Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

यौन शोषण आरोपमा फसे नाना पाटेकर, भन्छन् : तनुश्री गलत छिन्

 

एकजना अभिनेत्री तनुश्री दत्तामाथि यौन शोषणको गम्भीर आरोपबारेमा बलिउड अभिनेता नाना पाटेकरले मुख खोलेका छन् ।

तनुश्रीले नाना पाटेकरमाथि यौन शोषणको आरोप लगाएपछि बलिउडमा खलबली मच्चिएको हो । नाना पाटेकरले आफूमाथि लागेको आरोपबारे सोमबार पत्रकार सम्मेलन गरेर स्पष्टिकरण दिएका हुन् ।

नानाले सफाई दिँदै आफ्नो पुरानै कुरा दोहोर्‍याएका छन् । ‘सत्य त सत्य नै हुन्छ नि तनुश्री झुठ बोलिरहेकी छन् । मैले १० वर्षअघि पनि यही कुरा बताएको थिएँ ।’ नानाले यति कुरा बताएपछि सञ्चरकर्मीलाई छल्दै पत्रकार सम्मेलनस्थल छाडेर हिँडे ।

सञ्चारमाध्यम आफ्नो पछि लागेकोबारे पनि उनले एउटा कुरा सुनाए । ‘मेरा वकिलले मलाई पत्रकार र टिभी च्यानलसँग कुरा गर्न अनुमति दिएका छैनन् ।’  समाचार अनुसार आज बिहान नानाका छोरा मल्हारले सञ्चारमाध्यमलाई सन्देश पठाएर आफूहरु पत्रकार सम्मेलन गर्न नसक्ने बताएका थिए ।

मल्हारको म्यासेजम भनिएको थियो, ‘हामी तपाईँलाई सोमबार कुनै पनि पत्रकार सम्मेलन नहुने जानकारी गराउँछौँ । यसभन्दा पछाडि जे पनि कदम चाल्छौँ हामी तपाईँहरुलाई जानकारी गराउँछौँ ।’

समाचार अनुसार तनुश्री दत्तले नानामाथि सन् २००८ मा फिल्म ‘हर्न ओके प्लिज’ को सुटिङका क्रममा यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । फिल्म सुटिङको सट लिने क्रममा गणेश आचार्यले अचानक गीतको स्टेप्स बदलिदिएपछि नाना पाटेकर आएर गलत ढंगले छोएको उनले बताएकी छन् । तनुश्रीले यसको विरोध गरिन् र सुटिङ नै छाडेर हिँडेकी बताइएको छ। त्यो बेला नाना पाटेकरको इशारामा राजनीतिक गुण्डा लगाएर हमला गराएको पनि उनले बताएकी थिइन् ।

सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्म फेस्टिभलका लागि एसियाली आवेदन खुल्ला

सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्म...

वि.सं.२०८२ असार २० शुक्रवार १४:२३

काठमाडौं । अल्टरनेटिभा फिल्म फेस्टिभलको तेस्रो संस्करण २०२६ को दोस्रो...

विश्वप्रकाशको ‘ऐना’को दोस्रो सिजन असार २० देखि, देशको प्रगति र बेथिति उजागर गरिने

विश्वप्रकाशको ‘ऐना’को दोस्रो सिजन असार २० देखि,...

वि.सं.२०८२ असार १८ बुधवार १२:५९

काठमाडौं । यही असार २० गतेदेखि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश...

डिशहोमको रमाइलो टिभीमा नेपाली भाषामा ‘रामायण’ प्रसारण हुने

डिशहोमको रमाइलो टिभीमा नेपाली भाषामा ‘रामायण’ प्रसारण...

वि.सं.२०८२ असार १७ मंगलवार १४:३१

काठमाडौं । नेपालको अग्रणी मनोरञ्जन च्यानल डिशहोमको रमाइलो टिभीले बहुप्रशंसित...

लर्ड बुद्धका विद्यार्थीको मलेसिया भ्रमण : शैक्षिक अवलोकन र सांस्कृतिक आदानप्रदान

लर्ड बुद्धका विद्यार्थीको मलेसिया भ्रमण : शैक्षिक...

वि.सं.२०८२ असार १७ मंगलवार ११:४२

काठमाडौं । लर्ड बुद्ध एजुकेशन फाउन्डेशन एलबीइएफ का ३५ जना...

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला, यो वर्ष रियालिटी शोको स्वरूपमा प्रस्तुत हुने

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता...

वि.सं.२०८२ जेठ १४ बुधवार २३:१३

  काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल...

पकाहाँमैनपुर एमालेमा विधिविपरीत कमिटी गठन : बहिष्कार र आन्दोलनमा प्रतिनिधिहरू

पकाहाँमैनपुर एमालेमा विधिविपरीत कमिटी गठन : बहिष्कार...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २२:१६

पकाहाँमैनपुर । पर्साको पकाहाँमैनपुर गाउँपालिकामा गाउँपालिका कमिटी गठनलाई लिएर नेकपा...