NATIONAL LIFE INSURANCE COMPANY LIMITED
Nabil Bank
Everest Bank Limited

यी हुन् संसारका पाँच खतरनाक महिला जासुस

मिडिया स्पेस सोलुसन्स प्रालि

हेलेन विटाकर /बीबीसी

जासुसी ड्रामा धेरैका लागि निकै रोमाञ्चक हुनसक्छ । अझ त्यसमाथि जासुसी कहानीमा कुनै महिला हत्यारा हुने हो भने त्यो थप रोचक बन्ने गर्छ । यसको सबैभन्दा ठूलो कारण हो महिलालाई यस्तो प्रकारको भूमिकामा कमै देखिन्छ र जुन सामान्य हुँदैन त्यसले सँधै आकर्षित गर्छ ।

यी त भए काल्पनिक कहानीका कुरा तर यहाँ यस्ता महिलाको कहानी बताइएको छ जो वास्तविक जीवनमा एक खतरनाक जासुस थिए र उनीहरुको जीवनशैली अचम्मित गरिदिने कहानीले भरिएको छ ।

१. डबल एजेन्ट ‘माता हारी’

मार्गेथा गिरत्रुइदा म्याकलियोडलाई ‘माता हारी’ को नामले चिनिन्छ । उनी एक कामुम नृत्यांगना थिइन् जसलाई पहिलो विश्वयुद्धमा जासुसी गरेको आरोपमा गोली हानी हत्या गरिएको थियो । माता हारीको जीवनमा सन् १९३१ मा हलिउड फिल्म बन्यो जसमा ग्रेटा गर्बो मुख्य भूमिकामा थिइन् ।

मार्गेथाको जन्म होल्याण्डमा भएको थियो र विवाह एक फौजी क्याप्टेनसँग । एउटा नराम्रो सम्बन्धमा फसेकी मार्गेथाले आफ्नो नवजात शिशुलाई पनि गुमाइन् ।

सन् १९०५ मा मार्गेथाले आफूलाई ‘माता हारी’ को पहिचान दिइन् र इटालीको मिलानस्थित ला स्काला र पेरिसको ओपेरामा एक कामुक नृत्यांगनाको रुपमा उदाइन् ।

त्यतिबेला मार्गेथा हराइसकेकी थिइन् र उनी माता हारीको नामले मानिसहरुबीच चर्चित थिइन् । आफ्नो पेशाका कारण उनका लागि यात्रा गर्नु सजिलो थियो ।

यसकारण जर्मनीले प्रथम विश्वयुद्धको क्रममा माता हारीलाई पैसाको बदलामा जानकारी साझा गर्ने प्रस्ताव गर्यो । यसरी नै उनी जर्मनीकी जासुस बनिन् ।

माता हारी आफैंले त कसैको पनि हत्या गरिनन् तर उनको जासुसीका कारण लगभग ५० हजार फ्रान्सेली सैनिकको हत्या भएको थियो ।

त्यसपछि फ्रान्सलाई उनीमाथि शंका लाग्न थाल्यो । सन् १९१७ फेब्रुअरीमा उनलाई पेरिसबाट पक्राउ गरियो र अक्टोबरमा उनको गोली हानी हत्या गरियो ।

उनको हत्या भएको सय वर्ष पछि उनको अपराधमा पुनः बहस सुरु भयो । माता हारीलाई आज पनि ‘फेमिनिन सिडक्शन’ र देशलाई धोका दिने प्रतिकको रुपमा लिइन्छ ।

२. शार्लेट कार्डीः

शार्लेटको पूरा नाम मेरी एन शार्लेट डी कार्डी थियो र उनी फ्रान्सको क्रान्तिको हिस्सा बनिन् । शार्लेट एक गिरोडिन थिइन् ।

फ्रान्सको क्रान्तिमा गिरोडिन ती हुन् जो राजशाहीलाई जरैबाट उखेल्न चाहन्थे तर उनीहरु हिंसाका विरोधी थिइन् । तर क्रान्तिका लागि हिंसालाई नस्विकार्ने शार्लेटले आफ्ना विपक्षी ज्याकोबिन समूहका नेता जिन पल मेराटको हत्या गरिन् ।

जुलाई सन् १७९३ मा शार्लेटले बाथटबमा नुहाइरहेका मेराटलाई चक्कुले हमला गरिन् । जब उनलाई यसका लागि पक्राउ गरियो तब शार्लेटले यसलाई देशको हितमा गरिएको हत्या बताइन् । एकजनाको हत्या गरेर आफूले हज्जारौंको ज्यान बचाएको उनले दाबी गरिन् । तर त्यसको चार दिन पछि नै उनलाई मृत्युदण्ड दिइयो ।

३. शी जिआनकिआओः

जासुस आफ्ना उपनाम राख्न रुचाउँछन् र यसै तथ्यलाई यथार्थमा परिवर्तन गर्दै शी गुलानले जासुसीको दुनियाँमा आफ्नो नाम शी जिआनकिआओ राखिन् ।

जिआनकिआओ आफ्नो बुवाको मृत्युको बदला लिन जासुस बनिन् । उनको हत्या चीनका नेता सुन चुआंगफांगले सन् १९२५ मा गरेका थिए ।

