CG Electronics
IME Life
Ncell NPL

गरिव भएकै कारण राजा वीरेन्द्रलाई बिहे गर्न कन्या दिइएन

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

राजा वीरेन्द्र शाहको सम्पत्तिको लेखाजोखा गर्ने कुनै एक सरकारी अड्डाले वीरेन्द्रको सम्पत्ति ८७ अर्बभन्दा बढीको रहेको भेटिएको भन्ने समाचार बाहिरिएको छ ।

राजा वीरेन्द्रका बारेमा पचास वर्ष अगाडि जान्ने बुझ्नेहरूले ‘युवराज वीरेन्द्रको विवाहको लागि भारतको कुनै राजघरानाकी कन्याबारे कुरा चल्दा नेपालका राजा गरीव छन्’ भनेर उक्त सम्वन्धको सम्भावनालाई पञ्छाइएको थियो ।

 

त्यसपछि वीरेन्द्रसँग विवाह गर्ने भनिएकी कन्याको विवाह नेपालको राजपरिवारसँगै सम्वन्धित अर्का सम्भ्रान्त र अत्यन्त समृद्ध परिवारका युवासँग भएको थियो । राजा वीरेन्द्रलाई भारतीय नागरिकहरूले समेत गरिवको सूचीमा राखेका थिए । नेपालका राणा परिवारलाई भारतीयहरूले धनी मान्थे ।

 

त्यसैताका राजा महेन्द्र शाहले आर्थिक अभावको कारण देखाउँदै नारायणहिटी राजदरवार तत्कालीन श्री ५ को सरकारलाई बेचेका थिए । राजा महेन्द्र शाहले नौँ करोडमा (९ देखि १२ करोड ठ्याक्कै थाहा हुन नसकेको) बिक्री गरेको र सरकारले उक्त दरवार राजाको निवासको रूपमा प्रयोग गर्ने निर्णय गरेको समाचार गोर्खापत्रमा नै छापिएको थियो ।

 

त्यसको एक/दुई वर्षपछि राजा महेन्द्र शाहको निधन भयो । युवराज वीरेन्द्र शाह राजा भए । सिद्धान्ततः राजा वीरेन्द्र शाहले प्रत्क्ष शासन गरेको ७/८ वर्ष मात्रै हो । त्यसपछि पञ्चायतले पनि निर्वाचित प्रधानमन्त्रीको व्यवस्था ग¥यो । प्रधानमन्त्री संसदप्रति उत्तरदायी थिए ।

 

त्यस अवधिमा तीन जना प्रधानमन्त्री भए । सूर्यबहादुर थापा, मरिचमान सिंह र लोकेन्द्रबहादुर चन्द । लोकेन्द्रबहादुर चन्द अहिले पनि जीवित नै छन् ।

 

राजा वीरेन्द्र शाहको ८७ अर्बको सम्पत्ति कसरी आयो ? त्यसबारे मुलुकले जान्न पाउनु पर्दछ । राजा वीरेन्द्र शाहको सम्पत्तिको लेखाजोखा गर्ने सरकारी अड्डाले आफ्नो काम देखाउन सम्पत्तिको आंकडा एकदम बढाई/चढाई प्रस्तुत गरेको हो कि ? भनेर सामाजिक सञ्जालमा प्रश्न उठेको छ ।

 

स्वर्गीय राजाको जनतामा रहेको प्रतिष्ठा र लोकप्रियता समाप्त पर्ने कुनै षड्यन्त्र हो कि ? भन्ने प्रश्न पनि गरिएको छ । राजा वीरेन्द्र शाहले भ्रष्टाचार गरेकै हुन् ? कसैले बताइदिनु प¥यो नी ।

 

त्यो ८७ अर्बको सम्पत्ति सरकारमा आएपछि महालेखा परीक्षाको दृष्टिमा त्यो सम्पत्ति आयो होला । संसदलाई त्यसको जानकारी हुनुपर्ने हो । त्यो ८७ अर्बको विवरण मुलुकलाई दिन मिल्दैन ?

 

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले र अन्य त्यो बेलाका मन्त्री र उच्च पदस्थ त्यसबारे केही जानकारी दिन सक्ने हैसियतमा छन् ? भनेर प्रश्न गरिएको छ ।

 

साथै वर्तमान दुई तिहाईको कम्युनिस्ट सरकारले राजा वीरेन्द्र शाहप्रतिको लोकप्रियतालाई कमजोर बनाउने गरेर गतिविधि गरेको हो कि भनेर सामाजिक सञ्जालमा प्रश्नहरू उठेका छन् ।

 

नेपाली कांग्रेस निकटका प्रा.केशवप्रसाद भट्टराईले पनि राजा वीरेन्द्रको सम्पत्तिका बारेमा आएको आँकडाप्रति आशंका जनाएका छन् । उनले सो विषयमा यथार्थ कुरा ल्याउनुपर्ने माग गरेका छन् ।

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५३

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क...

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा ‘गीता मैत्री मिलन’ कार्यक्रम हुँदै

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:२७

काठमाडौं । नेपालको गौरवशाली सांस्कृतिक इतिहास र जीवन मूल्यहरूको संरक्षण...

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो : परराष्ट्र मन्त्रालय

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:०९

  काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको पछिल्लो अवस्था र...

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप स्वीकार्य हुँदैन् : विनोद कुमार शर्मा

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:०८

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी विगत करिब सात÷आठ वर्षदेखि विभिन्न...

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३३

  काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध...

अन्जन श्रेष्ठले लिए नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदको शपथ, नयाँ कार्यसमितिले पनि गर्यो सपथ ग्रहण

अन्जन श्रेष्ठले लिए नेपाल उद्योग वाणिज्य महासंघको...

वि.सं.२०८३ वैशाख २४ बिहीवार १२:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का नव निर्वाचित...