Nabil Bank
Everest Bank Limited
prabhubank

वामदेवका लागि रामवीरले काठमाडौं ७ बाट दिए राजीनामा

मिडिया स्पेस सोलुसन्स प्रालि

 

काठमाडौं निर्वाचन क्षेत्र ७ का प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले राजिनामा पत्र बुझाएका छन्।  बर्दियामा पराजित भएका नेकपाका नेता वामदेव गौतमका लागि सांसद मानन्धरले राजिनामा दिएका हुन् ।

सांसद मानन्धरले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) समक्ष सोमबार पार्टीका बरिष्ठ नेता बामदेव गौतमलाई प्रतिनिधि सभामा पुर्‍याउन राजिनामा पत्र बुझाएका हुन्।

 

सो राजिनामा पत्र प्रचण्डले सोमबार बसेको सचिवालय बैठकसम्म पुर्याए भने बैठकमा महासचिव बिष्णु पौडेलले पढेर सुनाए। मानन्धरले राजिनामा दिए पनि स्वीकृत भैसकेको छैन ।

 

सांसद मानन्धरले प्रचण्ड र गौतमसमक्ष राजिनामाका लागि शर्त राखेका थिए। उनका आफुलाई नेकपाको केन्द्रीय सदस्य, राष्ट्रिय सभाको सदस्य र मन्त्री बनाउनु पर्ने शर्त रहेका छन्  । सो शर्तमा प्रचण्ड र गौतमले सहमति जनाएपछि मानन्धरले राजीनामा दिएको बुझिएको छ ।

 

मानन्धर तत्कालीन महिला बालबालिका तथा समाज कल्याण मन्त्री तथा राप्रपा नेता विक्रमबहादुर थापालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

 

बर्दियाबाट नेपाली काँग्रेससंग पराजित भएका नेकपा सचिवालय सदस्य गौतमलाई पहिले डोल्पाबाट चुनाव लडाउने तयारी गरिएको थियो ।

 

डोल्पाका सांसद धनबहादुर बुढाले आफू सिट छाड्न तयार रहेको तर स्थानीयसंग सल्लाह लिने भन्दै स्थानीय भेट्न पुगे । तर कमान्डले नछाड्न भनेपछि बुढाले स्थानीयले कुनै पनि हालतमा नमान्ने बताएकाले नछाड्ने उद्घोष गरे ।

त्यसपछि गौतमलाई कहिले दैलेख, कहिले नवलपरासी त कहिले बाँकेबाट चुनाव लडाउने तयारी भयो । उनका लागि ठूलो रकम खर्चेर सांसद भएकाहरु त्याग गर्न तयार भएनन् ।

 

राजनीतिक इच्छाशक्ति भएका वामदेवलाई सांसद बनाउनका लागि प्रधानमन्त्री ओली सकारात्मक बन्दै गएको बुझिन्छ । वामदेवको हारपछि ओली निर्विकल्प प्रधानमन्त्री भए । उनको विकल्प खोजिएन ।

 

वामदेव पार्टी एकता हुनुअघि नै प्रधानमन्त्रीका दावेदारका रुपमा हेरिएको थियो । एमाले र माओवादी केन्द्रका मध्यस्थकर्ताका रुपमा वामदेव रहेकाले उनलाई प्रधानमन्त्रीको मुख्य दावेदार हेरिएको थियो । दुई पार्टीका अध्यक्षहरुको विकल्प वामदेव नै थिए ।

 

उच्च स्रोतका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको असहयोग बढेकाले ओली अब आफ्ना पुराना भरोसालायक नेता वामदेवलाई नै विकल्पका रुपमा हेर्न थालेका छन् ।

 

प्रचण्डले भारत र चीनको भ्रमण आफू सत्तामा पुग्ने भर्याङ मजबुद पार्न गरेको र सिंगापुरमा बसेर भविष्यको ग्राण्ड डिजाइन बुनेको आशंका ओलीलाई छ ।

 

वामदेवलाई संसदमा ल्याउन निर्वाचित सांसदलाई राजिनामा गराएर पुनः निर्वाचन गराउने विषयमा नेकपाका नेता कार्यकर्ता तथा सुभेच्छुक भने विभाजित बनेका छन्। एक पटक निर्वाचनबाट पराजित बनेका नेतालाई पुनः संसदमा ल्याउन निर्वाचित सांसदलाई राजिनामा गराउनु लोकतन्त्रको उपहास भएको भन्ने बहस पनि सुरु भएको छ।

 