त्यसको १० वर्षपछि जिआनकिआओ एक बौद्ध मन्दिरमा पुजा गरिरहेका बेला चुआंगफांगले उनलाई टाउकोमा गोली हानिन् । उनको हत्या गरेपछि घटनास्थलबाट भाग्नुको साटो उनी त्यही बसिन् र आफ्नो अपराध कबुल गरिन् ।

यो हाई प्रोफाइल केसमा सन् १९३६ मा निर्णय भयो र जिआनकिआओलाई दोषमुक्त गरियो । यसबारे अदालतले उक्त हत्या आफ्नो पिताको हत्याले आहात भएर गरिएको बतायो । सन् १९७९ मा शि जिआनकिआओको मृत्यु भयो ।

४. ब्रिगित मोआनहप्टः

कुनै बेला जर्मनीकी सबैभन्दा खुंखार महिला मानिने ब्रिगित मोअनहप्ट रेड आर्मी फ्याक्शनकी सदस्य थिइन् । ब्रिगित सन् १९७७ मा जर्मनीमा एक आतंककारी गतिविधीमा संलग्न भइन् ।

७० को दशकमा पश्चिम जर्मनीमा एक बाम चरमपन्थी समुहद्वारा एकपछि अर्को गर्दै थुप्रै अपहरण, हत्या र बम हमला गरियो । यो समूहले जहाज अपहरणका साथै लगभग ३० व्यक्तिको हत्या गर्यो । यो अपराध पश्चिम जर्मनीमा पुँजीवादलाई समाप्त गर्ने नाममा गरियो ।

सन् १९८२ मा यो अपराधमा संलग्न भएका कारण मोअनहप्टलाई पक्राउ गरियो र पाँच वर्षको सजायँ सुनाइयो । यसबाहेक उनलाई ९ जनाको हत्याको मामलामा थप १५ वर्षको सजायँ दिइयो ।

मोअनहप्टले कहिले पनि आफ्नो अपराध स्विकारिनन् र सन् २००७ मा उनी परोलमा जेलबाट बाहिर निस्कने मौका पाइन् । उनी अझै जीवितै छिन् ।

५. एजेन्ट पेनेलोपः

इजरेली इन्टेलिजेन्स एजेन्सी मोसादका लागि काम गर्ने एजेन्ट पेनेलोपे प्यालिस्टिनी समूह ब्ल्याक सेप्टेम्बरका नेता अली हुसेन सलामेको हत्याका संलग्न थिइन् ।

अली हुसेनले सन् १९७२ मा म्युनिख ओलम्पिकको क्रममा ११ इजराइली खेलाडीलाई बन्धक बनाए र उनीहरुको हत्या गरिदिए ।

यो हत्याको जवाफमा इजरेली प्रधानमन्त्री गोल्डे मेरीको आदेशमा ‘अपरेशन व्रैथ अफ गड’ सुरु भयो जसमार्फत अली हुसैन सलामेको हत्या गरियो ।

अली हुसेनलाई हत्या गर्नका लागि पेनेलोपेले उनी बस्ने अपार्टमेन्ट नजिकै लगभग ६ हप्ता बिताइन् ।

जुन बम हमलामा अली हुसेन सलामेको हत्या भयो त्यसमा पेनेलोप पनि मारिइन् । मृत्युपछि उनको सामानमा एउटा बेलायती पासपोर्ट पनि भेटियो जसमा नाम लेखिएको थियो एरिका चेम्बर ।

एजेन्सी

बबिना भट्टराईको स्वरमा ‘एउटा सानो घर’ सार्वजनिक ( भिडियो सहित )

बबिना भट्टराईको स्वरमा ‘एउटा सानो घर’ सार्वजनिक...

वि.सं.२०८१ असार ३० आइतवार ००:२५

काठमाडौ। माया, प्रेममा ठुला ठुला आशा राखिन्न, मनको माया नै...

पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान

पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान

वि.सं.२०८१ असार ३० आइतवार ००:१७

  काठमाडौं । ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो...

सिमलताल पहिरो : दुई जनाको शव भेटियो, बेपत्ताको खोजीकार्य जारी

सिमलताल पहिरो : दुई जनाको शव भेटियो,...

वि.सं.२०८१ असार २९ शनिवार २२:३३

  काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरोमा परी...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त

वि.सं.२०८१ असार २८ शुक्रवार २२:४३

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन्...

निर्माण व्यवसायीहरूको अरबौं रकम असार मसान्तमा समेत राज्यले दिएन

निर्माण व्यवसायीहरूको अरबौं रकम असार मसान्तमा समेत...

वि.सं.२०८१ असार २८ शुक्रवार २२:०८

  काठमाडौँ । नेपाल निर्माण ब्यवसायी महासंघले राज्यले असार मसान्तमा...

खेलकुदमा पछिल्लो समय क्रिकेटको सफलता

खेलकुदमा पछिल्लो समय क्रिकेटको सफलता

वि.सं.२०८१ असार २८ शुक्रवार १५:४०

  काठमाडौँ । नेपाली खेलकुदमा पछिल्लो समय क्रिकेटको सफलताको बारेमा...