CG Electronics
IME Life
NIMB

कांग्रेस पार्टी कार्यालयमा दुई समूहबीच हात हालाहालको स्थिति

NIMB
Himalayan Bank

काठमाडौ । नेपाल विद्यार्थी संघको नेतृत्व महाधिवेशनमार्फत चयन गर्नुपर्ने र तदर्थ समिति गठन गरेर अघि बढ्नुपर्ने माग गर्ने दुई समूहका बीच नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा नाराबाजी भएको छ।

नेपाल विद्यार्थी संघको महाधिवेशनका सम्बन्धमा छलफल गर्न बोलाइएको पार्टीको केन्द्रीय समितिको बैठकमा सहभागी हुन आएका नेताहरूलाई दबाब दिन दुवै पक्षले पार्टी कार्यालय परिसरमा नाराबाजी गरेका हुन्।

पूर्वमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य वीरबहादुर बलायरले शान्त बस्न आग्रह गर्दा नाराबाजीमा उत्रिएका विद्यार्थी र नेता बलायरबीच झण्डैझण्डै हात हालाहालको अवस्था सिर्जना भएको थियो।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य शुशिल भट्टलगायतको समूहले महाधिवेशनमार्फत् नयाँ नेतृत्व चयन गर्नुपर्ने माग गर्दै ुटिकेु प्रथाको विरोधमा नाराबाजी गरेको हो।

अर्का विद्यार्थी नेता बलदेव तिमिल्सिनालगायतको समूहले नयाँ तदर्थ समिति गठन गरेर अघि बढ्नु पर्ने माग गर्दै नाराबाजी गरेका हुन्।

दुवै पक्षले आ आफ्नो हितमा निर्णय गराउन पार्टी कार्यालयमा नाराबाजी गरेका हुन्। बैठकमा सहभागी हुन आएका सभापति शेर बहादुर देउवालाई दुवै पक्षले घेराबन्दी गर्दै नाराबाजी गरेका थिए।

नेविसंघले तीन महिनाअघि पार्टी केन्द्रीय समितिमा पेस गरेको विधान र नियमावली पास हुन नसक्दा नेविसंघको भावी नेतृत्वमा अन्योल छाएको छ। भोलिदेखि नेविसंघको थप गरिएको पदावधि पनि सकिँदै छ।

विद्यार्थी नेता भट्ट समूहले हालको पदाधिकारीलाई नै महासमिति आयोजक समिति बनाई प्रजातान्त्रिक प्रक्रियाबाट महाधिवेशनमार्फत नेतृत्व चयन गर्नुपर्ने अडान लिँदै आएको छ।

तीन महिनाअघि बुझाएको पार्टीको विधान र नियमावली पास नगरी पार्टी नेतृत्व नयाँ तदर्थ समिति गठन गरी आफू अनुकूलको बनाउने प्रयासमा लागेपछि विरोधमा उत्रिएको विद्यार्थी नेता भट्टले बताए।

यो समाचार तयार पार्दासम्म पार्टी कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक बस्न सकेको छैन।

नेताहरू आन्तरिक बैठकमा बसिरहेको सूचना प्राप्त भएको छ। कार्यालय परिसरमा दुवै पक्षका विद्यार्थीले नाराबाजी पनि गरिरहेका छन्।

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...