CG Electronics
IME Life
NIMB

आदर्श सञ्चारको सहकारी शिक्षा तथा प्याड बनाउने तालिम

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले सञ्चालन गर्दै आएको सहकारी सचेतना तथा प्याड बनाउने तालिम शनिवार बागलुङ नगरपालिका वडा नं. ६ लंङगाउँमा सम्पन्न भएको छ ।


सहकारीका शेयर सदस्य लगायत स्थानीय महिलाहरुलाई आयआर्जन गर्न, कमाएको रकम वचत गर्न तथा सहकारीमार्फत कर्जा लिएर उद्यमशिल बन्न प्रेरित गर्ने उदेश्यले तालिमको आयोजना गरिएको संस्थाले जनाएको छ ।

महिलाहरुलाई आयआर्जनका लागि उद्यमशिल बनाउन संस्थाले निरन्तर रुपमा यस्ता खाले तालिम तथा सचेतनाका कार्यक्रम गर्दै आएको संस्थाका अध्यक्ष हुमाकुमारी जि.सीले बताउनुभयो ।

तालिममा सहजीकरण गर्दै अध्यक्ष जिसीले खेर गएका कपडाको सदुपयोग गरी महिनाबारीमा प्रयोग हुने प्याडको प्रयोग गर्दा खर्च घट्नुका साथै स्वास्थ्यमा समेत राम्रो हुने बताउनु भयो ।

धेरै चिजहरु पहिचान र प्रयोगको अभावमा खेर गैरहेका छन्, तिनको पहिचान गरी सदुपयोग गर्न सकेमा आयस्तर बढ्ने तथा स्वास्थ्यमा समेत सहयोग पुग्ने उहाँको भनाइ थियो ।

गाउँमा उत्पादन हुने वस्तुहरुको प्रयोगमा कमि आउन थालेको भन्दै उहाँले आयातित चिजहरुले स्वास्थ्यमा प्रतिकूल असर गर्नका साथै खर्च समेत बढ्ने भएकाले सकेसम्म स्थानीय स्रोतको प्रयोगमा ध्यान दिन महिलाहरुलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा संस्थाका शेयर सदस्यहरु पूर्व वडा अध्यक्ष डिलबहादुर थापा, खिमलाल सापकोटा, माया थापा, तिलकुमारी थापा, माया देवी सापकोटा लगायतले सञ्चार क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर स्थापना भएको आदर्श सञ्चार सहकारी संस्थाले समाजका हरेक क्षेत्रमा काम गरेर जनताको मन जितेको बताउनु भएको थियो ।

सहकारीप्रति जनताको आकर्षण बढाउन आदर्श सञ्चारको भूमिका प्रभावकारी रहेको भन्दै उहाँहरुले सहकारीमार्फत समृद्धिको अभियानलाई सफल पार्न सबै सदस्यहरुको सक्रियता आवश्यक रहेको बताउनु भएको थियो ।

संस्थाले लिएको १० वर्षे रणनीतिक योजना अनुसार २०८० सालसम्म ५ हजार भन्दा बढी शेयर सदस्य, १२ करोड ५० लाख शेयर रकम, ४० करोड निक्षेप, ५० करोड लगानी गर्न तथा संस्थाको कार्यक्षेत्र विस्तार गरी गण्डकी प्रदेश स्तरीय सफल र सशक्त सञ्चार गृहका रुपमा स्थापित गर्नका लागि सञ्चालक, कर्मचारी लगायत सबै शेयर सदस्यहरुको सक्रिय सहभागिता रहनु पर्ने संस्थाका सञ्चालक सिर्जना थापा मगरले बताउनु भयो ।

उहाँले संस्थाले बनाएको कार्ययोजना अनुसार सबै शेयर सदस्यहरुलाई वर्षमा कम्तिमा एक जना शेयर सदस्य थप गर्न समेत आग्रह गर्नु भयो ।
तालिममा सहकारीमा महिलाहरुको सहभागिता र सक्रियता, सहकारीको महत्व तथा घरमा बनाउन सकिने सजिलो प्याड निर्माण लगायतका विषयमा अध्यक्ष जिसीले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा संस्थाका शेयर सदस्यहरु सहित बानपा–६ का ५० जना महिलाहरुको सहभागिता रहेको थियो । सो अवसरमा १० जना नया शेयर सदस्य बनेका थिए । नयाँ शेयर सदस्यहरुलाई अध्यक्ष अञ्जु जिसी र सञ्चालक सिर्जना थापा तथा संस्थाले धौलागिरि जागरण दैनिक र अग्रसर पत्रिका प्रकाशनसंगै वचत तथा ऋण लगायत उद्यमशिलाता र सामाजिक रुपान्तरणका क्षेत्रमा काम गर्दै आइरहेको छ ।

संस्थामा हाल १३ सय जना शेयर सदस्य, ३ करोड शेयर पूँजि, ११ करोड निक्षेप र १४ करोड लगानी रहेको संस्थाका कोषाध्यक्ष पूर्णबहादुर कार्कीले जानकारी दिनुभयो ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...