Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

फेला परेका इन्टरपोल प्रमुखले दिए राजीनामा

Machhapuchchhre Bank Limited

 

काठमाडौं — हराइरहेका भनिएका इन्टरपोल प्रमुख मेङ होङवेईलाई चीनमा विगत १२ दिनदेखि हिरासतमा राखिएको खुलासा भएपछि अहिले उनले अन्तर्राष्ट्रिय प्रहरी निकायबाट राजीनामा दिएका छन् ।

इन्टरपोलले तत्कालै लागू हुने गरी उनको राजीनामा प्राप्त आइतवार राति अबेर प्राप्त गरेको थियो । अघिल्लो महिना फ्रान्सबाट चीनका लागि उडेका मेङ बेपत्ता भएपछिको यो सबभन्दा पछिल्लो ट्विस्ट हो ।

आइतवार साँझ एउटा छोटो विज्ञप्ति निकालेर चिनियाँ अधिकारीहरूले मेङलाई अनुससन्धानको दायरामा राखिएको बताए । उनले कानून उल्लंघन गरेको आशंकामा नयाँ सरकारी भ्रष्टाचारप्रतिरोधी इकाइले अनुसन्धान गरिरहेको हो ।

मेङकी पत्नीले उनीबाट एक सन्देश पाएर उनी खतरामा रहेको थाहा पाएको केही समयपछि चिनियाँ अधिकारीहरूको विज्ञप्ति आएको हो ।

बेइजिङबाट विज्ञप्ति आउनुअघि र उनको राजीनामा पाउनुअघि उनका बारेमा केही पनि थाहा हुन सकेको थिएन । उनी असोज ९ गते चीन आएका थिए ।

फ्रान्सको लियोनमा एक पत्रकार सम्मेलन गरेर ग्रेस मेङले पत्रकारहरूलाई आफ्ना श्रीमानले गायब हुनुअघि चक्कुको संकेत भएको इमोजी पठाएको र यसबाट उनी खतरामा रहेको संकेत प्राप्त भएको विश्वस्त भएको उनले बताइन् ।

चौंसट्ठी वर्षीय मेङ वरिष्ठ चिनियाँ सुरक्षा अधिकारी पनि हुन् र उनीसँग फौजदारी अपराध, विशेषगरी लागूऔषध नियन्त्रण, आप्रवासन र सीमा सुरक्षाको ४० वर्षभन्दा बढीको अनुभव छ ।

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट : इप्पान

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट...

वि.सं.२०८२ वैशाख १० बुधवार २२:४३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले ऊर्जा क्षेत्रमा...

चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

वि.सं.२०८२ वैशाख १० बुधवार २१:०९

  काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका सम्पूर्ण चिकित्सकहरूलाई बैशाख...

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत...

वि.सं.२०८२ वैशाख १० बुधवार १९:५१

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको...

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

वि.सं.२०८२ वैशाख १० बुधवार १८:३१

  काठमाडौं, १० बैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी...

शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउछ : अर्थमन्त्री

शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउछ...

वि.सं.२०८२ वैशाख १० बुधवार १७:२६

  काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आन्दोलनरत शिक्षकहरुको समस्या सरकारले...

सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक सभापति खड्का

सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक...

वि.सं.२०८२ वैशाख १० बुधवार १५:३९

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले आफ्नो...