CG Electronics
IME Life
NIMB

एसएसपी बढुवा तयारी : रिक्त पद १५, प्रतिस्पर्धी दर्जनौं

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं,  तीन एआईजीको बढुवा तथा पदस्थापन भएसँगै नेपाल प्रहरीमा ११ डीआईजी र १५ एसएसपी पदका लागि बढुवा तयारी थालिएको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरु पुष्कर कार्की, ठूले राई र धीरु बस्न्यातलाई एआईजीमा बढुवा गर्दै पदस्थापन गरेको छ ।

कार्कीलाई कार्य तथा अपराध अनुसन्धान विभाग, राईलाई प्रशासन तथा मानवस्रोत विभाग र बस्न्यातलाई राष्ट्रिय प्रहरी प्रतिष्ठानमा पदस्थापन गरिएको छ ।

एआईजीमा पदपूर्तिसँगै प्रहरीमा रिक्त ११ डीआईजीका लागि २९ जना एसएसपीको प्रतिस्पर्धा देखिन्छ ।

एसएसपीहरु पूर्णचन्द्र जोशी, विकास श्रेष्ठ, विनोद शर्मा घिमिरे, ठाकुरप्रसाद ज्ञवाली, तारिणीप्रसाद लम्साल, हरिभक्त प्रजापति, सूर्यप्रसाद उपाध्याय, शैलेश थापा क्षत्री, प्रद्युम्नकुमार कार्की, निरजबहादुर शाही, हरिबहादुर पाल, गणेशबहादुर ऐर, बसन्तकुमार पन्त, प्रकाशजंग कार्की, घनश्याम अर्याल, ईश्वरबाबु कार्की, वीरेन्द्र श्रेष्ठ, पुरुषोत्तम कँडेल, डा. देवबहादुर बोहरा, दिलीपकुमार चौधरी र राजेशकुमार लाल कर्ण, धीरजप्रताप सिंह, उत्तमराज सुवेदी, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, विश्वराज पोखरेल, सौरभ राणा, रामकृपाल साह र उमेश रञ्जितकार डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् ।

 

डीआईजी बढुवापछि रिक्त हुने १५ एसएसपी पदका लागि करिब ५० भन्दा बढी एसपीहरु लबिङमा लागेका छन् । एसपीहरु गणेश रेग्मी, सन्दीप भण्डारी, वसन्तबहादुर कुँवर, रामदत्त जोशी, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, बुद्धिराज गुरुङ, मीरा चौधरी थारू, राजेशनाथ बास्तोला, विष्णुकुमार केसी, दीपक थापा, पोषराज पोखरेल, भरतबहादुर बोहरा, टेकप्रसाद राई, रवीन्द्र केसी, नवराज भट्ट, उमेशराज जोशी, भीमप्रसाद ढकाल, दुर्गा सिंह, अशोक सिंह, हृदय थापा, उमाशंकर पञ्जियार, नरेन्द्र प्रसाद उप्रेती, कुबेर कडायत, केदार ढकाल, राजेन्द्र विष्ट, सुदीप गिरी, टेकबहादुर तामाङ, जनक भट्टराई, कृष्णकुमार महत, लालमणि आचार्य, गोविन्दकुमार शाह, किरण राणा, अर्जुनचन्द ठकुरी, जनकराज पाण्डे, मुकेशकुमार सिंह, चक्रबहादुर सिंह, सुदीप राजभण्डारी, कृष्णहरि शर्मा पोखरेल, सुरेन्द्र मैनाली, राजेन्द्र कुमार थापा क्षेत्री, यज्ञविनोद पोखरेल लगायतबीच प्रतिस्पर्धा देखिन्छ ।

तत्कालीन आईजीपी उपेन्द्रकान्त अर्यालले डीएसपीबाट एसपी बढुवामा व्यावसायिक अधिकृतलाई पाखा लगाई आफू निकटका लागि बढुवा गरेकाले यो पटकको बढुवामा ठूलो फेरबदल हुने प्रहरी मुख्यालय स्रोतले जानकारी दिएको छ ।