यो विषयले नेकपाको सचिवालयमा पनि प्रवेश पाएको छ। वामदेवलाई सांसद बनाउन काठमाडौं ७ का सांसदलाई राजिनामा गराउने प्रचण्डको प्रस्ताव आएसँगै उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलले विरोध गरेका छन्। पोखरेलले गलत बाटोबाट वामदेवलाई संसदमा ल्याउनु गलत हुने भन्दै विरोध जनाएका छन्।

 

प्रचण्डको प्रस्ताव आएपछि पोखरेलले यस्तो भनेका थिए, ुयो गलत हुन्छ, यो ठिक निर्णय हुँदैन, यसरी नगरौँ।ु काठमाडौं ७ मा उपनिर्वाचन गरी गौतमलाई सांसद बनाउने अध्यक्ष प्रचण्डको प्रस्तावमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले उक्त क्षेत्रबाट निर्वाचित सांसद मानन्धरसँग छलफल गर्ने बताएका थिए।

 

सांसद मानन्धरलाई राजीनामा गराएर गौतमलाई उपनिर्वाचनमार्फत संसदमा ल्याउन मानन्धरले सहमति पनि गरिसकेको भन्दै प्रचण्डले प्रस्ताव गरेको बताइएको छ। उनले आफू, वामदेव र मानन्धरबीच बैठक बसेर सहमति भइसकेको पनि सचिवालयमा जानकारी गराएका थिए। मानन्धरले सहमति दिएको लिखितपत्र पनि प्रचण्डले बैठकमा पढेर सुनाएको एक सचिवालय सदस्यले बताए।

 

बामदेवका मागै माग गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएर संसदबाहिर रहेका वामदेव गौतमले पछिल्लो समय आफूलाई संसदमा ल्याउन नेकपाको सचिवालय बैठकमा बारम्बार माग राख्दै आएका छन।

 

पार्टीको हरेकजसो सचिवालय बैठकमा गौतमले आफूलाई संसदमा ल्याउन माग गर्दै आएको एक सचिवालय सदस्यले बताए। पटक पटक संसदमा आउने चाहना राखेर बैठकमा गौतमले विषय उठाएपछि प्रधानमन्त्री ओलीले एउटा बैठकमा वामदेव कामरेडलाई संसदमा आउने चाहना नै छ भने केही समस्या छैन।

 

उहाँका लागि मै सिट छोडिदिन्छु नि१ु भनेर ठट्टासमेत गरेका थिए। अहिलेसम्म कहाँ(कहाँको प्रस्ताव गौतमलाई उपनिर्वाचन गरेर संसदमा ल्याउनका निम्ति सबैभन्दा पहिले निर्वाचन क्षेत्र डोल्पाको नाम अगाडी आएको थियो। डोल्पाबाट उनलाई संसदमा ल्याउने प्रयास पनि भएको थियो। उक्त क्षेत्रबाट सांसद बनेका धनबहादुर बुढाले गौतमका लागि आफूले राजिनामा दिने पनि सार्वजनिक गरेका थिए।

 

बुढाले सार्वजनिक रूपमा गौतमलाई चुनाव जिताएर छाड्ने भाषण समेत गरेका थिए। तर, संस्कृती, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीसमेत रहेका बुढालाई राजिनामा नगर्न डोल्पाका कार्यकर्ताले दबाब दिए। जिल्लाका कार्यकर्ता तथा मतदाताको मानसिकता बुझ्न डोल्पा पुगेका उनले वामदेवका लागि राजिनामा नदिने निष्कर्ष निकाले।

 

जसले वामदेवको डोल्पाबाट उपनिर्वाचनमा जितेर संसद प्रवेश गर्ने सम्भावना सकियो। त्यसपछि वामदेवको आखाँमा पर्‍यो तीलक महत क्षेत्रीले चुनाव जितेको नवलपरासी ९पूर्व० निर्वाचन क्षेत्र २ उक्त कुरा एककान दुईकानमा नै सीमित बन्यो। त्यसले ठोस रुप लिन नपाउँदै अर्को निर्वाचन क्षेत्रको कुरा बहसमा आयो। त्यो थियो नन्दलाल रोकायाले चुनाव जितेको क्षेत्र बाँके ३ यहाँको अवस्था पनि डोल्पाको जस्तै बन्यो।

 

