CG Electronics
IME Life
NIMB

फेला परेका इन्टरपोल प्रमुखले दिए राजीनामा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं — हराइरहेका भनिएका इन्टरपोल प्रमुख मेङ होङवेईलाई चीनमा विगत १२ दिनदेखि हिरासतमा राखिएको खुलासा भएपछि अहिले उनले अन्तर्राष्ट्रिय प्रहरी निकायबाट राजीनामा दिएका छन् ।

इन्टरपोलले तत्कालै लागू हुने गरी उनको राजीनामा प्राप्त आइतवार राति अबेर प्राप्त गरेको थियो । अघिल्लो महिना फ्रान्सबाट चीनका लागि उडेका मेङ बेपत्ता भएपछिको यो सबभन्दा पछिल्लो ट्विस्ट हो ।

आइतवार साँझ एउटा छोटो विज्ञप्ति निकालेर चिनियाँ अधिकारीहरूले मेङलाई अनुससन्धानको दायरामा राखिएको बताए । उनले कानून उल्लंघन गरेको आशंकामा नयाँ सरकारी भ्रष्टाचारप्रतिरोधी इकाइले अनुसन्धान गरिरहेको हो ।

मेङकी पत्नीले उनीबाट एक सन्देश पाएर उनी खतरामा रहेको थाहा पाएको केही समयपछि चिनियाँ अधिकारीहरूको विज्ञप्ति आएको हो ।

बेइजिङबाट विज्ञप्ति आउनुअघि र उनको राजीनामा पाउनुअघि उनका बारेमा केही पनि थाहा हुन सकेको थिएन । उनी असोज ९ गते चीन आएका थिए ।

फ्रान्सको लियोनमा एक पत्रकार सम्मेलन गरेर ग्रेस मेङले पत्रकारहरूलाई आफ्ना श्रीमानले गायब हुनुअघि चक्कुको संकेत भएको इमोजी पठाएको र यसबाट उनी खतरामा रहेको संकेत प्राप्त भएको विश्वस्त भएको उनले बताइन् ।

चौंसट्ठी वर्षीय मेङ वरिष्ठ चिनियाँ सुरक्षा अधिकारी पनि हुन् र उनीसँग फौजदारी अपराध, विशेषगरी लागूऔषध नियन्त्रण, आप्रवासन र सीमा सुरक्षाको ४० वर्षभन्दा बढीको अनुभव छ ।

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष...

वि.सं.२०८३ जेठ १६ शनिवार १५:५०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन...

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...