एनएमबी बैंकका ग्राहकलाई रिटेल कर्जामा सहज, कर्जा बजारसँग सम्झौता

Monday Oct 08, 2018
वि.सं.२०७५ असोज २२ सोमवार ०६:१०
काठमाडौं – एनएमबी बैंक र कर्जा बजारबीच सम्झौता भएको छ । अब इच्छुक ग्राहकले सजिलै एनएमबी बैंकको कर्जासम्बन्धी सम्पूर्ण जानकारी लिन सक्नेछन् ।
ग्राहकले कर्जा बजारबाट कर्जाका लागि आवश्यक प्रक्रिया शुरु गरेर कर्जाको अवस्था पनि बुझ्न सक्नेछन् । यो सुविधा एनएमबी भिषा क्रेडिट कार्डमा पनि उपलब्ध रहेको बैंकले जनाएको छ ।
ग्राहकहरूले रिटेल कर्जा (घर कर्जा, गाडी कर्जा, शैक्षिक कर्जा आदि)सम्बन्धी विभिन्न सुविधाजस्तै व्याजदर र कर्जाको अवधिका बारेमा बजारमा उपलब्ध कर्जा सुविधासँग तुलना गर्न सक्नेछन् ।
सम्झौतामा एनएमबी बैंककातर्फबाट चिफ विजनेश अफिसर गोविन्द घिमिरे तथा कर्जा बजारका तर्फबाट फोनिक्स क्यापिटल प्रालिका निर्देशक युरोपमान श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
कर्जा बजारसँगको सम्झौताले ग्राहकलाई रिटेल कर्जा प्रक्रिया सहज हुने बैंकको विश्वास छ ।