Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट बडादशैंको शुभकामना

Machhapuchchhre Bank Limited

 

 

काठमाडौँः असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड बडा दशैंका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आर्शिवाद ग्रहण गर्न र जीवन्त पारिवारिक जमघट एवम् पुनर्मिलन गराई खुशीयाली र हार्दिकता साटासाट गर्न प्रभावकारी भूमिका निर्वाह गरिरहेको हाम्रो सांस्कृतिक वैभवको रुपमा रहेको बडादशैँले सामाजिक एकता, आपसी सद्भाव र आत्मीय भ्रातृत्व अभिवृद्धिमा ठूलो मद्दत पुग्ने विश्वास राष्ट्रपतिले व्यक्त गरेकी छन् ।

 

घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म मनाइने बडादशैँको अवसरमा विविध धार्मिक सांस्कृतिक क्रियाकलाप एवं उत्सव हुने महापर्वको यस महत्वपूर्ण अवधिमा विभिन्न प्रजातिका बीउबिजनबाट जमरा उमारी त्यसलाई प्रसाद र आशीर्वादका रुपमा ग्रहण गरिने परम्पराले प्रत्यक्ष तथा परोक्षरुपमा अन्न र स्वच्छ वातावरणको महत्व स्थापित गर्न सहयोग पुर्‍याएको बताउँदै राष्ट्रपति भण्डारीले दशैं घरमा कृषि औजार र विभिन्न बनस्पतिको पूजा गरिने चलनले मानव जीवनसँग घनिष्ट सम्बन्ध रहेको बोटबिरुवा र कृषि प्रणालीको संरक्षण गर्नुपर्ने चेतना फैलाएको तथा सांस्कृतिक मूल्य मान्यता र मानव जीवनलाई सुखी र समृद्ध तुल्याउने सन्देश समेत प्रवाह गर्दै आएको शुभकामना सन्देशमा उल्लेख गरेकी छन् छ ।

 

समाजमा अनादिकालदेखि हर्षोल्लासपूर्वक परम्परागत मनाउने गरिएका विभिन्न चाडपर्वहरुले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिक सृदृढ सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न हाम्रो धरोहरका रूपमा रहेका बताउँदै उनले सन्देशमा यी बहुमूल्य सांस्कृतिक सम्पदाको संरक्षण एवं सम्बद्र्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

 

यसै अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, संघीय प्रतिनिधिसभाका सभामुख, विभिन्न राजनीतिक दलका नेतालगायत नेपालको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रका व्यक्तित्वले पनि बेग्लाबेग्लै शुभकामना सन्देश जारी गरी हार्दिक शुभकामना प्रकट गरेका छन् ।

 

शरद ऋतुको महान् चाड दशैंले सकारात्मक सोचसहित पारस्पारिक सद्भाव, सहयोग र स्नेह बढाउने बताउँदै उपराष्ट्रपति पुनले हाम्रा चाडपर्वले धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई सम्मान गर्दै सामाजिक, सद्भाव, एकता र साझा पहिचानसहित सहिष्णुता कायम गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास विश्वास व्यक्त गरेका छन् ।

 

उनले प्रकृतिको सुन्दर छटामुनि रहेका नेपाली धर्म, संस्कार, संस्कृतिले अत्यन्तै धनी रहेको उल्लेख गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधायुक्त धर्मनिरपेक्ष हाम्रो राष्ट्रमा मनाइने यस्ता चाडपर्वले आपसी सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन् ।

सभामुख कृष्णबहादुर महराले चाडपर्वल विभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवं संस्कृतिक पहिचान रहेका सबै नेपालीका लागि समान अवसर प्राप्त हुने विश्वास व्यक्त गर्दै सामाजिक सद्भावसहित समृद्धिको कामना गरेका छन् ।

 

उनले शारदीय पर्वको सुखद् अवसरमा सम्पूर्ण नेपालीको जीवनमा सुस्वास्थ्य, शान्ति र समृद्धिको कामना गरेका छन् ।

 

यसै उपलक्ष्यमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो र पार्टीका तर्पmबाट स्वदेश तथा विदेश जहाँ रहेको भएको भए पनि सम्पूर्ण नेपाली दाजु–भाइ तथा दिदी–बहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभ–कामना व्यक्त गरेका छन् ।

 

एकता, मेलमिलाप र सद्भावका रुपमा मनाइने विजया दशमी पर्वले हामी बीचमा केही मतभेदहरु छन्भने तिनीहरुलाई बिर्सेर, देशको सर्वाङ्गिण हितमा संलग्न हुने पर्वको रुपमा ग्रहण गर्न सके यसको महत्व अझ बढ्ने सभापति देउवाले बताएका छन् ।

 

यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिन्दू धर्मावलम्बीको महान् चाड विजयादशमीका अवसरमा शुभकामना व्यक्त गर्दै नेपालीको उत्तरोत्तर प्रगति तथा समृद्ध जीवनका लागि मेरो व्यक्तिगत तथा परिवार एवं पार्टीका तर्फबाट हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

 

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले विविध विशेषतायुक्त नेपाली समाजमा विशेष चाडको रूपमा वहुसंख्यक नेपालीले मनाउँदै आएको महान् पर्व विजयादशमीको सुखद् अवसरमा समस्त दिदीबहिनी तथा दाजुभाइहरूमा मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

मोदी जल विद्युत परियोजनामा करोडौँको चलखेल राजमन्त्री तामाङ र निर्देशक घिसिङको कम्पनी छनौटको तयारी

मोदी जल विद्युत परियोजनामा करोडौँको चलखेल राजमन्त्री...

वि.सं.२०८१ चैत ११ सोमवार १२:१०

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको मातहत रहेको १८ मेगावाट क्षमताको अप्पर...

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए र नुबिया सिरिज सार्वजनिक

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए...

वि.सं.२०८१ चैत ११ सोमवार ०९:०१

  काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विश्वव्यापी अग्रणी...

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन...

वि.सं.२०८१ चैत ११ सोमवार ०८:५७

  काठमाडौं । नेपाली काङ्ग्रेसले संविधानको पक्षमा दृढताका साथ उभिने...

उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित वितरण आवश्यक : मन्त्री खड्का

उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित...

वि.सं.२०८१ चैत ११ सोमवार ०८:५१

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले...

आज केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

आज केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का...

वि.सं.२०८१ चैत १० आइतवार ०८:०७

  काठमाडौं । हाल कोशी तथा मधेश प्रदेशलगायत देशको पहाडी...

चलचित्रका माध्यमबाट पर्यटन क्षेत्रले लाभ लिनसक्छ : मन्त्री पाण्डे

चलचित्रका माध्यमबाट पर्यटन क्षेत्रले लाभ लिनसक्छ :...

वि.सं.२०८१ चैत १० आइतवार ०८:०२

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गुणस्तरीय चलचित्र...