CG Electronics
Ncell NPL
NIMB

हत्या अघि मोडल बनाइदिन्छु भन्दै निर्मलाको फोटो सुट गरेका थिए एसपि विष्टका छोराले

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

१३ वर्षिय वालिका निर्मला पन्तको हत्या भएको दिन कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टका छोरा किरणले महेन्द्रनगरकै ओपेरा होटेलमा निर्मलाको फोटोसुट गरेको तथ्य खुल्न आएको  छ ।

आफ्नोे जन्म दिनको अवसर पारेर होटल ओपेरामा निर्मलालाई पनि बोलाएको र निर्मलालाई मोडल बनाइदिने झुटो लोभ देखाएर उनको फोटो सुट गरेको खुल्न आएको हो ।

 

कतिपय स्थानीयले घटनामा उनको संलग्नता समेत गरेको  आशंकामा नयाँ तथ्यले वल पु¥याएको छ । एस्सपी विस्टको शंकास्पद अनुसनधान र  स्थानियको आशंकालाई पछिल्लो तथ्यले बल पु¥याएको हो ।

 

होटेलको सिसिटिभीको फुटेज यस अघि नै डिलिट भइसकेको छ । १५ दिनअघिको फुटेज अटोमेटिक रूपमा डिलिट हुने गरेको थियो ।

 

तर सो फुटेज रिकभर गर्नका लागि होटेलको हार्डडिस्क प्रहरी मुख्यालय पठाइएको कञ्चनपुरका एसपी कुवेर कडायतको भनाइ छ । त्यस्तै महेन्द्रनगरकै सडकमा रहेको अर्को सिसिटिभीको हार्डडिस्क पनि ‘रिकभर’ गर्न लगाइएको छ ।

 

होटल ओपेरादेखि निर्मलाको हत्या भएको स्थानसम्म सडकमा राखिएको सिसिटीभी फुटेजलाई पनि प्रहरीले अनुसन्धानको आधार बनाउँदैछ  ।

निर्मलाको अनुसन्धानमा खटिएका प्रहरीको पोलिग्राफ टेस्ट

 

बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको पोलिग्राफ (झुट बोलेको पत्ता लगाउने प्रविधि) परिक्षण गरिएको छ ।

 

डिआइजी धिरु बस्नेत नेतृत्वको छानबिन समितिले घटनाको अनुन्धान गर्ने प्रहरी अधिकारीको पोलिग्राफ परीक्षण गरेको हो ।समितिले निर्मला हत्याको घटनास्थलमा खटिएर अनुसन्धान गर्ने  तथा निर्मलाले लगाएको कपडा पखाल्ने प्रहरी कर्मचारीको पोलिग्राफ परीक्षण गरिएको हो ।

 

स्रोतका अनुशार फिल्डमा खटिएका प्रहरीको परीक्षण सकिएको लगत्तै तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टलगायतको पनि पोलिग्राफ परीक्षण हुँदैछ ।

 

घटनाको अनुसन्धानमा खटिएका प्रहरीबारे अन्य अनुसन्धान समेत जारी रहेको प्रहरीले बताएको छ । सुरूमा यो घटनाको अनुसन्धान गर्न एसएसपी उत्तम सुवेदीको नेतृत्वमा ५ सदस्यीय समिति बनेको थियो।

 

प्रहरीले मुख्य अभियु भनी दाबी गरेका दिलिपसिंह बिष्टको डिएनए रिपोर्टपछि प्रहरी प्रधान कार्यालयले समितिको आकार ठूलो बनाएर एआइजीको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरेको थियो।

 

सरकारले अनुसन्धान विवादस्पद बन्दै गएपछि भदौ ७ मा छानबिन गर्न कारागार व्यवस्थापन विभागका महानिर्देशक सहसचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको थियो।

 

गृहमन्त्रालयले घटनाको अनुसन्धानमा शंकास्पद देखिएका भन्दै  साउन १४ गते गएको सिआइबीको टोलीका तीनसहित पाँच प्रहरी अधिकारीलाई निलम्बन गरि अनुसन्धान बढाइरहेको छ ।

 

गृहले निर्मला बलात्कार (हत्याको अनुसन्धान जिम्मेवारपूर्वक गर्न नसकेका डिएसपी ज्ञानबहादुर सेटी, अंगुर जिसी, इन्स्पेक्टर, जगदीश भट्ट, एकेन्द्र खड्का र सई रामसिंह धामीलाई निलम्बन गरेको थियो ।

 

यसअघिनै कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट निलम्बनमा परिसकेका थिए । घटनाका बारेमा अनुसन्धान गर्न उनी लगाएत ३ जनाको डिएनए संकलन गरी परीक्षणका लागि पठाइएको छ ।

 

के हो पोलिग्राफ टेस्ट ?

