CG Electronics
Ncell NPL
NIMB

यौन शोषण आरोपमा फसे नाना पाटेकर, भन्छन् : तनुश्री गलत छिन्

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

एकजना अभिनेत्री तनुश्री दत्तामाथि यौन शोषणको गम्भीर आरोपबारेमा बलिउड अभिनेता नाना पाटेकरले मुख खोलेका छन् ।

तनुश्रीले नाना पाटेकरमाथि यौन शोषणको आरोप लगाएपछि बलिउडमा खलबली मच्चिएको हो । नाना पाटेकरले आफूमाथि लागेको आरोपबारे सोमबार पत्रकार सम्मेलन गरेर स्पष्टिकरण दिएका हुन् ।

नानाले सफाई दिँदै आफ्नो पुरानै कुरा दोहोर्‍याएका छन् । ‘सत्य त सत्य नै हुन्छ नि तनुश्री झुठ बोलिरहेकी छन् । मैले १० वर्षअघि पनि यही कुरा बताएको थिएँ ।’ नानाले यति कुरा बताएपछि सञ्चरकर्मीलाई छल्दै पत्रकार सम्मेलनस्थल छाडेर हिँडे ।

सञ्चारमाध्यम आफ्नो पछि लागेकोबारे पनि उनले एउटा कुरा सुनाए । ‘मेरा वकिलले मलाई पत्रकार र टिभी च्यानलसँग कुरा गर्न अनुमति दिएका छैनन् ।’  समाचार अनुसार आज बिहान नानाका छोरा मल्हारले सञ्चारमाध्यमलाई सन्देश पठाएर आफूहरु पत्रकार सम्मेलन गर्न नसक्ने बताएका थिए ।

मल्हारको म्यासेजम भनिएको थियो, ‘हामी तपाईँलाई सोमबार कुनै पनि पत्रकार सम्मेलन नहुने जानकारी गराउँछौँ । यसभन्दा पछाडि जे पनि कदम चाल्छौँ हामी तपाईँहरुलाई जानकारी गराउँछौँ ।’

समाचार अनुसार तनुश्री दत्तले नानामाथि सन् २००८ मा फिल्म ‘हर्न ओके प्लिज’ को सुटिङका क्रममा यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । फिल्म सुटिङको सट लिने क्रममा गणेश आचार्यले अचानक गीतको स्टेप्स बदलिदिएपछि नाना पाटेकर आएर गलत ढंगले छोएको उनले बताएकी छन् । तनुश्रीले यसको विरोध गरिन् र सुटिङ नै छाडेर हिँडेकी बताइएको छ। त्यो बेला नाना पाटेकरको इशारामा राजनीतिक गुण्डा लगाएर हमला गराएको पनि उनले बताएकी थिइन् ।

CG Electronics
आदिवासी पहिचान संरक्षणका लागि राष्ट्रिय प्रतिष्ठान गठन, २५औँ रजत जयन्तीमा तीनदिने आदिवासी ज्ञान महोत्सव–२०८२ सुरु

आदिवासी पहिचान संरक्षणका लागि राष्ट्रिय प्रतिष्ठान गठन,...

वि.सं.२०८२ माघ २५ आइतवार २१:५०

  काठमाडौं । काठमाडौंको राष्ट्रिय सभा गृहमा राष्ट्रिय आदिवासी जनजाति...

रीना डंगोल नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक नियुक्त

रीना डंगोल नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक...

वि.सं.२०८२ माघ २३ शुक्रवार १५:५३

  काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को...

इन्जिनियरहरुले डेटा साइन्स, मसिन लर्निङ, एआईमा दख्खल राख्नुपर्नेमा जोड

इन्जिनियरहरुले डेटा साइन्स, मसिन लर्निङ, एआईमा दख्खल...

वि.सं.२०८२ माघ २२ बिहीवार २१:१६

  काठमाडौं । पछिल्लो समय डेटा साइन्स, मसिन लर्निङ, एआई...

नागरिकता र लालपुर्जाविहीन समस्या समाधान गर्न कांग्रेस कटिबद्ध: विनोद चौधरी

नागरिकता र लालपुर्जाविहीन समस्या समाधान गर्न कांग्रेस...

वि.सं.२०८२ माघ २१ बुधवार १६:१४

काठमाडौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली...

कांग्रेसमा गुठको राजनीतिको अन्त्य भएको छ: विनोद चौधरी

कांग्रेसमा गुठको राजनीतिको अन्त्य भएको छ: विनोद...

वि.सं.२०८२ माघ २१ बुधवार १६:११

  काठमाडौ । नेपाली कांग्रेसका तर्फबाट नवलपरासी क्षेत्र नं. १...

बालेनले मात्रै प्रयोग गर्ने लिफ्ट अब सर्वसाधारणका लागि खुला

बालेनले मात्रै प्रयोग गर्ने लिफ्ट अब सर्वसाधारणका...

वि.सं.२०८२ माघ २१ बुधवार ०९:०६

  काठमाडौं। काठमाडौं महानगरपालिकामा पूर्व मेयर बालेन्द्र शाह (बालेन) ले...