौन स्वभाविक हो भन्ने हिसाबले पुरुषले भनेको मान्ने हो भने महिला समस्यामा पर्न सक्छन्, उनीहरूले आफ्नो अवस्था बुझि सचेत हुन जरुरी छ ।’

 

त्यसो भए प्रेम र विवाहको नाममा यौन तृष्णा मेट्ने र त्यसपछि आफ्नो बाटो लाग्ने व्यक्तिबाट सचेत हुने कि !  महिलाखबरबाट

(पत्रकार सरिता दाहाल मकवानपुरबाट पत्रकारिता गर्नुहुन्छ ।)

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका पिकअप गाडीमा थपिएका सिटबारे निर्देशनात्मक आदेश जारी

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:४०

  काठमाडौँ । उच्च अदालत पाटनले प्रहरी तथा सशस्त्र प्रहरी...

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भइरहेको छ : सांसद एवं रास्वपा कोषाध्यक्ष अधिकारी

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:१३

काठमाडौँ । नेपाल महिला चेम्बरको आयोजनामा ‘उद्यमशीलता: चुनौती, सुधार र...

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान गर्न सरकारसँग चेम्बरको आग्रह

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:०६

निर्माण क्षेत्रमा बढ्दो लागत, ढिलो भुक्तानी तथा प्रशासनिक जटिलताका कारण...

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को...

वि.सं.२०८३ जेठ १४ बिहीवार ०९:४८

  काठमाडौं । सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम...

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:२४

  काठमाडौं । पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान संविधानले...

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ ९००१ र १४००१ को मान्यता

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ...

वि.सं.२०८३ जेठ १३ बुधवार २१:३१

  एनसेलले प्रतिष्ठित आईएसओ ९००१ र १४००१ मान्यता प्राप्त गरेको...