CG Electronics
IME Life
NIMB

किन राजिनामा दिन खोज्दैछन् यी दुई मन्त्री ? यस्तो छ कारण

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

प्रधानमन्त्री तथा नेकपाका पार्टी अध्यक्ष के पी शर्मा ओलीले सरकारमात्र होइन पार्टी नै डुबाउन लागेको प्रचण्ड र माधवकुमार नेपालको सामूहिक निष्कर्षलाई नेपालले सार्वजनिक गर्दा अहिले उनी  एक्लै परेको चर्चा प्रचण्ड निकटहरुले गर्दैछन् ।

पार्टी एकता केपी शर्मा ओलीसँग सल्लाह गरेर गरेको भए पनि पूर्व माओवादीको ठूलो खेमा माधवकुमार नेपालतिर लागेको छ ।

 

नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, शक्ति बस्नेत, राम कार्की खुलेर माधवकुमार नेपालको पक्षमा लागेका छन् । पुन, बस्नेत र कार्की घनश्याम भुसालको ‘मार्क्सवादी अध्ययन’का नाममा केपी ओलीलाई ”मार्क्सवाद विरोधी” करार गर्दै देश दौडाहामा छन् ।

तत्कालीन माओवादी कोटामा मन्त्री भएका वर्षमान पुन र शक्ति बस्नेतले  प्रधानमन्त्रीले सचिवमार्फत् मन्त्रालय चलाएको र आफूहरु सचिवको कारिन्दा रहेको भन्दै प्रचण्डले निर्देशन दिएमा राजीनामा दिने बताएको पुनको सचिवालय स्रोतले जनाएको छ ।

‘यही अवस्था रहेमा दशैंको लगत्तै केही सैद्धान्तिक कुरा उठाएर पुन र बस्नेतले मन्त्री पदबाट राजीनामा दिएमा आश्चर्य हुँदैन’ पुनको सचिवालय स्रोतले बतायो ।

पूर्व माओवादीको तर्फबाट गृहमन्त्री भएका रामबहादुर थापा ‘वादल’ ले प्रधानमन्त्री ओलीसँग आत्मसमर्पण गरेकाले पनि अप्ठ्यारो भएको मन्त्रीद्वय पुन र बस्नेतलाई लागेको चर्चा उर्जा मन्त्रालयमा ब्यापक छ ।

स्रोतका अनुसार, उर्जा मन्त्री वर्षमान पुन आफ्ना नजिकका केही ब्यक्तिलाई लिएर दशैं विदामा बैंकक र चीनको भ्रमणमा निस्किने तयारीमा रहेका छन् ।

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...