त्यसो त एसपीको बढुवाको पहिलो नम्बरमा वीरेन्द्रकुमार बस्याल छन्, तर टीकापुर काण्डमा कारबाहीस्वरुप चार वर्ष बढुवा रोक्का भएकाले उनको यसपटक पनि बढुवा हुने सम्भावना छैन । उनका सबै ब्याचमेटहरु अहिले एसएसपी छन्, उनी यसअघि पनि सोहीकारण बढुवा हुनबाट छुटेका थिए ।

तत्कालीन आईजीपी अर्यालले अन्यायपूर्ण तरिकाले बढुवा हुन छुटाएका दीपक थापा एसएसपी बढुवाको बलियो दाबेदारको रुपमा देखिएका छन् भने अर्का एसपी अशोक सिंहलाई पनि अन्यायपूर्ण तरिकाले बढुवामा छुटाएका थिए, उनी पनि एसएसपी बढुवाको प्रबल दाबेदार हुन् ।

चितवन र नुवाकोटमा गरेको कार्यसम्पादनको आधारमा एसपी बसन्त कुँवर बढुवाको अग्रस्थानमा देखिन्छन् । चितवनको गुण्डागर्दी न्यूनीकरण तथा सुशासन कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको कुँवरले कदरस्वरुप २०७३ मा प्रहरी ब्याटन पाएका थिए ।

उनले नेतृत्व गरेको जिल्ला प्रहरी कार्यालय चितवन त्यसबेला तराईको जिल्लामध्ये सर्वोत्कृष्ट कार्यालय ठहरिएको थियो । हाल नुवाकोट प्रहरी प्रमुख रहेका उनले नुवाकोटमा अवैध तरिकाले सञ्चालित क्रसर बन्द गर्दै प्राकृतिक स्रोतसाधनको दोहन रोकेर स्थानीयको मन जित्न सफल भएका छन् ।

त्यस्तै, बढुवाको प्रतिस्पर्धामा रहेको एसपीहरु गणेश रेग्मी, सन्दीप भण्डारी, रामदत्त जोशी, विष्णुकुमार केसी, राजेशनाथ बास्तोला, बुद्धिराज गुरुङ, दीपक थापा, अशोक सिंह, हृदय थापा, टेकबहादुर तामाङ व्यावसायिक प्रहरी अधिकारी हुन् ।

कञ्चनपुर काण्डमा निलम्बनमा रहेका एसपी डिल्लीराज विष्ट पनि एसएसपी बढुवाको लाइनमा देखिन्छन् । तर, उनी यसपटक एसएसपी बन्ने सम्भावना छैन । त्यस्तै, अर्का एसपी राजुबाबु श्रेष्ठ आगामी कात्तिक १४ गते ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाशमा जाने भएकोले उनको बढुवा हुने सम्भावना छैन ।

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका पिकअप गाडीमा थपिएका सिटबारे निर्देशनात्मक आदेश जारी

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:४०

  काठमाडौँ । उच्च अदालत पाटनले प्रहरी तथा सशस्त्र प्रहरी...

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भइरहेको छ : सांसद एवं रास्वपा कोषाध्यक्ष अधिकारी

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:१३

काठमाडौँ । नेपाल महिला चेम्बरको आयोजनामा ‘उद्यमशीलता: चुनौती, सुधार र...

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान गर्न सरकारसँग चेम्बरको आग्रह

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:०६

निर्माण क्षेत्रमा बढ्दो लागत, ढिलो भुक्तानी तथा प्रशासनिक जटिलताका कारण...

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को...

वि.सं.२०८३ जेठ १४ बिहीवार ०९:४८

  काठमाडौं । सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम...

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:२४

  काठमाडौं । पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान संविधानले...

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ ९००१ र १४००१ को मान्यता

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ...

वि.सं.२०८३ जेठ १३ बुधवार २१:३१

  एनसेलले प्रतिष्ठित आईएसओ ९००१ र १४००१ मान्यता प्राप्त गरेको...