 

पोलिग्राफ एक मेसिन हो । कुनै व्यक्तिको पोलिग्राफ टेस्ट गर्न उसलाई सेन्सरद्वारा यो मेसिनसँग जोडिइन्छ र सेन्सर कम्प्युटरसँग कनेक्ट गरिएको हुन्छ ।

 

त्यसपछि व्यक्तिको रक्तचाप, मुटुको धड्कन्, श्वास एवम् हृदयको गति र शरीरमा हुने गतिलाई एक ग्राफ पेपरमा रेकर्ड गरिन्छ । यो प्रक्रियालाई नै पोलिग्राफ भनिन्छ । परिक्षण गरिने मानिससँग ६ वटा सेन्सर जोडिएको हुन्छ ।

 

परिक्षणमा व्यक्तिको मुटुको धड्कन, रक्तचाप, श्वासप्रश्वास, पसिनाको थैलीमा पर्ने चाप र शरीरमा हुने उतारचढाव आदि रेकर्ड गरिन्छ ।

 

कति विश्वशनीय छ पोलिग्राफ टेस्ट ?
पोलिग्राफको जाँच दक्ष तालिमप्राप्त परिक्षकद्धारा गराइएमा सत्य र झुटो सजिलै पत्ता लाग्छ । परीक्षक तालिमप्राप्त नभएमा यसको नतिजामा फरक पर्न सक्छ ।

 

डीएनए भनेको के हो रु यसले कसरी काम गर्छ ?
DNA (डीएनए) को पुरा रुप Deoxyribonucleic Acid (डीअक्सीराइबोन्यूक्लिक एसिड) भनेको सबै जीवहरु र बनास्पतिहरु तथा धेरै भाइरसहरुको वंशाणुगत गुण बोक्ने बिशिष्ट प्रकारको न्युक्लिक एसिड अणु हो जसमा वृद्धि, विकास, मर्मत, सुधार, प्रजननलगायतका थुप्रै सांकेतिक बंशानुगत बिवरणहरु संग्रहित हुन्छन ।

 

शरीरको संरचना बनाउन यसले महत्त्वपूर्ण  भूमिका खेल्नुका साथै हाम्रो शरीरका अंग-प्रत्यंग आँखा, छाला, कपाल आदिको रंग, आकार, तौलको निर्धारण पनि यसैले गर्छ।

 

बाबु, आमाबाट छोराछोरीमा पनि डीएनएकै माध्यमबाट गुणहरू  सर्छन् । डीएनए कोषको न्युक्लियसमा रहेको हुन्छ, तर सानो मात्रामा यो माईट्रोकोन्डृयामा पनि पाउन सकिन्छ । डिएनए नाइट्रोजन बेस, फस्फेट र सुगर मिलेर बनेको हुन्छ ।

 

यसमा adenine, guanine, cytosine and thymine अणुहरू डोरीको केही बेरिएको भर्‍याङजस्तै संरचनामा बसेका हुन्छन् । एकातिरको adenine र अर्कातिरको thymine जोडिएको हुन्छ भने एकातिरको guanine र अर्कातिरको cytosine जोडिएको हुन्छ।

 

रासायनिक डीएनए पहिला सन् १८६९ मै पत्ता लागेतापनि सन् १९४३ सम्म यसको वंशाणुगत गुणमा हुने भूमिकाको बारेमा पुरा जानकारी प्रदर्शन गरिएको थिएन । सन् १९५३ मा जेम्स वाटसन र फ्रान्सिस क्रिक्क नामका वैज्ञानिकहरुले डीएनएको संरचना घुमाउरो भर्र्याङको आकारको डबल-हेलिक्स हुन्छ भनेर निर्धारिण गरे ।