कार्यकर्ताले चर्को विरोध गरेपछि सांसद रोकायाले पनि राजिनामा नदिने घोषणा गरे। केही समय वामदेव गौतम उपनिर्वाचनमार्फत संसद प्रवेश गर्ने बहस हरायो। उनले भने पहल जारी राखेका थिए। यसैबीचमा अर्को निर्वाचन क्षेत्रको बहस चर्चामा आयो काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७। सांसद मानन्धरले सहमति जनाइसकेको भनिएपनि उनले सार्वजनिक रूपमा केही बोलेका छैनन्।

 

सांसद मानन्धर सम्पर्कमा आउन नचाहेका कारण उनको भनाइ भने स्पष्ट हुन सकेको छैन। तर, मानन्धर निकट स्रोतका अनुसार उनलाई राष्ट्रियसभाको सदस्य बनाएर मन्त्री दिनेसम्मका विषयमा नेताहरूले छलफल गरेका छन्। मानन्धरले काठमाडौं ७ बाट नेकपाका नेता मानन्धरले १८ हजार १०२ मत ल्याएर चुनाव जितेका थिए।

 

त्यस क्षेत्रमा कांग्रेसले राप्रपाका विक्रमबहादुर थापालाई समर्थन गर्दै उम्मेद्वार उठाएको थिएन। राप्रपाका विक्रम थापाले १० हजार ७९ मत ल्याएका थिए। मानन्धरले २०७० सालको संविधानसभाको निर्वाचनमा तत्कालिन एकीकृत नेकपा माओवादीकी उम्मेदवार हिसिला यमीलाई पराजित गरेका थिए।

 

नेवार समुदायको बाक्लो जनसंख्या रहेको यस क्षेत्रमा रामवीर मानन्धर लोकप्रिय नेता मानिन्छन्। कांग्रेसका सञ्जयकुमार गौतमसँग बर्दियाबाट ७५३ मतले पराजित भएका नेता गौतमले आफूलाई पार्टीभित्रैबाट अन्तरघात गरेर पराजित गरिएको दाबी गर्दै आएका छन्।

 

दुई पार्टी एकता हुँदासमेत आफू कांग्रेस उम्मेद्वारसँग झिनो अन्तरले हार्नुको एक मात्र कारण अन्तरघात भएको भन्दै उनले तत्कालिन एमाले बैठकमा समेत असन्तुष्टी राखेका थिए। उनी अहिले उपनिर्वाचनमार्फत संसद प्रवेशको प्रयास गरिरहेका छन्।

‘जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापनमा सहकार्य गरौं, मनोवल बढाऔं’

‘जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापनमा सहकार्य गरौं, मनोवल बढाऔं’

वि.सं.२०८१ असार ९ आइतवार १५:४७

    काठमाडौं । सरकार तथा बैंक तथा वित्तीय संस्थाका...

जोखिमपूर्ण सम्पत्तिको ट्रेण्ड डरलाग्दो छ तर आत्तिनु हुँदैन : पूर्व बैंकर क्षेत्री

जोखिमपूर्ण सम्पत्तिको ट्रेण्ड डरलाग्दो छ तर आत्तिनु...

वि.सं.२०८१ असार ९ आइतवार १५:३५

    काठमाडौं । पूर्व बैंकर पर्शुराम कुवँर क्षेत्रीले बैंक...

बैंकहरूले प्रभावकारी मनिटरिङ नगर्दा खराब कर्जा बढ्यो : गभर्नर अधिकारी

बैंकहरूले प्रभावकारी मनिटरिङ नगर्दा खराब कर्जा बढ्यो...

वि.सं.२०८१ असार ९ आइतवार १५:३२

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीमा सुधार...

बुधवार देखि खुल्यो खड्गदेवी मन्दिर

बुधवार देखि खुल्यो खड्गदेवी मन्दिर

वि.सं.२०८१ असार ७ शुक्रवार २३:२०

    पुरातात्त्विक महत्वको प्राचिनकालीन मन्दिर खड्गदेवी मन्दिर २०८१ साल...

विश्व बैंकको आइडीए-२१ बैठक समापन गर्दै अर्थमन्त्रीले के भने ?

विश्व बैंकको आइडीए-२१ बैठक समापन गर्दै अर्थमन्त्रीले...

वि.सं.२०८१ असार ७ शुक्रवार १८:४०

  काठमाडौँ, ७ असार– अर्थमन्त्री वर्षमान पुन अनन्तले विश्व बैंकअन्तर्गतको...

काठमाडौँमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई के भयो फाइदा ?

काठमाडौँमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई...

वि.सं.२०८१ असार ७ शुक्रवार १८:३७

  काठमाडौँ, ७ असार– विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ...