CG Electronics
IME Life
NIMB

नयाँ प्रविधिबाट नेपाल र भारतको सीमा निर्धारण गर्न यस्तो भयो सहमति

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

नयाँ प्रविधिबाट नेपाल र भारतको सीमा निर्धारण गर्ने सहमति

 

काठमाडौं । नेपाल भारतको सीमा निर्धारणको काम नयाँ आधुनिक प्राविधिको प्रयोग गरेर गर्ने सहमति भएको छ। नेपाल भारतको सीमा निर्धारणको लागि गठित बाउन्ड्री वर्किङ ग्रुप९बीडब्ल्यूजी०को तीन दिनसम्म काठमाडौंमा चलेको बैठकमा उक्त सहमति भएको हो।

सेटलाइट, ड्रोन र क्रोसलगायतका आधुनिक प्राविधिकको प्रयोग गरेर सर्भे गर्ने विषयमा दुवै देशको टोली सहमत भएको हो। नापी विभागका उप–महानिर्देशक सुरेशमान श्रेष्ठले सर्भेका लागि अप्नाइने नयाँ प्रविधिको सुरुवात परीक्षण गर्ने र सफल भएमा प्रयोग गर्ने सहमति भएको बताए। उनले प्रविधिको प्रयोग सर्भेको काम छिटो, छरितो र सस्तो हुने बताए।

सीमा यता उता परेको सम्बन्धमा स्थानीय जनतालाई रुष्ट पारेर तत्काल अघि नबढने विषयमा पनि दुवै पक्ष सहमत भएका छन्। २०४५ सालको मन्त्रिपरिषद्ले गरेको निर्णय र २०२२ सालदेखि २०३५ सालसम्म भएका नापीका कारण धेरै जमिन नेपालको भारतमा भारतको नेपालमा पर्ने भएको छ।

सुगौली सन्धीको नजिकको नक्साका आधारमा सीमा निर्धारण गर्ने निर्णय २०४५ सालमा भएको थियो। उक्त निर्णय कार्यान्वन गर्दा २०२२ सालदेखि २०३५ सालसम्म भएको नापीमा लालपूर्जा पाएको धेरैको जग्गा यताको उता पर्ने भएको छ।

‘यस्तो यताको उता पर्ने जग्गामा अहिले हतार नगर्ने सहमित भएको छ, उनले भने,‘जनतालाई मनाउने, त्यो भएन भने नीति नै बनाएर अघि बढ्ने सहमति भएको छ।’ १२ हजार हेक्टर बढी जग्गा यता उता परेको अनुमान गरिएको छ।

नेपालको भारत र भारतको जमिन नेपालमा परेको सन्दर्भमा हतारमा स्तम्भ निर्माण गर्ने सहमति भएको छ। विवादित र अतिक्रमित तथा खेतीको रुपमा प्रयोग भएको जमिन सरकारस्तरको निर्णयको आधारमा मात्रै अघि बढने सहमति भएको छ।

तीन दिनसम्म चलेको बैठकमा विगत वर्षमा भएको सीमा निर्धारणको कामको समीक्षा गरिएको छ। यसैबीच परराष्ट्र मन्त्रालय पनि बीडब्ल्यूजीको बैठकमा भएको सहमति प्रेस विज्ञप्ति जारी गरी सार्वजनिक गरेको छ।

चार वर्षको अवधिमा सीमा निर्धारण गर्दा देखिएका समस्या र त्यसको निराकरण तथा आगामी कार्यदिशा बनाउने काम समेत बंैठकले गरेको छ।

बीडब्ल्यूजीले चार वर्षदेखि नेपाल भारतको सीमा निर्धारणको काम भइरहेको छ। उसको समय अवधि आठ वर्षको रहेको छ। सीमा निर्धारणको कामलाई निरन्तरता दिनको लागि नयाँ तालिका बनाएर अघि बढने समिति बैठकमा भएको छ। चालू वर्षको सीमा निर्धारणको मंसिरबाट सुरु हुने भएको छ।

स्थलरुप नापी तथा भू–उपयोग महाशाखाका प्रमुख समेत रहेको श्रेष्ठले बैठक अत्यन्त सौहार्दपूर्ण ढंगबाट सम्पन्न भएको बताए।

बैठकमा नेपालतर्फको नेतृत्व नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले गरेका थिए भने भारततर्फको नेतृत्व सर्भे अफ इन्डिया अन्र्तगत सर्वेयर जनरल अफिलका लेप्टिनेन्ट जनरल गरिस कुमारले गरेका छन्।

बैठकमा परराष्ट्र मन्त्रालय, रक्षामन्त्रालय, गृह मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, कानुन तथा संसदीय मामिला मन्त्रालय तथा सशस्त्र प्रहरीको उपस्थिति रहेको थियो।

सन् २०१४मा नेपालको भारतको सीमा स्तम्भ निर्माण, मर्मत, संम्भार लगायतको सीमा निर्धारण गर्दै आएको छ।

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका...

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल पावरहाउस’ बनाउने ५ बुँदे प्रतिबद्धता सार्वजनिक

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:४०

  काठमाडौँ।नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रको सर्वोच्च छाता...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...