भुवन केसीको नाममा फेसबुक खोलेर डेटिङ प्रस्ताव
Sunday Nov 18, 2018
वि.सं.२०७५ मंसिर २ आइतवार ०३:२३

काठमाडौं । एक व्यक्तिले भुवन केसीको नाममा अकाउन्ट खोलेर युवतीहरुलाई डेटिङको प्रस्ताव गरे ।
केही युवतीले नायक भुवन केसीकै अकाउन्ट ठानेर च्याटसमेत गरे । तर, अकाउन्ट भुवन केसीको नभएको खुलेपछि युवतीहरुले प्रहरीमा उजुरी दिएका थिए । तर, नक्कली अकाउन्ट खोल्ने व्यक्ति भने पक्राउ परेन् ।
अभिनेता केसीले पनि प्रहरीमा उजुरी गर्न चासो दिएनन् ।
अर्का अभिनेता आयुषमान जोशीको नाममा अकाउन्ट बनाएर युवतीहरुसँग अश्लील कुराकानी गरेको उजुरीसमेत अपराध महाशाखामा पुगेको समाचारमा उल्लेख छ ।























