Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

दसैंमा ऊर्जामन्त्रीको चीन भ्रमण, उपमन्त्रीसँग भेट

Machhapuchchhre Bank Limited

 

काठमाडौं : यत्तिबेला ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन चीन भ्रमणमा छन्। भ्रमणका क्रममा मन्त्री पुनले चिनियाँ उपमन्त्री लियाङ्ग विलियाङ्गसँग भेटवार्ता भएको छ।

चीनले अघि सारेको वान वेल्ट वान रोडको ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिन चीनको सुजोओ पुगेका मन्त्री पुनसँग शुक्रबार उपमन्त्री लियाङ्गले भेटवार्ता गरेका हुन्।

लियाङ्ग चीनको विकास र सुधार हेर्ने विभागका उपमन्त्री हुन्। उनी त्यसका साथै चीनको वित्तिय क्षेत्रको समन्वय गर्ने विभागका प्रमुख समेत हुन्। भेटवार्तामा आपसी हित र ऊर्जाको क्षेत्रमा दुई देशको बीचमा गर्न सकिने सहकार्यका बारेमा समेत छलफल भएको छ।

द्विपक्षीय भेटवार्तामा मन्त्री पुनले नेपाल र चीनबीच निकै पुरानो सम्बन्ध रहेको चर्चा गर्दै आगामी दिनमा समेत दुवै देशको सम्बन्ध सुमधुर बन्दै जाने धारणा राखेका छन्। नेपालमा लामो समयपछि दुई तिहाइको सरकार बनेको भन्दै उनले त्यसमा चीनको सहयोग र सद्भावको खाँचो रहेको बताएका छन्।

मन्त्री पुनले चिनियाँ उपमन्त्रीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको गत जुनमा भएको भ्रमणको बेला इनर्जी कोअपरेशनमा भएको सम्झौता ऐतिहासीक भएको भन्दै आगामी दिनमा त्यसमार्फत सहकार्य गर्न सजिलो हुने धारणा राखेका छन्।

छलफलमा सोफ्ट लोन, कमर्सियल लोन र विआरआई फण्डमार्फत् गर्न सकिने लगानीका सम्भावना बारेमा समेत कुराकानी भएको छ। नेकपाका नेता समेत रहेका मन्त्री पुनले नेपालमा चिनियाँ लगानी दिन प्रतिदिन बढिरहेको जानकारी दिंदै आगामी दिनमा समेत लगानीको वातावरण बनाइदिन आग्रह गरे।

भेटमा चिनियाँ मन्त्री लियानले नेपालसँग भएको इनर्जी कोअपरेशनको समझदारी कार्यान्वयन गर्ने चरणमा रहेको जानकारी दिए। मन्त्री लियानले भेटमा नेपाल चीनबीच बनेको ऊर्जा संयन्त्रको पहिलो बैठक ऐतिहासीक भएको भन्दै त्यसका लागि पहल गरेकोमा ऊर्जामन्त्री पुनलाई धन्यवाद दिए।

उनले नेपालमा चिनियाँ कम्पनीले ऊर्जा क्षेत्रमा लगानी गरिरहेको भन्दै आगामी दिनमा समेत लगानी थप विस्तार हुने प्रतिवद्धता व्यक्त गरे। ‘हामीलाई चीनमा थप ऊर्जा समेत आवश्यक छ, नेपालमा हाम्रा कम्पनीहरुले व्यवसायीक रुपले लगानी गरिरहेका छन्’, उपमन्त्री लियानले भने, ‘आगामी दिनमा थप चिनियाँ कम्पनीहरुले नेपालमा लगानी गर्नेछन्।’

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट : इप्पान

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट...

वि.सं.२०८२ वैशाख १० बुधवार २२:४३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले ऊर्जा क्षेत्रमा...

चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

वि.सं.२०८२ वैशाख १० बुधवार २१:०९

  काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका सम्पूर्ण चिकित्सकहरूलाई बैशाख...

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत...

वि.सं.२०८२ वैशाख १० बुधवार १९:५१

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको...

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

वि.सं.२०८२ वैशाख १० बुधवार १८:३१

  काठमाडौं, १० बैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी...

शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउछ : अर्थमन्त्री

शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउछ...

वि.सं.२०८२ वैशाख १० बुधवार १७:२६

  काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आन्दोलनरत शिक्षकहरुको समस्या सरकारले...

सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक सभापति खड्का

सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक...

वि.सं.२०८२ वैशाख १० बुधवार १५:३९

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले आफ्नो...