CG Electronics
Ncell NPL
NIMB

आइएमईले ल्यायो यस्तो योजना, पैसा पठाउदा २० लाखसम्म पुरस्कार

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू दशैं, दीपावली र छठलाई लक्षितगर्दै सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमाबिस लाख’ योजना सार्वजनिक गरेको छ ।

आइतबारदेखि नै शुरु भई आगामी मंसिर मसान्तसम्म लागु हुने गरी कम्पनीले यस्तो योजना सार्वजनिक गरेको हो । योजना अवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुनसक्ने कम्पनीले जनाएको छ ।

योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरु मध्ये हरेक दिन १० जना भाग्यशाली सेवाग्राहीलाई ‘आइएमई पे’मार्फत १ हजार रुपैयाँको बिल भुक्तानी, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीलाई १० हजार रुपैयाँ नगद, हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई १ लाख नगद तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई २० लाख रुपैयाँ नगद प्रदान गरिने कम्पनीले जनाएको छ ।

नेपाली समुदायमा मनाइने विभिन्न सांस्कृतिक पर्वहरूमा आफ्ना लाखौँ सेवाग्राहीहरूको भावनालाई मध्यनजर गर्दै यस्ता प्रवद्र्धनात्मक कार्यक्रम संचालन गर्ने परम्परा आइएमईले आफ्नो स्थापनाकालदेखि नै गर्दै आइरहेकोछ ।

‘लक्कीड्र’बाट छानिएका विजेता सेवाग्राहीहरूको सिफारिस बमोजिम नेपालमा बस्नुहुने आफन्तलाई समेत पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेवाग्राहीले आइएमईको जुनसुकै एजेन्ट संजाल मार्फत् रेमिटेन्स कारोबार गरेको भौचरको सक्कल कपी योजना अवधिसम्म सुरक्षित राख्नु पर्नेछ ।

आइएमईमा कार्यरत कर्मचारी, संस्थापक, एजेन्ट संचालक तथा आइएमई सम्बद्ध कुनै पनिव्यक्ति यो योजनामा सहभागी हुन नपाउने बताइएको छ । विजेताले प्राप्त गर्ने पुरस्कार राशीमा नेपाल सरकारको नियमानुसार लाग्ने कर कट्टी गरिनेछ ।

योजनाको सर्वाधिकार कम्पनीमा निहित हुने कम्पनीका प्रमुख–जनसम्पर्क व्यवस्थापक राजु पौडेलल बताए । पौडेलका अनुसार विस्तृत जानकारी कम्पनीको आधिकारिक वेवसाइट, सामाजिक संजाल, सहकार्यमा रहेका एजेन्ट साझेदार, क्षेत्रीय सम्पर्क कार्यालय एवम् प्रतिनिधि, विदेशस्थित सम्बन्धित कार्यालय, केन्द्रीय कार्यालय एव संचार माध्यममार्फत् प्राप्त गर्न सकिनेछ ।

 

आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ८१ आइएमई सेन्टर सहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५७

  काठमाडौं । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी...

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा नयाँ कार्यसमिति

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५५

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २७औँ साधारण सभा तथा...

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि विद्युतीय बिल अनिवार्य

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५१

काठमाडौं। अब वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीले...

पालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव

पालिका र वडाको संख्या तथा सीमा हेरफेर...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:३३

काठमाडौं । गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे...

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...