 

लामो अनुसन्धानपछि अहिले यसको व्यावहारिक उपयोगिता डीएनए परिक्षण (DNA Test) निकै प्रचलित पनि हुँदै गएको छ। हालैका दशकमा डीएनए जाँच गर्ने प्रविधिमा उल्लेखनीय प्रगति भएको छ र यस किसिमको परीक्षण थुप्रै किसिमका समस्या सुल्झाउन प्रयोग गर्न सकिन्छ।

 

यसले कसरी काम गर्छ ?
मानव शरीरमा असंख्य कोष हुन्छन् । प्रत्येक मानिसमा ४६ वटा क्रोमोजोम हुन्छन् । यौनसम्पर्कपछि २३ वटा पुरुष र २३ वटा महिलाको क्रोमोजोम एकै ठाउँमा मिसिन्छ । ती क्रोमोजोमहरु कोषभित्र न्युक्लियसमा हुन्छन् । क्रोमोजोम्स प्रोटिन र डीएनएको एउटा अणुवाट बनेको हुन्छ ।

 

एउटा मानिसमा भएका ४६ वटा क्रोमोजोमहरु २३ जोडामा गाँसिएर बसेका हुन्छन् । महिलामा एक्स-एक्स र पुरुषमा एक्स-वाईका रूपमा जोडाहरू बसेका हुन्छन् । कसैबाट जन्मिएको शिशुमा यो प्याटर्न आमा, बुबासँग ठ्याक्क मिले उनीहरूबाटै जन्मिएको हो भन्ने प्रमाणित हुन्छ ।

CG Electronics
गैरआवासीय नेपाली ऐन संशोधन मस्यौदामाथि दुईदिने संयुक्त कार्यशाला सम्पन्न

गैरआवासीय नेपाली ऐन संशोधन मस्यौदामाथि दुईदिने संयुक्त...

वि.सं.२०८२ फागुन ३ आइतवार १२:५४

  गैरआवासीय नेपाली (NRN) सम्बन्धी ऐनको संशोधन तथा एकीकरणका लागि...

पश्चिम नवलपरासीमा कांग्रेस प्रवेश तीव्र: विनोद चौधरीद्वारा स्वागत

पश्चिम नवलपरासीमा कांग्रेस प्रवेश तीव्र: विनोद चौधरीद्वारा...

वि.सं.२०८२ फागुन १ शुक्रवार २१:०२

  नवलपरासी पश्चिममा फागुन २१ को आम निर्वाचन नजिकिँदै जाँदा...

बर्दघाटमा ट्रमा सेन्टर निर्माण तीव्र, विनोद चौधरीद्वारा स्थलगत अनुगमन

बर्दघाटमा ट्रमा सेन्टर निर्माण तीव्र, विनोद चौधरीद्वारा...

वि.सं.२०८२ फागुन १ शुक्रवार २०:५९

  नवलपरासी (पश्चिम) क्षेत्र नं. १ का निवर्तमान सांसद एवं...

विनोद चौधरीले सार्वजनिक गरे तीन वर्षे प्रतिबद्धताको ‘रिपोर्ट कार्ड’सार्वजनिक

विनोद चौधरीले सार्वजनिक गरे तीन वर्षे प्रतिबद्धताको...

वि.सं.२०८२ माघ २८ बुधवार २१:४९

पश्चिम नवलपरासी (वसुप) क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य...

कुनै सतह र पृष्ठभूमि नभएका दलहरुबाट भ्रामक प्रचार हुने गरेको छ :बिनोद चौधरी

कुनै सतह र पृष्ठभूमि नभएका दलहरुबाट भ्रामक...

वि.सं.२०८२ माघ २८ बुधवार २१:४५

  नवलपरासी,पश्चिम्। नेपाली काङ्ग्रेस नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का...

संयुक्त सामान ढुवानी व्यवसायी संघकोे आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित

संयुक्त सामान ढुवानी व्यवसायी संघकोे आठौँ साधारणसभा...

वि.सं.२०८२ माघ २८ बुधवार २१:१८

  काठमाडौँ । संयुक्त सामान ढुवानी व्यवसायी संघको आठौँ साधारणसभा...